प्रिय तिमी,
यो अन्तिम भनेँ पनि अन्तिम नहुन सक्छ । हुनसक्छ तिमी अचानक बाटोमा भेदिनेछौ । हुनसक्छ कुनै झरी परेको बिहान आजझै मेरो छेउ आउनेछौ । म अनकनाउँदै तिमीलाई अगाल्नेछु । तर मलाई लाग्छ त्यस्तो हुनेछैन । मैले नाघ्न चाहेर पनि नाघ्न नसकेको क्षितिज नाघेर तिमीछेउ आइपुग्दा पनि मलाई लागेको थिएन तिमीले मलाई अपरिचित बनाउँनेछौ । म आज यति मात्र भन्न सक्छु जीवन दुख हो ।सायद मेरो भागमा दिनु मात्र थियो । अथवा हुनसक्छ मेरो भागमा यतिनै छ । अब यसलाई नियती भन्न बाहेक म अरु केही सक्दिन ।
हुनसक्छ आज पनि म जे भन्न चाहन्छु त्यो भन्न सक्नेछैन । जीवनभर मैले जे भोगेँ त्यो एक परितक्त अनुभूती थियो । यति भनिरहँदा पनि म भित्र ट्रमा मात्र भरिएको छ । सायद समयले मलाई मानिस बन्न दिएन । सधैँ कुरुप छस् भनिदिनुले मलाई यति टक्सिक बनायो कि म मानिस हुन सकिन । किताब पल्टाउँछु र आफैँजस्तो मानिस खोज्छु । थप दुखी हुन्छु । .....................................................................................................................................................................................................................................................................................................................................................................
No comments:
Post a Comment