Saturday, September 23, 2017

सम्बन्ध

तिम्रोलागी मैले केहि शब्दहरु रचेँ
र आफैंले मेटिदिएं
कोर्नु र मेट्नुको पिडा
आमालाई सोध!
आज सम्बन्धको धरातल फेरिएको छ
चाहेरै पनि म ति शब्दहरु कोर्न सक्दिन्
र रङ्गाउँन सक्दिन्
हृदयको सानो क्यानभाषमा.....
निशब्दता........  मौनता
अथवा....... शून्यता
वा अरु केहि
यस्तै.... यस्तैको कोलाजमा
कही कतै तिमी भेटिन्छौ
लाग्छ तिम्रो र
मेरो सम्बन्ध यही हो । 

No comments:

Post a Comment

डिएर इला,.......

 डिएर इला, हिजो नै त हो तिमीलाई लेखेको । तर केही थियो जो बाकी नै थियो । मलाई लाग्छ इतिहास देखिनै हामी महिलाहरु एक्ला छौ । परिवार भएर पनि ए...