Thursday, April 23, 2026

एक यात्राः एक यायावर


प्रिय किताबहरु,

आज तिम्रो दिन हो । कुनै दिन कसैले कागज बनायो । कुनै दिन कसैले मसि बनायो । कुनै अर्को दिन भावनाहरु लिपिबद्घ भए । कसैले सोध्यो भने किताबहरु नभएको भए के हुने थियो– म जस्तो भए वा जस्तो अनुभूत गरे त्यो कहिल्यै गर्ने थिइन । उत्तर यहि हो । तर पनि किन थाहा छैन किताब र अक्षरहरु बिनाको आफूलाई कहिल्यै कल्पना गर्न सक्दिन । सानो हुदा ममि भन्नुहुन्थ्यो यसले तिमीलाई पर लग्नेछ । मलाई सधैँ बाधिन्छु भन्ने डर थियो । मस्र्याङ्दी किनारामा हुर्के पनि तैरन नसिकेकाले बग्ने लोभ सधैँ रहिरर्यो । आज पनि कहि बग्ने लोभ छ । म चाहेर पनि बाधिन सक्दिन ।

कलिलो मनमा सधै लागिरह्यो किताबले कुनै दिन यात्राझै गरेर कतै पर लग्नेछ । मलाई सधैँ मस्र्याङ्दी र हिमाल हेरेर जीवन काट्नु थिएन । हुन त ममिले भनेको कुरा बिम्बमा थियो । तर त्यो सानी एक्ली केटीका लागि कहि पुग्नु बिम्बभन्दा अझ परको कुरा थियो । यो र्पाश्र्वकथा हो मूल कथा अरु केही छ । सुन्नुस् है । 

यो सानी केटीको कथा हो जसलाई यायावरझै बनेर कहि पुग्नु थियो । देख्दा सानी भएकाले सबैलाई लाग्यो यो कहि पुग्नेछैन । कुनै दिन आफन्तको यही प्रतिक्तियामा बुवाले भन्नुभयो यो कहि पुगिन भने म यसलाई झोलामा बोकेर हिड्नेछु । त्यो झोला किताब थियो । पिताजीका लागि मेरो यात्राको मानक किताबमात्र बन्यो । हिमाल र नदीभन्दा मेरा लागि केही रमाइला र अनौठा केही थिए भने ति किताबहरु मात्र थिएँ । ममिले प्रौठ शिक्षाका लागि ल्याएका नयाँ गोरेटो सायद मैले कक्षाकोठाभन्दा पर पढेको पहिलो र रोचक पुस्तक थियो । मलाई सधैँ लागिरह्यो मानिस भन्दा न्याना र रमाइला त पुस्तकहरु हुन्छन् । एक एक्ली, धेरै नबोल्ने , साथी नभएकी, सानी भएकाले कसैले खासै वास्था पनि नगर्ने एक किशारीका लागि किताब सधैँ यात्राझै बन्यो । प्रिय किताबहरु, खै कसरी तिमीले मलाई रोज्यौ र मैले तिमीहरुलाई रोजेँ । सायद हामी दुबैको लागि एक अर्काको आवश्यकता थियो । तर आवस्यकता नै सहि केही थियो जसले मलाई बुझ्थ्यो ।

प्रिय किताबहरुः द हाउस अन म्याङ्गो स्ट्रिट

जब सान्द्रा सिस्नेरोजलाई पढे यस्तो लाग्यो उनले मेरै लागि लेखेकी थिइन । मेरो लागि उपन्यासकी पात्र स्परेन्जा अरु कोही नभएर म नै थिइन् । हामी दुबैसँग समाजले आफूलाई सजिलै नस्विकार्नुको प्रतिसोध थियो । यस्ता कथाहरु जम्मा भएका थिए जसलाई समाजले वास्था गर्दैनथ्यो । आफ्ना किताबहरु, कथाहरु र डायरी बोकेर कहि पर पुग्नु थियो । तर त्यो ठाउँ पिताको र लोग्नेको घर थिएन । कहि पर पुग्नु थियो फर्केर फेरी त्यही ठाउँ आउँनु पनि थियो । आमा, आन्टी र दिदी बैनीको जस्तो जीन्दगी जीउनु पनि थिएन  । गर्नु थियो त आफ्नै यात्रा । स्विकार्नु पनि आफैँलाई थियो । जित्नु पनि आफैँलाई थियो । प्रिय सान्द्रा तिमीले नलखेको भए सायद कुनै दिन यस्तै उपन्यास मैले लेख्ने थिएँ । स्परेन्जाझै मलाई कसैले भनेको थियो तिम्रो लागि कोही पुरुष आउँने छैन । मेले त्यो कहिल्यै खोजेकी पनि थिइन । मलाई त केबल मस्र्याङ्दी र हिमालभन्दा पर पुगेर त्यसैलाई फर्केर हेर्नु थियो । स्परेन्जाझै कतै पर पुगेर फेरी फर्केर हेर्न चाहन्थेँ ।

अन अर्थ उइ आर र्विफ्ली गर्जियस्

मलाई कहिलेकाही आफ्नो उमेर र ओसनको लेखन शिल्प देखेर इस्र्या लाग्छ । सत्य यही हो उनी म भन्दा धेरै ठूला होइनन् । भियतनाम यूद्घले अमेरिका पुर्याएको उनको परिवारले सायद उनलाई त्यो पिडाको शिल्प दियो जसले उनलाई शब्दका जादुगर बनायो । मलाई लाग्छ कसैले पिडाको र शोकको त्यती गहिरो स्वरुपलाई पनि बुझ्न सक्छ भने त्यो ओसनले मात्र सक्छन् । उपन्यासमा जसलाई सम्बोधन गरेका छनर््  त्यही मानिसले पढ्न नसक्नु दूर्भाग्य हो । ओसनको पनि दूर्भाग्य हो कि जे उनले आफ्ना आमाहरुका लागि लेखे त्यो उनका आमाहरुले कहिल्यै पढ्न सकेनन् । मलाई लाग्छ म त्यो लिटल डगलाई प्रेम गर्छु । सायद म ओसनलाई पनि प्रेम गर्छु । मलाई आशा छ र सधैँ लाग्छ कुनै दिन उनलाई म न्यूयोर्कको गल्लिमा भेट्नेछु अगाल्नेछु र भन्नेछु, प्रिय ओसन, खुसीको साम्राज्य हुँदैन जे छ टुक्रा टुक्रामा छ ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...