Monday, May 12, 2025

निजत्व लेखन - कुण्ठा वा सेल्फ सेलेब्रेसन ?

     सानैबाट हामीलाई मानिस सामाजीक प्राणी हो भनेर पढाइयो । सामाजीक भन्नेबित्तिकै त्यसका आफ्नै दायरा र दृष्ठिकोणहरु छन् । सामाजीक भन्ने शब्द सुन्नेबित्तिकै हामी आफू कम  र आफूले देखेको समाजको बारेमा बढी सोच्ने गर्छौ । साहित्यमा पनि त्यसको प्रभाव हुनुपर्छ हामीले केटाकेटीमा पढेका कथामा म भन्दा पनि ‘उ’ सर्वनाम प्रयोग गरेका पात्रहरु बढी भेट्थ्यौँ । र किनकिन ती पात्रहरु आफू जस्तो लाग्दैनथ्यो अरुनै दुनियाका मानिसहरु जस्तो लाग्थ्यो, उनिहरुको भोगाइ आफ्नो जस्तो लाग्दैनथ्यो । त्यसैले आज साहित्यमा निजत्वको प्रयोग र त्यसको प्रभावको बारेमा केही भन्न मन लाग्यो ।

 

निजत्व भन्नेबित्तिकै हामी आफूलाई सम्झन्छौं । चाहेर नचाहेर कुनै पनि लेख्य चिज लेखकको निजत्वको परिणाम हो । सिग्मण्ड फ्रायड भन्छ्न् लेखन भनेको लेखकको अबचेतन चाहनाहरुको परिणाम हो । त्यसैले मेरो लेखाई मैले देखेको सोचेको दुनिया हुँदै होइन भन्न कुनै पनि लेखकलाई गार्हो छ । सायद मानिस त्यस्तो प्राणी हो जसले आफू बिनाको संसार कल्पना गर्नै सक्दैन । त्यसैले लेखकको निजी अनुभव उसको लेखनमा आउँनु कुनै नौलो कुरा होइन भन्ने मलाई  लाग्छ ।

 

नेपाली साहित्यमा निजत्व लेखनबारे बहस नभएको त होइन तर बहसको घेरा चैं सधैं साघुरिएको जस्तो लाग्छ । कतिपयलाई लाग्छ निजत्व लेखन भनेको कुण्ठा लेखन मात्र हो । र यही कुराले निजत्व लेखनको बृहतर बहसलाई रोकिदिन्छ र सधैझै हामी मानिदिन्छौ निजत्व लेखन भनेको कुण्ठा लेखन मात्र हो । तर के निजत्व लेखन कुण्ठा लेखन मात्र हो त ?


एकमानेमा निजत्वलाई सेलेब्रेट गर्नु भनेको आफ्नो अस्तित्वलाई सेलेब्रेट गर्नु पनि हो । मलाई लाग्छ हामी जतिनै समाजको बारेमा लेखेपनि हाम्रो जीवनको वृत्त ‘म’ बाट सुरुहुन्छ र ‘म’ मानै अन्त्य हुन्छ । म गलत पनि हुनसक्छु तर कहिलेकाही लाग्छ जीवनको भनेको एकदमै व्यक्तिगत भोगाइ अथवा नीजि भोगाइ हो हामीलाई सामाजीक प्राणी भनिएतापनि । सायद यी नीजि वृत्तहरुको सामूहिक प्रतिक्रिया नै समाज हो । निजत्वबाट भिन्न बृहतर समाजको कल्पना म गर्न सक्दिन । लाग्छ साहित्यमा पनि त्यहि लागुहुन्छ हामीले आफूलाई लेखेनौं भने साहित्यको वृत्त अल्लि ढोंगी पो हुन्छ की ?


निजत्वको चर्चा नेपाली समाज र साहित्यमा नभएको त होइन तर साहित्यको नाममा हामी बढीनै आफ्ना कुण्ठा र कहरहरु लेखीरहेका त छैनौं भन्ने प्रश्नचैं अल्लि बढि नै गरिने गर्छ । र कतिपयले निजत्व लेखनलाई साहित्य होइन कुण्ठा हो भन्ने पनि गर्नुहुन्छ । तर कहिलेकाही लाग्छ  मात्र कल्पना गरेर अथवा देखेर लेखेको संसार भन्दा आफूले भोगेको संसार लेख्नुमा गलत नै के छ र ? आफ्ना कथाहरु लेख्नु मात्र कुण्ठा लेख्नु, वा समाजवाट  बिल्कुल अलगिनु पनि त होइन । अहिलेका नेपाली लेखकहरुले निजत्वलाई यसरी सेलेब्रेट गर्नुभएको छ की, निजत्व लेखनलाई साहित्यबाट अलग्गै राखेर वा साहित्यनै होइन भन्ने अवस्था भने पक्कै  छैन ।

 

निजत्व लेखनलाई नेपाली साहित्य मात्र नभएर बिश्व साहित्य मार्फत पनि हेर्यौ भने यसको फराकिलोपन हामीलाई पक्कै महसुस हुन्छ । बिश्व चर्चित लेखक हेलेन केलरको पहिलो पुस्तक, "द स्टोरी अफ माई लाईफ" उनको आफ्नै कथा थियो । जसमा उनले सेरेबल पल्सीजस्तो  रोगसँग कसरी जुधेर लेखक बनिन् भनेर आफ्नै निजी कथा लेखेकी थिइन् । जसले कालन्तरमा उनलाई साहित्यकार मात्र बनाएन विश्व साहित्य समाजमा अर्को नयाँ बिषयबस्तुका साथसाथै साहित्यमा अपाङ्गतालाई बुझ्ने अर्को बैकल्पिक दृश्ठिकोण पनि दियो ।   त्यसैगरी सिल्भिया पाथ यस्ती कवी हुन् जसले कवितामा पनि आफ्नै निजी कथाहरु लेखिन् जसले तत्कालिन् पितृसतात्मक समाजलाई अर्को झड्का दियो । यसरी हेर्दा निजत्व लेखन पनि साहित्यको एउटा महत्वपूर्ण कडी हो भन्ने कुरा हामीलाई महसुस हुन्छ ।

 

यसैगरी भारतीय मूलकी हलिउड फिल्म निर्देशक मिरा नायर भन्छिन्, “ यदि हामीले आफ्ना कथाहरु भनेनौं भने अरु कसैले भन्दैनन् ।” सायद यो भनिरहँदा उनले निजत्व भन्ने शब्द प्रयोग नगरेपनि निजत्वको पक्षमा भनेउनी  दरै उभिएकी छन् ।  मलाई लाग्छ हाम्रा आफ्ना भोगाइहरु र दृश्ठिकोणहरु अरु कसैले लेखिदिनुभन्दा आफैंले लेख्नु बढि उचित हो की ? र अर्को कुरा आफ्नो  कथा आफूले लेख्दा जति अथेन्टिक हुन्छ अरुले लेखिदिंदा अल्लि कम हुन्छ की ? यसको अर्को पाटो भनेको समाजको मूलधारबाट अल्ली परको समाजको कथालाई यसले  भन्न मद्धत गर्छ । साहित्य यस्तो चिज हो जसको गुणस्तर लेख्न र पढन इतिहासले निर्धारण गर्छ तर समाजको त्यस्तो तप्का जसको लागी लेखन र पढन संस्कृती अझै नयाँ नै  छ त्यसको लागी  निजत्त्व लेखन यस्तो  अवसर हो जसले गुणस्तरीयताले भन्दा पनि कथाको नबिनता र समाबेसिताको हिसाबले अर्को  अवसर खुलाउँछ ।


निजत्वको कुरा गरिरहदा मलाई किनकिन महिलाको निजत्वको बारेमा पनि चर्चा गर्न मन लाग्यो । हामी हुर्केको समाज यस्तो थियो की एउटा महिलाले आफ्नो एकदमै निजि कुरा लेख्नु बोल्नुलाई अचम्मको रुपमा लिइन्थ्यो खैर अहिले परिस्थिति अल्लि भिन्न भइसकेको छ । तथापी हामी एकदमै निजिकुरा लेख्न अहिले पनि डराउछौं । सर्वनाम ऊ प्रयोग गरेर त लेखौंला तर म प्रयोग गरेर लेख्न अझै डगमगाउँछौं । पुरुषलाई प्रेम सम्बन्धको बारेमा लेख्न जति सजिलो देखिन्छ महिलाई त्यति गाह्रो । अझै पनि हाम्रा निजि भोगाइहरु, आमा, छोरी, प्रेमिका, श्रीमती हुनुको अनुभूति साहित्यमा अल्लि कम नै पाउँछौ ।  पुरुषले बनाएको प्रेमिका पात्र र एउटा महिला आफैंले अनुभुत गरेको प्रेम  शब्दहरुमा उर्तानु अथेन्टिसिटिको हिसाबले अल्लि फरक हुन्छ की । त्यसैले यदाकदा लाग्छ म भएर लेख्न जति सजिलो देखिन्छ त्यति सजिलो पनि छैन र निजत्व लेखन कुण्ठा लेखन मात्र पनि होइन ।

 

माथी भनेझै निजत्व लेखन अथवा आफ्नो भोगाइहरु लेख्न जती सजिलो जस्तो लाग्छ त्यती सजिलो भने पक्कै छैन तर यसले हाम्रा व्यक्तिगत भोगाइहरुलाई सामाजीक छलफलको बिषय भने पक्कै बनाउँछ । कतिपय कुराहरु मिरा नायरले भनेझै हामीले आफूले  लेखेनौ भनेनौ भने अरु कसैले नभन्न वा नलेख्न पनि सक्छ । त्यसकारण निजत्व लेखनले कुण्ठा मात्र होइन सामाजिक छलफलमा आउनुपर्ने त्यस्ता बिषय बस्तु  पनि खोतल्न सक्छ जुन अहिलेसम्म  सामाजीक प्ल्याट्फर्ममा आएकै छैनन् उदाहरणका लागी अहिले बिश्वब्यापी रुपमा आएका मि टु का स्टोरीहरु । 

 

नेपाली साहित्यमा अहिले अटोबायोग्राफीको ट्रेण्ड एकदमै बलियो छ । नाम चलेका प्राय सबैको अटोबायोग्राफीको कतिको आयो कतिको आउँने क्रममा छ । अटोबायोग्राफी पनि निजत्व लेखनको एउटा अर्को वृत्त हो । तर अहिले प्रकाशित भएका निजत्वका कथाहरु यस्ता कथा हुन् जसको सम्बन्ध मार्केट्सँग छ । निजत्वको कुरा गर्दा हामीले महिला, दलित, आदिबासी वा आम निजत्वको कथाहरु बिर्सेयौ । र उनीहरुको निजत्व लेखनलाई साहित्य समाजले पनि कुण्ठा मात्र मानिराख्यो । के अब थिङ्स फल अपार्ट भनेझै आम निजत्व लाई पनि सेलेब्रेट गर्ने बेला भएन र ? 

निजत्व लेखन आफैंमा एउटा बैकल्पिक शिल्प हो जसले साहित्यका अरु बिधाझै बिम्ब पात्र कथाबस्तुको नाममा आफूलाई बाध्दैन  अथवा यसले साहित्यलाई लेखकको ब्यक्तीगत अनुभवभन्दा परको तत्व हो भन्ने धृस्टता गर्दैन ।  यसमा हामी अरु हुनु पर्दैन आफू हुने स्वतन्त्रता छ- यसले आफूलाई नै सेलेब्रेट गर्छ । त्यसैले त यसको अस्तित्वलाई मूलधारको साहित्य समाजले साहित्य नै होइन भन्ला तर यसको उपस्थितिलाई नकार्न सक्दैन । निजत्वलाई सेलेब्रेट गरेर लेख्ने केहि लेखक र कविहरु प्रति म सारै कृतज्ञ छु । यस लेखको अन्त्य पनि प्रसन्न घिमिरेको यो कविताबाट गर्न चाहन्छु :–
कति भत्किएको छु, भो नसोध
हरेक वर्ष
घर भत्काउँछ सरकार
बाटो फराक बनाउँछ सरकार
म उहि सरकारको सहर हुँ, सम्झ ।।

बिहेको समाजशास्त्र

 


बिहेको शास्त्रीय समाजशास्त्रीय परिभाषा बारे न मलाई कुनै चासो छ न कुनै जिज्ञासा । मैले प्रस्तुत गर्ने बिहेको समाजसास्त्रीय बिश्लेषण केवल  गैर- एकेडेमिक र चलेको भाषामा भन्दा अबलोकननीय र अनुभवजन्य बिश्लेषण मात्र  हो । 

बिहे भन्ने बित्तिकै दुई भिन्न लिङ्गका ब्यक्तीहरुले भिन्न रुपले बुझ्ने एक सामाजीक सस्था हो । भाले  जातिको लागी आफ्नो व्यक्तिगत तथा सामाजीक जीवनमा अर्को ब्यक्तिलाई स्वागत गर्नु हो भने पोथी जातीको लागी कोही अरुको जीवनमा आफूलाई समेट्न खोज्नु हो । यो ब्याख्या गर्दा जती रोमान्टिक लाग्छ  त्यती नै बिभेद्कारी सस्था पनि हो । यसको केन्द्रमा सधैं भाले जातीको बाहुल्यता रह्यो जसको फल:स्वरुप    पोथी जातीलाई  सधैं खुट्टा भए जुत्तको के कमी  भन्ने बिम्ब को रुपमा लिइराखियो ।

यो कुरा गर्दा मलाई अलिअली संकोच पनि लाग्छ । लेख्न बस्दा कतिपटक लेखेर मेटेको वाक्य पनि  हो ।  मैले मेरो बुवालाई मैले चिनेका बा मध्धे अल्ली लिबरल  मान्छेको रुपमा बुझेको थिएं । एकदिन बुवाले अचानक सत्तरी कटेका  हाम्रा एकजना भाले जातीका आफ्न्तको दोस्रो बिहेको बारे कुरा गर्नुभयो जुन कुरा सुन्दा म छाँगाबाट खसेझैं भएँ । सत्तरी कटेका आफ्ना दाईको बिहेबारे सोच्ने मेरा बाले तिस नक्ट्दै मेरा मामा गुमाएकी मेरी माइजुको बिहेबारे कहिल्यै सोच्नुभएन ।  त्यो त परको कुरा सात बर्षमै  बिधवा भएकी आफ्नी फूपुबारे पनि सोच्नुभएन । त्यो दिन मलाई लाग्रयो  मैले सोचेझै मेरा बा उदारबादी हुनुहुदो रहेनछ । र उहाँमा अझै  परापुर्व कालदेखी चल्दै आएको पितृसतात्मक सोचको ह्याङओभर रहेछ । त्यो दिन म अल्ली कडा रुपमा प्रस्तुत भएँ थाहा थिएन त्यो सही थियो वा गलत । कट्किदै भने - सत्तरी कटेका दाईलाई फेरी अर्को सहयात्री खोज्ने हजुरले किन मेरी माइजु र आफ्नी फूपुबारे सोच्नुभएन अबदेखी  मेरी माइजुबारे पनि सोच्नु ।

यी यस्ता साना ठूला झड्का सधैं लाग्ने गर्छ जब म 'बिबाह ' भन्ने सस्थाबारे सोच्ने गर्छु ।  बिबाहको कुरा गर्दा अझै हामी बढी नै रिग्रेसिभ छौ भन्ने मलाई सधैं लाग्छ । मेरै वरिपरी पढेलेखेका मेरै  दिदिबहिनीको  जीवन देख्दा  मलाई कहिल्यै पनि 'बिबाह' समानता र सहअस्तित्वमा बिश्वास गर्ने सस्था हो भन्ने लाग्दैन केही अपबाद बाहेक । हुन त पुजिबादी समाजले उनीहरुले लाएको  नेकलेसको साइज र घणिको ब्राण्ड हेरेर उनीहरुलाई संसारकै भाज्ञमानी  महिलाको रुपमा परिभाषित गर्न पनि सक्छ ।

पुरुषको लागी बिबाह जती फेल्गजिबल छ महिलाको लागी त्यती नै  साघुरो । केटीको उमेर, छालाको रंग, आँखाको साइज्, कपालको लमबाई , कलर आज पनि कुनै केटीको बिहे अगाडी उसलाई ब्याख्या गर्ने मानकहरु हुन् ।  थप कुरा गर्दा खाना पकाउँन जान्ने , कपडा धुन जान्ने , केटा भन्दा कम पढेकी पढेकी भएपनी केटा जस्तो पढाइमा अब्बल नभएकी , मिठो स्वरमा बोल्ने असहमती नजनाउँने यी यस्ता स्टेरोटिपिकल बिशेषताले यूक्त भएकी ।  केटाको  केसमा यी यस्ता मापदण्डहरु केही लागु हुँदैन बस पढेको र आर्थीक हैसियत राम्रो भए पुग्छ । तर ठिक महिलाको केसमा धेरै पढेकी र धेरे कमाउँने दुबैलाई एक खाले अबगुणको रुपमा लिइन्छ । जब सम्बन्धको सुरुवात नै यी यस्ता  विभेदबाट सुरु हुन्छ भने त्यो यात्रा कस्तो रहला । चाहेर पनि लोग्ने स्वास्नीको समान अस्तित्व  समाज र परिवारले स्विकार गर्ला त ?

फेरी म आफ्नै ब्यक्त्तिगत अनुभवतिर लागें । तपाइहरुसँग सेयार गर्ने चाहे - म तीसको नजिक पुगेकी , पढ्न लेख्न रुचाउने, महिलाको समान अस्तित्वमा बिश्वास गर्ने,  लिपिस्टिक पाउडर जस्ता भ्यानिटिमा बिश्वास नगर्ने , देख्दा काली, पाँच फीट भन्दा कम हाइट भएकी पढ्ने पढाउँने एक आम यूवती हुं । तपाईलाई लाग्ला म हाम्रो समाजले खोज्ने आइडियल बुहारी वा श्रीमती हुंदै होइन । मलाई पनि लाग्छ  म होइन  किनभने म सह- अस्तित्वमा बिश्वास गर्छु, मेरो ओभरअल लुक मेरो पहिलो प्राथमिकता होइन । मलाई लाग्छ मैले गर्ने काममा म जस्तो देखिन्छु त्यसको कुनै महत्व छैन । म पढ्छु पढाँउछु मेरो मुख्य काम त्यही हो । र म बिहे गर्नकै लागी भनेर त्यस्ता कुराहरु स्विकार गर्दिन जसमा म बिश्वास गर्दिन ।

यो त भयो मेरो आफ्नो कुरा तर मेरो अनुभव पनि एक आम नेपालीको यूवतीको भन्दा केही फरक छैन । म सँगैका  मेरा धेरै केटा साथीहरु म जस्तै सिङ्गल छ्न् तर समाज उनीहरुको सिङ्गलपनलाई पनि सेलेब्रेट गर्छ भन्छ पढ्दै छ्न् करीअर बनाउँदै छ्न् । ठिक उस्तै म पनि त्यही गर्दैछु । तर किनकिन समाज मेरो काम भन्दा पनि म सिङ्गल भएकोमा चिन्तित छ । धेरैलाई लाग्छ म सिङ्गल रहनुमा मेरो  छालाको रङ मेरो हाइट र ओभर अल  मेरो लुक प्रमुख बाधक हो । र मलाई लाग्छ त्यही कुरा बाधक हो भने म त्यस्तो रिग्रेसिभ सस्थाको सदस्य किन बनुँ जसले कहिल्यै मलाई मेरो छालाको रंगभन्दा माथी उठेर हेरेन । वा कहिल्यै मेरो अस्तित्व लाई वैचारिक रुपमा स्विकार गरेन ।

अझै बुहारीको चयन  र कुनै  पनि ड्रेसको चयन प्रकृयागत रुपमा हेर्ने  हो भने केही भिन्नता छैन ।  यदी केटाकेटी पहिल्लेदेखी  प्रेममा छ्न् भन्ने कुरा अल्ली फरक पर्ला । तर एकदमै छुचो भाषामा भन्दा समाज  अझै पनि त्यस्तै छ । मलाई अचम्म लाग्ने कुरा चैं असी प्रतिशत काला नभएको हाम्रो समाजमा किन बुहारी चाही गोरी खोज्छ्न् । अझै पनि बुहारीहरु  अनपेड डेल्ली लेबरर हुन् । भन्दा नै खाना पकाउँन लुगा धुन बिहे गरेको उस्लाई भन्छ्न् । यो कुरा सुन्दा अल्ली पढेका बुझेका महिलाहरुले  पनि इजिली एसेप्ट गरेको देख्दा भने अचम्म लाग्छ ।

शैक्षिकरुपमा म एक भाज्ञमानी यूवती हुँ पढाइको लागी मेरो परिवारले मलाई कहिल्यै सम्झौता गर भनेन । बुवाको लागी पढिदिनु  मात्र ठूलो कुरा बन्यो । पढाइपछी मात्र मैले आर्थीक स्वतन्त्रताको बारेमा बुझें । सायद यो कुरा बढी यूनिभर्सिटिले सिकायो । त्यसैले अहिले लाग्छ म परिपरिका सबै महिलाहरुले दुईचार पैसाका लागी कसैसँग हात फैलाउँन नपरोस्  जसले हामीलाई त्यस्ता सम्बन्धबाट मुक्त बनाउँछ जसले मुक्त्ती भन्दा पनि एकात्मक पितृसतात्मक ब्यबस्थाको कैदी बनाएको छ । धेरै केसमा बिबाह त्यस्तै कैद हो भन्दा म गलत छु जस्तो  लाग्दैन ।

छोटकरीमा भन्नुपर्दा 'विबाह' यस्तो सस्था हो  जस्लाई मनपर्दैन भनौला तर  यसको अस्तित्व नै अस्विकार गर्न गार्हो छ । तर यसका केही आधारभुत समस्याहरु छ्न् ।  यसले समता, सह-अस्तित्व भन्दा पनि  भालेजातीय शक्तीसंरचनामा बिश्वास गर्छ । जबसम्म  महिला र पुरुषको  सह-अस्तित्व र सहभागितामा बिबाह चल्दैन  तबसम्म  यो एउटा एकात्मक पितृसतात्मक सस्था हो । चाहेर नचाहेर  म जस्ता शिक्षित  र उदारबादमा बिश्वास गर्ने मान्छेलाई बिबाहको जन्जिरमा निस्सासिन अति नै कठिन छ ।  म चाहन्छु  म महिला मात्र होइन मानब पनि हुँ त्यसैले म जस्तै धेरै युवतीहरु चाहन्छ्न् बिबाह जन्जिर नबनोस् उन्मुक्त्ती  बनोस् ।

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...