उसको कोठामा छु । सेता पर्दा सेतो तन्ना आकाशे रंगका कुशनहरुले कोठा उज्यालो देखिएको छ । उसको ओछ्यानमा हरेक हप्ता उसलाई मनपर्ने सेतो रंगको तन्ना ओछ्याइदिन्छु । हरेक दिन उसको किताबमा जम्मा भएको धुलो पुछ्ने गर्छु । उ छैन तर यी सबै चीजहरुले उ भएझै महसुस गराउँछन् । उसको यो बाइसौ जन्मदिन हो । बाइसौ जन्मदिनमा उसको लागि बाइिस वटा किताबहरु ल्याएकी छुु । थाहा छैन, उसले यो देख्छे वा देख्दिन तर मलाई लाग्छ उसले यो देखोस् । मेरो अगाडी उसले लेखेको अन्तिम डायरी छ..........................
डेट– १५ डिसेम्बर, २०२२
“हिजो रुपि कौरको होम बढी पढेँ । त्यसपछि रातभर स्याली रुनिको “कन्र्भसेसन बिथ फेन्डस्”को सय पेज पढेँ । सधै झै हिजो पनि निद्रा लागेन । सुत्न नसेकेको तिन महिना भैसकेको छ । जब रात पर्न थाल्छ मुटु धड्किन्छ । सुत्न सक्दिन । मामुलाई धेरैपटक भनेको हो, पत्याउँनुहुन्न । म निदाउँन सक्दिन । केही नराम्रो कुरा सुन्नेबित्तिकै हात काम्छ । पढ्न पनि आजकाल त्यहि मन लाग्दैन । हुन त सबैले मलाई किताबको किरो भन्छन् । आजकल त पढ्न पनि सक्दिन । मलाई लेख्न मनपथ्र्यो । आजकाल लेख्न पनि सक्दिन । बाबाको अफिसको केही भर छैन । कहिले सेमिनार कहिले लेटनाइट मिटिङ । उहाँलाई मामूलाई दिने समय पनि छैन मेरो लागि त परको कुरा । मैले मामू र बाबा खुसीसाथ बसेको कहिल्यै देखेको छैन । थाहा छैन बाबा सधै किन घरबाट पर बस्नुहुन्छ । तर मामूले आफ्नो कुरा केही सेअर गनुहुन्न । उहाँलाई लाग्नसक्छ म अझै केटाकेटी नै छु । बट आइ ह्याव क्रस ट्वान्टी आइ क्यान सेन्स इट । मलाई मूराकामी मनपथ्र्यो तर आजकाल मुराकामी पनि पढ्न सक्दिन । थाहा छैन के भाछ । मामू भन्नुहुन्छ धेरै पढेर हो । उहाँ मेरो कुरा बुझ्नुहुन्न । इन्र्टोभट भएर होला आइ डोन्ट ह्याभ बेस्ट फेन्डस् ।
अनिस सँग छुटिएको पनि एक वर्ष भै सकेछ । यदाकदा लाग्छ ठिकै भयो । तर सधैँ त्यस्तो लाग्दैन । उसलाई म प्रेमीको रुपमा नभए पनि साथीको रुपमा सधैँ मिस गर्छु । तर गर्दिन पनि । सम्बन्धमा नै रहँदा पनि उसले मलाई इमोस्नल्ली कहिल्यै सपोट गरेन । हाम्रो सम्बन्ध सम्बन्धमा रहेर पनि सम्बन्ध जस्तो थिएन । खोइ किन उ कमिटमेन्ट देखी डराउथ्यो । महिनौ हराउँथ्यो अनि फेरी पहिलेझै बोल्न लाउथ्यो । मलाई त अहिले पनि लाग्छ उसको लागि सिचवेसनसिप मात्र थियो । मेरो लागि मात्र त्यो सम्बन्ध थियो । उसको ँन्युड्सहरु स्न्यापमा हेर्दा हेर्दा म एक तरिकाले बोर भैसकेकी थिएँ । उसललाई सायद लाग्थ्यो प्रेम गर्नु भनेको फिजिक्ल्ली कनेक्रट हुनुमात्र हो । आइ वोज नट कम्फरटेबल टु सेन्ड माई नेकेड पिक्चिर टु हिम । तर उसलाई लाग्थ्यो न्यूड्स् नपठाउँनु भनेको प्रेम नगर्नु हो । म यो कुरा कसैलाई भन्न पनि सक्दैनथेँ । तर म कम्फरटेबल पनि थिइन । मामुलाई त परको कुरा म साथीहरुलाई पनि यो चिज भन्न सक्दिन । जब जब एक्ली हुन्छु आफूले पठाएका ति नाङ्गा फोटाहरु देखेर पनि तर्सन्छु । कताकता रिग्रेट जस्तो फिल हुन्छ । मलाई लाग्छ म शरिर मात्र होइन ।
लाग्छ मलाई बुझिदिने कोही होस् । निद्रा नभएको बेला बोलिदिने कोही होस् । थाहा छ म इमोसनल्ली हेल्दी छैन । एक्लै एकदुई पटक थेरापिको लागि पनि गएँ । तर म उसँग पनि कम्फरटेबल भैन । मामूलाई अझै पनि म डिप्रेसनमा छु भन्ने थाहा छैन । मामू यो कुरा बुझ्नुहुन्न । मामूलाई लाग्छ धेरै पढ्नेहरु यस्तै हुन् । बिहान एक घण्टा मेडिटेसन गर्छु तथापी दिनभर उदासीले छोड्दैन । आजकाल मामूले नदेख्ने् गरेर स्मोक पनि गर्न थालेकी छु । मलाई थाहा छ स्मोकिङ राम्रो होइन । तर किनकिन यसले एकछिन भए पनि उदासी कम गर्छ । मलाई कहिल्यै लागेको थिएन मैले याफ्टर ट्वान्टी स्मोक गर्न थाल्नेछु । तर स्याड्ली आइ स्टाटेड याफ्टर ट्वान्टी । कलेजको सेमिस्टर ब्रेक भएको छ । थाहा छैन यो एक महिना म कसरी बिताउँछु । मोबाइल छुनै मन पर्दैन । मोबाइल छुनेबित्तिकै हात काम्छ । कसैले गरेको फोनले मुटु फुटेझै धड्कन्छ । सोसल मिडिया सबै डियाक्टीभ गरेकी छु । पहिले पहिले बिदाको समय एक्लै बसन्तपुरतिर घुम्न जान्थेँ । यस्तो लाग्थ्यो बसन्तपुर कथाहरुको अलिखित संग्रह हो । तर आजकल जान मन लाग्दैन । थाहा छैन यो खालीपनले कहिले छोड्नेछ । कहिले म पहिलेझै बन्न सक्नेछु । आई लभ हु आई वाज । थाहा छैन यो अध्यारो शुन्यताबाट म कहिले पर भाग्न सक्नेछु । आजकल कहिलेकाही म मरेपछि रुने मान्छेहरु बारे पनि गर्छु । के डेथबारे सोच्नु नराम्रो हो ? मलाई लाग्छ म बाचेभन्दा मरेँभने मलाई शान्ती हुनेछ । म यी बिनानिद्राका खाली र उदास रातहरु कतिदिन झेल्न सकुँला । कहिलेकाही त राती आफ्नो धड्किएको मुटुको आवाजले आफैँ तर्सन्छु । शरीरभरि पानी खनाउँछु तर पनि सुत्न सक्दिन । निद्रा बिनाका रातहरु कसैका नहुन् । यो उदासीले थाहा छैन मलाई कहिले छाड्नेछ । आइ विस चाडै छोडोस् । तर मलाई लाग्दैन यसले यती सजिलै छोड्नेछ ।
आज उसको जन्मदिन हो र उ नभएको ४५ दिन पनि । उसको डायरीले मेरा हातहरु कामेका छन् । मुटु अझै धड्किरहेको छ । उ भएको भए अर्को उल्लास हुने थियो । अपूर्व पनि छोरीको जन्मदिनको लागि भनेर घरमा हुने थियो । उ गएपछि अपूर्व घर बिरलै आउँछ । थाहा छैन उ के महसुस गर्छ । केही नभनेपनि यदाकदा लाग्छ यो सब हुनुमा उ मलाई दोसी ठान्छ । कहिलेकाही मलाई आफैँलाई पनि त्यस्तै लाग्छ ।
उसको जन्मदिनमा उसका डायरीहरु पढ्दैछु । यो उसले लेखेको अन्तिम डायरी थियो । लाग्दैछ यो मैले पहिल्यै पढ्नुपथ्र्यो । यी ४५ दिनहरु मलाई ४५ लाख जुनीझै भएको छ । आँमाले सन्तानको मृत्यूको कल्पना कहिल्यै गर्न सक्दिन । यो गर्न नसक्ने कल्पना यर्थाथ भैदिएको छ । मलाई लाग्थ्यो उ म जस्तै छ । नबोलिकनै धेरै कुरा बुझ्ने । तर आजकल लाग्दैछ मैले उसलाई बुझ्न नसकेको रहेछु । आमा भएर आमाझै हुननसकेको पिडा सधै रहनेछ । र उ नरहनुको कमि मसँगै बिदा हुनेछ ।
उ सजिलै जीवनमा आएकी थिइन । बिहे गरेको सात बर्षसम्म पनि केटाकेटी नभएपछि हामी दुबैको सम्बन्धमा रोमाञ्चकता थिएन । मलाई एडप्ट गरेर भए पनि सन्तानको आमा बन्न मन थियो । अपूर्वलाई त्यो कुरा मन्जुर थिएन । तर उ आएपछि हामी बिचको सम्बन्धमा पनि अर्को उल्लास छायो । परिवार पनि खुसी भयो । उ जन्मेको दिन सासुआमाले तिमी पनि आजदेखी पूर्ण भयौ भनेको कहिल्यै बिर्सन सक्दिन । उसको नाम त्यसैले प्रतिक्षा राखेका थियौँ । उसकै लागि भनेर त्यसपछि मैले जागिर खाइन । म उसलाई पूर्ण रुपमा हुर्केको हेर्न चाहन्थेँ ।
उ मैले चाहेझै थिइ । पढाकु, ज्ञानी । तर उसको कम बोल्ने बानीले कहिलेकाही मलाई पिरोल्थ्यो । अरु केटाकेटी झै उसले हासी मजाक गरेको मलाई कहिल्यै थाहा छैन । बस कि पढ्ने कि स्केच गर्ने उसको दैनिकी थियो । मलाई लाग्थ्यो कुनै दिन उ राम्रो चित्रकार बन्नेछ । मलाई उसको रंगसँग खेल्ने बानी असाध्दै मनपथ्र्यो ।
जब उसले एसएलसीमा ए ल्याएर पास गरी सबैले भन्थे डाक्टर हुन्छे । तर उसलाई डाक्टर बन्न मन थिएन । मलाई पनि उ डाक्टर नै बन्नुपर्छ भन्ने थिएन । ए लेवल पछि केयूमा फाइन आर्टस् पढेकोमा मलाई कुनै गुनासो थिएन । उसको बाबा पनि खुसी हुनुहुन्थ्यो । हामी दुबै उ खुसी भएको देख्न चाहन्थ्यौ ।
अरुका केटाकटी झै उसका धेरै साथीसंगती सँगको संगत मैले कहिल्यै देखिन । उसको पढ्ने लत भने बच्चा देखीनै थियो । अल्लि पछि मलाई लाग्थ्यो उ किताबमा मात्र नभुलोस् । बोरु घुम्न निस्क्योस् साथी बनाओस् । उसको एककाइसौ जन्मदिनमा मैले उसलाई यात्रामा जाउँ भनेर दुई दिनको लागि चित्लाङको हाइकिङ ट्रिप बुक गरिदिएको थिए । तर उ जान मानिन । त्यसको सट्टा एककाइस वटा पुस्तकहरु मैले उसलाई दिएँ उ खुसी देखिन्थी । उ कलेजबाट आएपछि कि चित्रहरु मात्र कोर्थी कि किताबहरु मात्र पढ्थी ।
तर केही समयदेखी उ केही निराश देखिन्थी । मलाई लाग्थ्यो नचाहिदा पुस्तकहरु पढेर हो । मलाई लाग्थ्यो धेरै पढ्नेहरु धेरै सोच्छन् । धेरै सोचेर हो । उसले मलाई म निदाउँन सक्दिन भनेकी पनि थिइ । मलाई लाग्यो कहिलेकाही होला । सधै होइन ।
जीवनमा यसरी उसलाई गुमाउँछु भन्ने कहिल्यै थिएन । उ नरहेपनि अपूर्व पनि बिरलै घर आउँछ । कहिलेकाही लाग्छ केही बर्षदेखी उ कोही अरुसँग सम्बन्धमा छ । हामी विचको सम्बन्ध सधै यस्तै नै थियो । उ भएकाले छोरी छ भन्ने आधार थियो । अपूर्व बाहिर कोहीसँग हिडेको कुरालाई म थाहा पाएपनि नपाएझै गर्थे । मलाई लाग्थ्यो छोरीले यो सब थाहा नपाओस् । म छोरीको नजरमा उसको पिताको डार्क साइड देखाउँन चाहदैनथे । तर उसको यो डायरी पढेपछि थाहा भयो उसको पनि उसको पितासँग गुनासो रहेछ ।
उ भैइनजेल उ आफ्नै काममा ब्यस्त भएपनि मलाई एक्लो कहिल्यै महशुस भएन । म त उसको बिहेबारे पनि सोच्न सक्दैनथेँ । हुन त उसको उमेरका भएपछि धेरै बाआमाले बिहेबारे सोच्ने गर्छन् । तर मलाई लाग्छ उसले बिहे गर्दिन भनेकी भए पनि मलाई कुनै गुनासो रहँदैनथ्यो । म मात्र उ खुसी भएको देख्न चाहन्थेँ ।
थाहा छैन उ बिनाका एक्ला र निराश दिनहरु म कसरी बिताउँनेछु । उसका उमेरका केटाकेटीहरु म सडकमा पनि देख्न सक्दिन । एक्कासी मुटु दुखेर आउँछ । आजकल उसँगै छु भन्ने महशुस गराउँन उस्ले पढ्ने पुस्तकहरु पढ्छु । उ प्राय अंगे्रजी पुस्तकहरु पढ्थी । तर मेरो अंग्रजी उसकोझै नभएपनि पढेझै गर्छु । लाग्छ यी पुस्तकहरुमा उ कहि कतै छ । उसको स्पर्शको महशुस हुन्छ ।
लाग्छ मैले उसलाई कसरी बुझ्न सकिन ? आमाले आफ्नो सन्तानलाई बुझ्न नसक्न पाइन्छ ? कहिलेकाही लाग्छ म कहिल्यै आफैले आफैलाई माफी दिन सक्दिन........................................................................................................