Thursday, June 18, 2026

ह्याप्पी बर्थडे माउन्टेन म्यान

  पानी पर्यो । घाम लाग्यो । मानिसका पाइला जमिनमा परेँ । पानी बाफ भएर माथि माथि उड्यो । फुल फूल्यो । चराहरु उडेँ । जन्मिनु सायद त्यस्तै हो । जन्मिनु केही होइन भन्ने कुरा मैले तिमीबाट सिकेँ । जसलाई जन्मदिन केही लाग्दैन उसैको लागि यो संदेश लेखिरहेछु । 

तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना । जे छौ लोभलाग्दो छौ । सायद यो प्रेम हो मलाई तिम्रा कमजोरीहरु पनि राम्रै लाग्छ । बादलझै उड्नु तर बर्षा बनेर जमिनमा फर्कनुु । यो डाँडाकाडा लेक बेसिमा फेरी पनि फर्कनु । गुड फर्कनैकै लागि बनेको हो । प्रिय माउन्टेन म्यान, तिम्रा कथाहरु लोभलाग्दा छन् । करपोरेट जबमा त्यती नभुल, सायद तिम्रा कथा तिमीबाहेक अरुले लेख्न सक्ने छैनन् । लेखे भने पनि त्यस्तै लेख्ने छैनन् । 

कथाबनेर बनेर आफ्नै माटोमा फर्कनु । अस्ताउँन लागेका मानिसका कथाहरु मैले तिमीबाट नै सिकेकी हुँ । मलाई लाग्छ सिमाहरुले तिमीलाई बाध्दैन । यो भुगोल तिम्रो हो । यो पहाड अझ तिम्रो हो । फेरी पनि ह्याप्पी बर्थडे माउन्टेन म्यान ।

No comments:

Post a Comment

चौँतिस

राती राम्रो निद्रा परेन । रातभर डरलाग्दा सपनाहरुले छोडेनन् । हुन त सपनाहरुले कहिलेकाही दिउँसो पनि छोड्दैनन् । बिहानै सबेरै बिउँझे । त्यही ...