प्रिय सानी केटी,
माया , सम्झना, शुभेच्छा सबै सबै तिम्रा लागि। पानी परिरहेछ । दिन धमिलो छ । कयौं थोपाहरु जम्मा भएर पानी बगेको छ । कसैले भनेको सुनेको छु जम्नु भन्दा बग्नु ठिक । हो यो पानीको भेलसँगै म पनि बगिरहेछु ।
आज पनि केही भन्न चाहन्छु जस्तो हिजो पनि चाहन्थेँ । तर चाहदैमा भन्न नसकिँदो रहेछ । बर्शौ देखि म केही भन्न चाहन्थेँ तर भनिन । वा भन्न सकिन । भन्नू र नभन्नु बिच पनि केही रहन्छ । केही धमिलो । सायद केही जसले तिमीलाई बग्न दिँदैन ।
जे थियो यात्रा थियो । केही धुमिल । केही गहिरो । केही समथल । तर जे थियो किनारामा थियो । हिमाल र नदिकिनाराका डोबहरु तिम्रा पाठशाला थिएँ । नदिझै बग्नु । हिमालझै अगल्नु । सम्झनु आज तिम्रा लाग्ने पैतलाका डोबहरु भोलीअरु कसैका हुनेछन् । थियो र हुनेछ बिच जे रहन्छ त्यही नै यात्रा हो ।

तिम्रो यात्राको साक्षी तिमी नै हौ । जे थियो तिम्रो थियो । जे हुनेछ तिम्रो नै हुनेछ । साम्राज्य पनि तिमी नै हौ । बिदा हुँदा उड्ने एक मुठी खरानी पनि तिमी नै हौ । यो साम्राज्यको मानक भित्र पनि अनेकौ साम्राज्यहरु हुन्छन् ।
तिमी एक साम्राज्य ।म एक साम्राज्य । आफू हुनु प्रेमको साम्राज्यमा राज गर्नु हुनु हो । प्रिय सानी मान्छे, आफैँलाई प्रेम गर्नु ।
No comments:
Post a Comment