Wednesday, June 25, 2014

भूईफूलको सपना

भूईफूलको सपना 

हिजो गुरुले चन्द्रमा छुने
सपना देख भने
आज आमाले आकाशमा
पुग भनिन्

तर म जमिनमै छु
कसरी पुग्न सक्छु चन्द्रमामा
म त धर्तीमै छु
कसरी सोच्न सक्छु आकाशको बारेमा

बरु म देख्न सक्छु
फूल, चरा, जमिन र चराचर जगतलाई
बरु म छुन  सक्छु
धर्ती, माटो र पानीलाई

 म सपनामा गाऊको घर देख्छु
संसार छोडेका  हजुरबा देख्छु
अछेर  चीनाएकी  गुरुआमा देख्छु
म देख्दीन  चन्द्रमा र आकाश

म देख्न सक्छु छोटा पुड\का सपना
गीनीपिग जस्तो
नाकी टुइनटाओर जस्तो
मेरो सपना भुईफूलको सपना

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...