Thursday, June 5, 2014

JEEWAN

जब आफ्नै जीवनलाई
पल्लो घरको झ्यालबाट हेर्छु
अनौठो लाग्छ सबैकुरा
नौलो लाग्छ आफ्नै जीवन

चुम्न नपायका खुशीहरु
बिर्सन खोजेका ब्यथाहरु
अनि भुल्न नसकेका चोटहरु
खुल्न नसकेका राजहरु

बोल्न नसकेका वाक्यहरु
लेख्न  नपायका  कथाहरु
सुन्न नसकेका गीतहरु
बुझ\न नसकेका दर्शनहरु

यस्तै यस्तै खोटहरु देख्छु
अध्यारा रातहरु
चीसा सपनाहरु
तिनै सपनाका समाधिहरु 

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...