Wednesday, November 6, 2019

असुहाउँदो उज्यालो

अस्ताउँन लाग्दैछ घाम
पहेँला किरणहरु जताततै छरिँदैछ्न्
अप्रत्यारिलो न्यानोपन
असुहाउँदो उज्यालो
  ...................................
जसरी मुस्कुराउँछ्न् मानिसहरु
बिदाईमा
सायद निभ्न लागेको मैनबत्ती
डुब्न लागेको सपना
आफ्नो नबनेकी मायालु
यसरी नै मुस्कुराउछ्न्
जसरी मुस्कुराउछ्न् फूलहरु चिसो तुसारोमा
सायद ज्ञानी हुनु दुखी हुनु हो
किनकिन म सधै
संसारकै सबैभन्दा ज्ञानी मानिसहरु
असुहाउँदो उज्यालो बोकेर
मुस्कुराहिरहेको देख्छु । ।

Monday, September 16, 2019

The Journey Through Book



Nirjala Adhikari
I was in the photography class. The day was cold and gloomy, one of the coldest days of that winter. Our photography teacher was quite new to the institution from where I completed my bachelor.  And that was the second day he was taking class to us. He was just explaining about the history of photography meanwhile he told us- he can tell our future by looking at our face. All my friends were quite eager to stand in front of him to know about their future. They stood in front of him one by one. And he told them, “you are going to be a teacher, professor, government officer, tv journalist, social worker so and so. I was not in the mood to be in front of him but one of my friends forced me. I stood in front him suddenly he said to me –“ you are going to be a shopkeeper”. Although shopkeeper is not a bad word  I felt bad that day. Simply, I felt bad. “Am I going to be a shopkeeper?” I asked myself time and again. And the funny thing is that while growing up I never thought or imagined to be a shopkeeper even in my wildest, craziest and most bizarre fantasies.  Suddenly I felt like – “ I am in hell. I am in that place where I never able to belong”.  This is the incident of my life which made me realize an outsider of the whole education system and professionals but at the same time I never able to navigate the journey of my life beyond books.
Now I am exploring my journey from my childhood. I am going back for almost twenty years. I was a quite good student in school. Good in a sense that I was hardworking. I used to think that academic is the only thing which takes me into the next level. My mom used to tell me education is like a river it takes you in an unimagined journey of life. And her words used to inspire me a lot to navigate that journey.   
Me and my brother, more than siblings we are good friends. And that friendship has a deep connection with our education. He was very fast learner unlike me. He was very good in mathematics and science unlike me. But when it comes to hardwork I am always hardworking one. Laborious one. But I never got good marks like him in my school days. And that used to bother me a lot. I used to think how without any effort he is always good not me. That is the first thing that used to bother me when I was in my school.
However, I had a habit of reading a lot because of my mom’s saying, “ it takes you in a long journey.” That never faded from my mind. I was hardworking so teacher also loved me a lot. So, I used to think without books I couldn’t navigate that unimagined journey. So, reading became like my habit. I started loving books not only coursebook but also the books of literature. And my dream changed according to the age and periods of time. In school days, like my mom, I used to think if I couldn’t love the books then I will be nowhere. That time I aspired to be a newsreader like Rama Singh. So, I used to think books are the only thing which helps me to pursue that dream.  
Although I used to believe that book is the only thing that takes me in a long happy journey of life, there are many bitter experiences which made me quite pessimistic about the happy journey through books. And the day when my photography teacher said, “you are going to be a shopkeeper” is one of them. Actually more than anything else, that day he shattered my belief, that unshakable belief over the power of books and knowledge. That day when I returned home I couldn’t open my books and the same thing, “you are going to be a shopkeeper” hunted me time and again. Firstly, I became angry with him because I thought that who the hell he is to decide or to predict my future. Secondly, I felt like maybe he will be right indeed he is our teacher, he is more experienced and mature than us. A kind of insecurity with books and academics started hunting me. And it took a long time for me to be free from that bitter experience. I was more affected by that experience because at that time I was in my late teenage. In fact, I was not in the age to figure out someone’s opinion and prediction has nothing to do with my future and my love for books.
My love for books is growing through time although sometimes I hate the circumstances which occur due to the same journey. For example, when we are in university we learn to dream. Suddenly when we go out of the university we find the quite opposite world. And our bookish knowledge and intelligent seems like an alienated entity.  Sometimes I can’t give pragmatic decisions because my world is more connected with the book. However, love for book and my belief in the power of knowledge never betrayed me. I can’t deny the fact that there are some incidents which made me confused about whether I follow my instinct to follow the journey of books or not. But those incidents made me more determined to follow my instinct. That’s why I always consider the photography teacher is the person who turned my life. Although for a while he made me fractured, shattered indeed that was the turn who said me there are still people who can judge or predict you through your appearance or outer personality but that is not the ultimate reality. It’s already been seven years when he said to me you are going to be a shopkeeper but now the reality is quite different. Neither I have been shopkeeper nor I am dreaming to be a shopkeeper or business person.
So, I already said that I have a love-hate relationship with books. Sometimes it took me in the journey where I never dreamt to be. Sometimes it made me dissatisfied because it teaches me to dream but all the dreams didn’t turn as a reality. However books are books, it never let you down. I want to conclude with my mom’s words books are like rivers it takes you in a long unimagined journey of life. I am traveling the same journey, the journey through books.

Saturday, July 13, 2019

ढुङ्गा अनि बतास

आउँछु नभनी आयौ
जान्छु नभनी गयौ
सायद म ढुङ्गा बनें
सायद तिमी बतास बन्यौं
ढुङ्गा अनि बतास
त्यो इतिहासको भद्धा मजाक थियो
.........................................
कोरिएका बेमेल रेखाहरुझैँ
यत्रतत्र छरियौ हामी
जब रंगको कोलाज
बिनाअर्थ पोखिन्छ क्यानभाषमा
जीवन जीवन नभएर
कविता बन्दो रहेछ
तीमी एक कविता
म एक कविता
सायद दृस्ठिकोणको आफ्नै मैफिलमा हराएका
दुई कविका दुई कविता बन्यौं हामी
तिमै तिम्रै मैफिलको राजा बन्नु
म मेरै मैफिलकी रानी बन्नेछु । 

Wednesday, May 1, 2019

पुस्तकको अध्यारो

           म पुस्तकलाई प्रेम गर्छु । यसले निम्त्याउँने हरेक घटना र परिघटनालाई पनि प्रेम गर्छु । मलाई लाग्छ प्रेम गर्नु भनेको  मात्र मनपराउँनु र नपराउँनु भन्दा परकोे जैविक प्रक्रिया हो । पुस्तकलाई माया गर्नु भनेको  अक्षरको शक्तिलाई बुझ्नु रहेछ । र त्यही शक्तिको  मादकतामा आफूलाई बिलिन गराउँनु रहेछ । अक्षरको शक्ति  यति धेरै छ भनेर मेले धेरै पछि बुझें जुन दिन बुझें  त्यस अघिनै म पुस्तकलाई प्रेम गर्न थालिसकेको थिएँ ।
      मलाई मसि र कागजको बास्ना सधैं मनपर्यो । ममि भन्नुहुन्थ्यो , “ अक्षर भनेको नदी हो यस्ले तिम्लाई धेरै पर लग्नेछ । मलाई लाग्थ्यो र सधैं लागिरहेनेछ मैले गर्ने यात्रा अक्षरकै हुनेछ । म आफूलाई शक्तिको वृत्तबाट धेरै परको मानिस  सम्झन्छु ।  चाहेरै पनि म आफूलाई शतिmशाली मानिस हु  भन्न सक्दिन । तर अक्षरको भूबनोट किनकिन आफ्नै भूबनोट जस्तो लाग्छ । साना र खिरिला रेखाहरुको मिलन, जसले नचाहेरै पनि  संसारलाई चमत्कारीक उज्यालो दिएको छ ।  अक्षरको उज्यालो त्यो उज्यालो हो  जसले कहिल्यै शक्तिसंरचनाको चौघेराभित्र आफूलाई लगेन नलगेर नै शक्तिशाली बनिरह्यो ।
        पुस्तकको कथा बिद्मालय र बिश्वबिद्मालयबिना अपुरो छ  । सायद पढ्ने र पढाउँने सस्ंकृति नभएको भए   सायद हाम्रा पुस्तकहरु अल्लि परका लघुमानव जस्ता हुने थिए की ? पढ्ने र पढाउँने सस्कृति एकमानमे कठोर लाग्न सक्छ । कहिलेकाही नचाहेकै कुरा पनि सिक्नु पर्ने हुनछ । तथापि विद्मालय र बिश्वविद्मालय  बेगर पुस्तकको इतिहास अपुरो नै रहनेछ ।
          मैले अघिनै भनिसकें म पुस्तकलाई प्रेम गर्छु । प्रेम गर्नु भनेको त्यसले दिएको पिडालाई सहनु पनि हो । पुस्तकले सधैँ सुख दिन्छ भन्ने छैन कहिलेकाही मानिसलाई सदासदाको लागि दुखी बनाउँन पनि सक्छ । केही कुरा बुझ्नु पढ्नु भनेको  एकखालको दुखलाई स्विकार गर्नु पनि हो । त्यसैले अंग्रेजी कथन “ Ignorance is bliss” ठिकै हो जस्तो पनि लाग्छ ।
म आज पुस्तकले दिएको सुख भन्दापनि पिडाको बारेमा कुरा गर्दैछु । पढ्नु, युनिभर्सिटिको सटिफिकेट हुनु एकमानेमा रोमान्टिक कुरा हो  । यूनिभर्सिटिले दिने ज्ञान भनेको पुस्तक र ज्ञानको बृहतर उपयोग बारे सचेत गराइदिनु मात्र हो । हामी कस्तो बन्न चाहन्छौ यो हाम्रै हातमा छ । तर यूनिभर्सिटिबाट निस्केपछि त्यही पुरानो सुखी मानिस हुन गाह्रो छ कमसेकम तपाईले देख्ने सपनाको उचाई हेर्ने हो भने । मैले कुनै अरु रिफेन्स प्रयोग गरेको छैन यो मेरा ब्यक्तिगत अनुभूति र अबलोकनको लिखित टिपोट मात्र हो ।
सपना देख्न सिकाउँने यूनिभर्सिटिले टेक्ने धरातल सारै कमजोर छ कहिल्यै भन्दैन । यूनिभर्सिटि रहुन्जेल लाग्छ  म त्यहि पुरानो , कमजोर मानिस रहिन  मसँग अब ज्ञान र सटिफिकेट दुबै छ म अब संसार जित्न सक्छु । तर जब तपाई सटिफिकेट लिएर बाहिर निस्कनुहुन्छ आफ्नै सपनाहरु आफ्ना लागी होइनकी जस्तो पनि लाग्न सक्छु । पढ्ने र पढाउँने संस्कृतिको  सबैभन्दा सुन्दर पक्ष भनेको  यसले सपनाको आयतनलाई फराकिलो  बनाइदिन्छ । तर जब आफ्नै सपनाले आफैंलाई जिस्कयाएँ जस्तो लाग्छ तब  आफ्नै लागी आफ्नै आत्मबल जुटाउन पनि गाह्रो पर्छ । कहिलेकाही लाग्छ मेरा सटिफिकेटहरु मैलाई हेरी हासिँरहेका छन् । र पनि म पुस्तक र यूनिभर्सिटि दुबैलाई प्रेम गर्छु । फेरी पनि त्यही पढ्ने र पढाउँने परिवारको सदस्य बन्न यूनिभर्सिटि जाँदैछु किनकि म फेरी त्यही यूफोरीयामा बाच्न चाहन्छु जसले भनिदियोस् त अब संसार जित्न सक्छेस् ।
       ज्ञान र पुस्तकले कहिल्यै लिङ्ग , बर्ण, जात भन्दैन  तर समाज भन्छ । यूनिभर्सिटिले दिने सटिफिकेटमा म मात्र विद्मार्थी हँु  तर समाजले दिने सटिफिकेटमा म छोरी मान्छे पनि रहेछु । र मेरो ज्ञानको सटिफिकेट भन्दा छोरीमान्छे हुनुको सटिफिकेट सधैँ भारी पर्दो रहेछ । यदि तपाईको क्षमता भन्दा तपाइको लिङ्ग , बर्ण र भूबनोटले तपाइको मूल्याङ्कन   गरिन्छ भने त्यो भन्दा कुरुप मूल्याङ्कन  अरु केही हुन सक्दैन । नबुझ्नु एउटा कुरा तर बुझेर पनि केही गर्न नसक्नु कम दुखदायक हूदैन ।
        ज्ञान र अक्षरको सिमा सिमाविहिन छ भन्ने जान्दाजान्दै पनि कहिलेकाही आफूनै आफ्नै सिमाभित्र बाधिएजस्तो लाग्न सक्छ । कहिलेकाही आफ्नै वरीपरीको समाजलाई नजिकबाट हेर्दा यस्तो लाग्छ , “अब पढ्नु र डिर्गी लिनु नौलो कुरा त रहेन तर त्यसपछि समाजसँग गर्नुपर्ने लडाई जहिकोत्यही  छ ।” अझैपनि क्षमता अनुसारको काम पाउँन गाह्रो छ । अझैपनि छालाको रंग र शरीरको बनावटले धेरैकुरा निर्धारण विशेषतः महिलाहरुमा  उनीहरुको बौद्धिकता र क्षमताले भन्दा । त्यसैले यदाकदा नबुझ्नुको सौन्दर्यताले बुझ्नुको कुरुपतालाई सजिलै जितिदिन्छ ।
       
“म मेरा पुस्ताका सबभन्दा असल मानिसहरु, भोक र पागलपनले बर्बाद भएको देख्दैछु” एलेन गिन्सबर्गका यी हरफहरु किनकिन आफ्नै बरीपरीका आफूजस्तै मानिसका लागि लेखेको जस्तो लाग्छ । हामी ज्ञानको उज्यालोलाई बुझ्छौ तर संसार यस्ता मानिसको हातमा छ जसले अरुनै कुरामा बिश्वास गर्छन् । बिश्वबिद्मालय पुग्छौ तर रोजगारी पाउँदैनौ । आफ्ना सपनाहरुमा बिश्वास त गछौ तर  टेक्ने धरातल भेट्दैनौ  । यी यस्तै असन्तुष्टीविच  केही रहन्छ हामीसँग भने त्यो केवल  भोक र सपनाको पछाडी  बेप्रबाह दौडने पागलपन मात्र ।

Saturday, March 30, 2019

प्रेम

         कतै सुनेको थिएँ लेख्न सबैभन्दा सजिलो विषय प्रेम हो र सबैभन्दा गाह्रो पनि । थाहा छैन प्रेममा खर्चिएका मसिहरु  कति हाँसो र आँशुले सिँचित छन् । समयको कठिन परिधिमा निस्सासीएका मानिसहरु किन प्रेम भन्ने बित्तिकै उन्मुक्त हुन्छन्? कति कुरा गर्न लजाउँछन्, कति प्रेम गर्छु भन्न डराउँछन् र कति पक्षिहरुझै आफ्नै प्रेमको उडानमा पर पर पुग्छन् । किन प्रेम आफैँमा पूर्ण भएर पनि अपूर्णझै हर प्रेमीहरुको इन्द्रेणीमा अर्को रंग बनेर घुल्छ ।
         प्रेम गर्नु भनेको कोमल हुनु हो । प्रेमको इतिहास कोमलताको इतिहास हो । कसैलाई तिमी कमजोरीसहित अपनाउँछौ, उसका गल्तिहरुमा हाँसिदिन्छौ र फेरी अर्को मौका दिन्छौ र कठोरताको कैंचीले उसको उडानलाई रोक्दैनौ भने त्यो प्रेम नै हो । तिमी हर  कसैलाई प्रेम गर्न सक्छौ तर प्रेमको बदला प्रेम नै म्याथको र्फमूला  माइनस माइनस प्लस जस्तो नहुन सक्छ । प्रेम गर्दिन कहिल्यै प्रेम गरिन भन्नेहरु पनि प्रेम गर्छन् । प्रेमको मैफिललाई नकार्नेहरु  जीवनको संगित र सिम्फोनीलाई पनि नकार्न सक्छन् । नर्कानु अर्को कुरा  तर कसैलाई प्रेम नै गरिन भन्नु मिथ्या मात्र हो ।
        हर प्रेमीहरु सुन्दर गुलाफ हुन् । प्रेम गर्न गाह्रो छ तर पनि उनीहरु प्रेम गर्छन् । कसैलाई प्रेम गर्नु भनेको आफ्नो जस्तै अर्को मानिसको अस्तित्व स्विकार गर्नु हो । प्रेमको लडाई इगोको लडाई होइन यो त  अपनत्वको लडाई हो, आत्मास्विकृतिको लडाई हो । प्रेमिहरु जस्ले प्रेम गर्छन् एकअर्कालाई ति संसारकै सुखी मानिसहरु हुन् सायद सुन्दर पनि । त्यसैले यो भूमण्डलको सबैभन्दा सुन्दर चीज त्यो केही हो भने त्यो प्रेम हो मात्र प्रेम ।
       मानिसहरु प्रेमलाई सम्बन्धसँग जोड्छन् र पो प्रेम कुरुप बन्दैछ । प्रेम प्रेम नै हो । सम्बन्ध र प्रेमबिच तात्विक केही सामञ्जस्यता छैन । यी त जीवनका छुट्टाछुट्टै स्वतन्त्र वृत्तहरु मात्र हुन् ।   प्रेम गर्नेसँग जीवन बिताउँने इच्छा प्राय सबैको हुन्छ तथापी यीनीहरुको  आ–आफ्नै सामाजिक, आर्थिक र धार्मिक चौघेराहरु छन् । हरेक प्रेम सम्बन्धहरु बिवाहमै गएर अन्त्य हुन्छन् भन्ने छैन । यदि प्रेम र सम्बन्धको गहिराइ नाप्ने हो भने प्रेमको गहिराइ सधैं गहिरो हुन्छ र हुनेछ । सम्बन्ध त समाजले बनाएको मापदव्ड मात्र हो । यसको मूल्याङ्कन   सायद अर्थशास्त्र र समावशास्त्रले बढि गर्ला । त्यसैले प्रेमको सुरुवात र अन्त्य दुवै बिवाह हो भन्नु चल्तिको भाषा बोल्नु मात्र हो । सबै बिकेका र स्थापित बिचारहरु ठिक हुन्  भन्न म सक्दिन ।
         कवि, चित्रकार, लेखक, कलाकार यी प्रेमका हिमायतीहरु हुन् । प्रेमलाई अभिब्यक्त गर्न खोज्नु  आफ्नै पाखण्डलाई आफ्नै शिल्पले छोप्नु हो । शब्द र कलाको भाषा बेगर प्रेमको अस्तित्व कहि कतै छ भने त्यो मौनतामा मात्र छ ।  प्रेमीहरु बिना भाषा पनि बोल्न सक्छन् । ठिक बिपरीत त्यही मौनतालाई कविले कविता बनाउँछ, लेखकले कथा बुन्छ, चित्रकारले चित्र । त्यसैले आफू भाषामा बोले पनि कसैले मौनतालाई प्रेम गर्छ भने त्यो कवि, चित्रकार, लेखक मध्धे कोही एक हो ।
        प्रेमको भाषा संसारकै सुन्दर भाषा हो । नबोलेरै बोल्नु भनेको संसारको बहुरंगी कोलाजबाट सुन्दर मौन सिम्फोनी  निकाल्नु हो । हुनसक्छ गीत गाउँनु, कविता लेख्नु, अभिनय गर्नु, चित्र बनाउँनु, मूर्ति बनाउँनु सायद प्रेमकै भाषा बोल्नु हो ।

Saturday, March 2, 2019

Life - a Cliche

Sometimes more than anything else I found the word itself quite interesting one. Offcourse word does not only mean syntagmatic form but also the connotation of it. Today, I am going to talk about the word “cliche”, maybe it is a beautiful word for many people. I don’t know why but it has a quite negative effect on me.
The word is hunting me for many days. Recently, I asked one of my closest friends, “What is your opinion about cliche?” His reaction was quite normal although I asked him suddenly out of the blue. He told me in which sense are you asking me? I said to him in general. Then he replied- what you are saying. it is itself a cliche. Somehow I convinced on his opinion. Dictionary defines it a stereotypical opinion or phrase but in a larger sense, we can see it in our thought process, system of governance and also in a bureaucracy. I think we all are the product of cliches because we hardly raise question over the existing thought process, culture and discourses. And we accept the beauty of the same stereotypical and overrated opinions and phrases, for example, boys are boys, brave as lion, every cloud has a silver lining, everything is fair in love and war so and so. However, the world can be more democratic and equal if we cross the so-called boundaries of cliches.
When I was totally into cliche, I found one beautiful quotation about it, “The problem with cliches is not that they contain false ideas, but  rather they are the superficial articulation of very good ones.”  And my take on cliche is not totally different than this. If we deny the depth of anything and we accept the superficial aspect of that particular thing than it is a cliche. We can see these kinds of cliches everywhere, dining hall to parliament, local market to shopping mall, wallpaper to newsroom. And I considered myself a cliched form of everything.

I am talking about cliche and I am forgetting the “Samuel Beckett”, it is not fair enough. When I think about it, obviously I remember him and his characters. The funniest thing is that when I think about his character I  take life as a cliche. Indeed life is a cliche, I tried to redefine it but I couldn't.  However, I always say it’s better to be unsung than to be a cliche.

Saturday, February 16, 2019

Voiceless Month

I have always believed that the starting of something signifies the upcoming days. But the starting of 2019, has been quite unlucky to me. The world was eagerly waiting to welcome the new calendar. Like others, I was also anxious to welcome the new English calendar with new hopes. Unfortunately, the body mechanism was also waiting to welcome the new mechanism in the body. The same day I welcomed the lonely silence in my body and I lost my old friend voice.
            When we are healthy both emotionally and physically we take everything as granted. We never realize the importance of everything whatever we have. But after losing it we realize the importance. It happened to me too. I always take my voice as granted. I never think can I manage to live without it? However, the new year has given me a new bizarre surprise, the same day when I was waiting to welcome the new caleundar. First two days, I was quite confusing. I thought that it is happening because of the chilling climate of Kathmandu. Soon, I will get my voice back. After the third day, I started becoming more anxious and restless. After visiting a doctor I was hopeful and I thought that I will be fine after a week like how we will be fine after a week-long fever. But every disease is different and we need to cope with them differently. Laryngitis is a nightmare. When you welcomed it ’s very tough to say goodbye. I am saying it with experience. The doctor said to me its laryngitis, you need to take complete voice rest. Voice rest, as a teacher it was again more challenging to me. How can I teach them without using my voice the same thought came to me when I heard the word voice rest. Although I was hopeful of being fit and fine after a week-long voice rest.  A week, somehow I managed because after that we had ten days winter vacation. Again I was hopeful of being healthy in that ten days vacation. In the vacation, I went to my hometown, the voice was also quite recovered than starting. But the process of recovery was quite slow. When I came back Kathmandu, emotionally I became more week than physically. It’s because the recovery was very slow and I thought that maybe I never get my voice back. Even I thought about quitting my job.  Now, I am quite better still hard to feel completely healthy.


            Everything has its own pros and cons. I already said laryngitis is a nightmare. But still, I find the interesting sides of it. When we have our so-called voice, mostly we miss use it. Especially when we need to use it for our bread and butter. I did the same. Now I realize as a teacher many times we misuse it. We listen less we talk more. And when we talk more students also start ignoring our voice, because we repeat the same thing time and again and we do not listen to them. The thing which is boring, no one wants to listen. Mostly, it happens in the classroom even though we hardly realize it. After laryngitis, I value silence more. In other words, I value voice more. Moreover, voice and silence are the two sides of one coin. If we use them beautifully we can’t be boring and uninteresting.

Tuesday, February 12, 2019

कविता

शब्दहरुको सिमाभित्र
तिमी अटाएनौ
मैले पानाहरु खाली छोडिदिएँ
आज जीवनका पानाहरु पल्टाउँदैछु
देख्दैछु सफा सेता पानाहरु
सायद......
मैले लेखेको पहिलो कविता तिमीनै  थियौ । । 


बजार

सबैले भनिदिए
बोल्नेहरुको सबै बिक्छ
आज बिक्नेहरुको भिडमा
मौन कथाहरु पढ्दैछु
बुझ्दैछु
बजार बजारनै रहेछ
अब नबिक्नुप्रती कुनै पश्चताप रहेन।

यात्रा

तिमीले भनेझैं 
यात्रा गर्न  सजिलो रहेनछ
आफ्नै डोबहरुमा आफ्नै पाइलाहरु राख्नु
आफ्नै क्षितिजमा आफ्नै सपनाहरू खोज्नु
आफ्नै प्रतिबिम्बमा आफ्नै छांयाहरु निहाल्नु
आफ्नै मस्तिष्कमा आफ्नै अहंकारसित तर्सिनु
बोरु सारै सजिलो त
यात्रा नगर्नुनै रहेछ।।


Monday, February 11, 2019

ल्यान्डस्केप

जीवनका लामा लामा ल्यान्डस्केपहरु
किन टुक्रीएर स-साना हुँदैछ्न् ?
किन छैन
उसको जस्तै तिम्रो र मेरो भागमा उज्यालो क्षितिज ?
किन पत्रीकाहरु अध्यारो निराशा लिएर आउँछ्न्
र भत्काउँछ्न्
छोरी हुनुको आफ्नै आत्माविश्वास
किन देख्छु
आफ्नै शरिर यतिसारो नाजुक ?
हर बिहान जब काममा निस्कन्छु
किन असुन्दर लाग्छ
सुन्दर भनिएका होडिङबोडहरु
र भत्काउँछ्न्
सपना देख्न सिकाउँने रुमानी आँखाहरु
 प्रेम गर्न सिकाउँने प्रेमिल मन
बिरक्तिएको आँखाले बिरक्तिएकै संसार देख्दो रहेछ
यो मन ढुङ्गा  भएको छ
म प्रेम गर्न डराउँदैछु । । 

Sunday, February 3, 2019

विद्रोह

भन्थेउ नि आज जे छ भोलि पनि त्यही हुँनेछ
सायद.............
सायद त्यो प्रेम थियो
मैले बुझिन...
थाहा छ
भोलि घाम उदाउँनेछ
र भोलीको घाम छुट्टै हुँनेछ
सायद आजको जस्तो धुमिल हुँनेछैन
आज म प्रेम होइन
विद्रोहको गीत गाइरहेछु।।

प्रतिबिम्ब

कतै छुटेको आफ्नै प्रतिबिम्ब जस्तै
किन लागिरहन्छ 
उ आफ्नो हो 
मानिसहरू भन्छन् - 
फूल्नु ओइलिनु 
जानू नआउनु र विर्सिदिनु
यो त विम्ब हो नियतीको
बुझ्छु तर बुझ्न सक्दिन
सायद अब यस्तो नहोस्
आफ्नै प्रतिबिम्बमा अरु कोही खोज्नु नपरोस् ।

Monday, January 21, 2019

उत्तर

कुनै दिन फकृएका  आफ्नै आशाहरुलाई
साक्षी राखेर.................
केही प्रश्नहरु सोधेकी थिएँ
लागेन म गलत छु !
पुर्व फर्केको सुर्यलाई पश्चिममा खोज्नु
सायद गल्तीनै हो .........
समयको चिसो पाठशालाले
विनाप्रश्न उत्तरहरु दिँदै छ । ।
प्रश्नैप्रश्न मात्र अट्ने कुनैबेलाको स्वप्निल हृदय
आजकल उत्तरैउत्तरको कोलाज
शब्दकोशजस्तो भएको छ
शब्दकोश...............
यो भन्दा उजाड म केही भेट्दिन..
हुनसक्छ समयका उत्तरहरु सायद यस्तै हुन्छ्न्। 

Friday, January 4, 2019

सरल भर्सेस कठिन

सारै सरल हुनु र सारै कठिन हुनु आफैंमा सुन्दर कुरा रहेछ । लेखनमा पनि किन सरल लेख्नुपर्छ र किन कठिन लेख्नुपर्छ भन्नेबारे सधैं बिवाद रहिरह्यो । र प्राय कठिनता र सरलतालाई हामीले एउटै वृत्तमा राखेर  कहिल्यै हेरेनौं र  भनिरह्यौं कठिन लेख्नुभन्दा सरल लेख्नुनै ठिक । तर पनि कहिलेकाही जव  सरलता र कठिनता दुवैले सुन्दरताको एउटा हद पार गर्छन तव दुवै सुन्दर लाग्दो रहेछ  कल्पनाशीलताको अन्तिम विन्दु वास्तबिकता हो भनेझै  ।

आज म एउटा धृस्टता गर्दैछु भिन्न परिबेशका दुई लेखकहरुबिच  केही सामञ्जस्यता र केही भिन्नता देखाउँदैछु । बिशेषतः उनीहरुको लेखन शैलीबारे कुरा गर्दै छु ।  किन किन म यी दुवै लेखकहरुबारे कुरा गर्दा अल्लि बढि भाबुक र अल्लि कम क्रिटिकल हुने गर्छु । यी दुबै मेरा प्रिय लेखकहरु हुन् । पहिलो रहेकी छन् सान्द्रा सिस्नेरोज, मेक्सिकनअमेरिकन लेखक,  ( द हाउस अन  म्याङ्गो स्ट्रिट ) जस्तो सरल तर अतिनै सुन्दर कृति लेखेर विश्वमाझ चिनिइन् । उनले सधै आफूलाई चिनाउँदा नोबडिज वाइफ एन्ड मदर भन्ने गर्छिन । तर पनि उनको खास बिशेषता चैं उनको सरलता नै रह्यो । उनी सारै सरल र कम शब्दमा लेख्न सक्ने लेखक हुन् जसको कृति पढ्न एक सिटिङ नै काफी हुन्छ । एउटा निम्नमध्यमवर्गिय मेक्सिकन अमेरिकन समाजमा जन्मेहुर्केकी उनले अन्ततोगत्वा  आफ्नै समाजका कथाहरु  लेखेर  अमेरिकाको मूलधारको साहित्यलाई एउटा छुट्टै बैकल्पिक शिल्प र बिषयवस्तु दिइन् । र उनको कृति मजस्ता गैरअंग्रेजी पाठकहरुबिच  अझै प्रिय बन्नपुग्यो । प्राय अंगेजी कृतिहरु पढ्दा डिक्सनेरी पल्टाउनुपर्ने झन्झट  उनको कृति पढ्दा कहिल्यै गर्नुपरेन । र कथा र लेखनशैली यती आफ्नो लाग्छ की कहिलेकाही उनको कृति पढ्दा उनकी नायीका  इस्परेन्जा आफूनै
हू  की  भन्ने  महशुस गरिरहन्छु ।

 सान्द्राले विशेषगरी आफ्ना कृतिहरुमा मेक्सिकन अमेरिकन महिलाका हकअधिकारलाई यति सुन्दर ढंगले उठाइनकी  त्यहा कुनै नारा लगाउनुपर्ने आवश्यकता परेन । र एउटा कृतिले तय गर्ने यो भन्दा  सुन्दर यात्रा अरु के होला । उनको पहिलो कृति द हाउस अन  म्याङ्गो  स्ट्रिटमा  इस्परेन्जको माध्यमबाट मेक्सिकन अमेरिकन महिलाको अस्तित्वलाई यति सरल तर कवितात्मक लयमा प्रस्तुत गरिएको छ की त्यसले लेखकीय  सुन्दरताको र उत्कृष्टताको एउटा हद पार गर्छ । र सबैले भन्ने नगरेको सरल सुन्दर पनि हुन पुग्छ ।


थाहा छैन पारिजात र सान्द्रा दुबैको लेखन शैलीलाई तुलना गरेर मैले कति मूर्खतापूर्ण काम गरिरहेको छु । र पनि किनकिन  म यीनीहरुको भिन्नतामा पनि केही सामञ्जस्यता देखिरहन्छु ।  पारिजातको कुरा गर्दा पनि सान्द्राको जस्तै म अल्लि बढि भावुक हुनेगर्छु । पारिजातको लेखन शैली सान्द्राको जस्तो सरलता त छैन तर  तर कठिनताको सर्वमान्य शिद्घान्तभन्दा भिन्न छ त्यसैले सुन्दर लाग्छ। कठिनताले पनि केहिलेकाही यति मिठो सन्तुष्ठी दिंदो रहेछ त्यो सुन्दर लाग्दो रहेछ पारिजातको हकमा पनि त्यही लागुहुन्छ । जब म पारिजातकी सकमबरि  र सान्द्राकी  इस्परेन्जा  तुलना गर्छु दुबै एकमानेमा उस्तैउस्तै लाग्छ ।  एउटाले कठोरताको पराकाष्ठा नाघ्छे अर्कोले कोमलताबाट सिक्छे । एउटाको लागि जीवन फगत जीवन मात्र हो अर्कोको लागि  जीवन भन्नु आफ्नै खोजी हो,  ऊ आफ्नो जीवनलाई आफ्नै ढंगले लैजान चाहन्छे कसैसँग सम्झौता नगरीकन । एक मानेमा दुबैले आफ्नो स्पेस खोज्छन् बिशेषगरी पृत्रिसतात्मक समाजमा । यसरी बिल्कुलै भिन्न लाग्ने दुबैका पात्रहरुमा एकप्रकारको मिठो समानता पाइन्छ । पारिजात र सान्द्राको लेखनशैलीमा पनि यही लागुहुन्छ उनीहरुको पात्रमा जस्तै । दुबैले कठिनता र सरलताको पूर्वमान्य शिद्घान्तलाई यसरी भत्काएका छन् की आफ्ना कृतिहरुमा गहिरिएर सोच्दा दुवै एउछै रुखका दूईटा हाँगाजस्ता लाग्छन् ।


अन्त्यमा पारिजात र सान्द्रको लेखकीय शिल्प भने बिल्कुलै भिन्न छ । सान्द्रको लेखनमा लोभ्याउने सरलता पाईन्छ  पारिजातकोमा लोभ्याउले कठिनता ।  एकमानेमा दुबैले लेखकीय सरलता र कठिनताको सर्वमान्य  चौघेरालाई नाघ्छन् र एृउटा बैकल्पीक सोच र शिल्प दिन्छन् । यसहिसाबले हेर्दा दुबै बिलकुल फरक छन् तर बिलकुल एक छन् ।

Tuesday, January 1, 2019

मूर्तता /अमूर्तता

मूर्तता.......
 अमूर्तता........
किन कहिल्यै देख्दिन सङ्लो छु
भन्नेहरुको सङ्लोपन
सुन्दर छु भन्नेहरुको सुन्दरता
पिएर बसेको पियक्कडझैं
हरेक पटक.…
किन अर्थहिन लाग्छ सबै अर्थपूर्ण कुराहरु
र मात्र देख्छु पिकासोलेझैं कोरेका
जीवनका तिनै  अमूर्त बाङ्गटिङ्गा रेखाहरु
किन प्रश्नहरु प्रश्नजस्ता लाग्दैनन्
भन्नबाकी  उत्तरजस्ता लाग्छ्न्
किन कोही  भन्दैनन्
बुझ्नु नबुझ्नु हो भनेर …….
मौनता आवाज हो भनेर ….
आज किन जटिल प्रश्नहरुजस्तो
सबैकुरा जटिल मात्र देख्दैछु । 

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...