Friday, November 24, 2017

पर्खाल

एउटा पर्खाल भत्किनुपर्ने  थियो
जसरी भत्किन्छन् आवेगहरु
आवाज बनेर..........
जसरी निस्कन्छ्न् भावनाहरु
आँसु बनेर...........
सायद भत्किनुपर्ने थियो
मौनताको पर्खाल
शून्यताको पर्खाल
स्थिरताको पर्खाल
तिम्रो हृदयको पर्खाल........
मेरो निशब्दताको पर्खाल..............
सायद......... भत्कनुपर्ने थियो
बिडम्बना भत्किएन ।

No comments:

Post a Comment

डिएर इला,.......

 डिएर इला, हिजो नै त हो तिमीलाई लेखेको । तर केही थियो जो बाकी नै थियो । मलाई लाग्छ इतिहास देखिनै हामी महिलाहरु एक्ला छौ । परिवार भएर पनि ए...