Saturday, June 7, 2014

तिमी

तिमी पहिलोपटक जब यो धर्तीमा पाहिला टेक्यौ
त्यो दिन महिले त्यो ब्यथालाई नी बिर्से
अनि खुशी भए तिम्रो त्यो कोमल मुहार देखेर
मुस्कुराय  मेरो सन्तानलाई भेटेर

परिवारका सबै बेखुशी भए
तिमी पनि मेरै जातीकी पर्यौ भनेर
बंश चलाउने भईनौ भनेर
तर मेरा लागि तिमी संसार चलाउने बिधाता थीयौ

मेरी आशाकी केन्द्र थीयौ
मेरो दिनको सुरुवात थीयौ
मेरो आखाको नानी थीयौ
अनि त्यो पर देखिने जून थीयौ

मैले तिमीलाई सबै थोक दिए
जुन मेरो भागमा थिएन
मैले तिमीलाई सबै सुख दिए
जुन मैले कहिलै भोगीन

म तिमी माथि गएको हेर्न चाहन्थे
म तिमीलाई साएमन दि बुबा , नाइटिङ्गल ,
हिलारी अनि हाम्रै पारिजात जस्तै
भएको हेर्न चाहन्थे

मैले तिमीलाई कहिलै म बनाउन  चाहिन
किन थाहा छ
किनकी म चाहन्थे
तिमी म भन्दा माथि ऊठ धेरै पर

तर आज मैलाई नभनी
तिमीले रोजीछौ त्यो बाटो
तोडीछौ  त्यो पर्खाल
जुन मैले कहिलै चाहिन

तिमीले मेरो संसारलाई धोका दिएर
परको त्यो परलोक रोजिछौ
मलाई एक्लै यूद्धभुमिमा  छोडेर
मलाई एक्लै पृथ्वीमा छोडेर

अब म सक्दिन यो संसार जित्न
जुन संसारमा तिमी छैनौ
भो म सक्दिन आफुलाई बुझाऊन
तिमी बिनाको संसार चीहाउँन


No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...