Monday, February 29, 2016

प्रेमपत्र र प्रेम

उपस्थितिको सिङ्गो कोलाजमा
तिमी थिएनौ
र पनि महशुस गरे तिम्लाई
हृदयको एउटा गुलाफ
तिमीलाई दिए यादहरु मार्फत
र भावनाको सिङ्गो कलमले
एउटा प्रेमपत्र लेखेँ ।


प्रिय प्रेमिला मन!
प्रेमदिवसको यस प्रेमिल अवसरमा
प्रेमिको हैसियतले
तिमीसँग केहि कुरा माग्दै छु
नाई! नभन्नु ।


प्रिय! हाम्रो सन्बन्ध तुसारोजस्तै रहेछ
जब हावा र बतास
हरु आउँछन्
सबै उडाएर लादा रहेछन्
तब दुखी प्रेम बाहेक केहि रहदैन हामीसँग
त्यसैले बताससँग पनि नडराउँने जब्बर हुँदैछु
प्रेमी निस्ठूरी भै नभन्नु ।

कहिलेकाही जब संसार बौलाउँछ
म आवाज उठाउँन सक्छु
एक्लो भएपनि
तिमीबिरुद्द पनि
तब हाम्रो प्रेमलाई बिर्सेर
भावनामा तेजाव नफाल्नु
संम्झनु एउटाै बाटो हिडे पनी हामी भिन्न यात्री हौँ भनेर ।

प्रिय यदाकदा म आफैसँग हराउन सक्छु
तिमीलाई आफ्नी मायालु नलागेर
एउटा सिङ्गो मनुष्य मात्र लाग्न सक्छ
तब यो सम्झनु की
त्यो सिङ्गो प्राणिभित्र
केहि तिमी हुनेछौ केहि म ।


मेरो प्रिय मान्छे
अरुलेझै तिमीले
मेरो आँखाको, कपालको र अनुहारको
बर्णन नगर्नु
ताकी म त्यो भन्दा माथी उठ्न सकू
धेरै माथी ।

समयको बतासले हाम्रो सम्बन्ध
उडाएछ भने पनि
हाम्रो प्रेमलाई नबिर्सनु
हृदयको एउटा कुनामा
तिमी र म दुबै हुनेछौँ ।
घृणाको शब्दकोसबाट शब्दहरु सापटी नलिनु
नरंग्याउँनु हाम्रो प्रेमलाई
कालो रंगले ।


आशा छ हाम्रो प्रेम
आंकाक्षा र सपनाको कङ्कृट मैफिलामा
नउत्रोस्
प्रेम प्रेमनै रहोस्
सम्बन्धको साँघुरो घेराभित्र बन्दी नबनोस् ।


उहि तिमी
उही म
अर्थात हामी ।










No comments:

Post a Comment

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...