Saturday, February 6, 2016

मर्स्याङ्दी किनारको बस्तीबाट

मर्स्याङ्दी किनारको बस्तीबाट 
आज म उद्घोस् गर्दै छु
केहि खेस्रा कथाहरु, उनको!
माफ गर
आज यही कथासँगै उनको बिसर्जन गरिदैछ 

कुहिरोले धुम्म भएको बिहानीमा
उ जन्मिएकी थिई रे
एउटा टुकी घामको किरण लिएर
एउटा जुनकिरी उज्यालो बोकेर 

तोरीका फूलहरु मस्त फूलेका थिए
बालुने फाटभरी
समयसँगै उ पनि फक्रदै थिई
त्यो सानो बस्तीभरी 

किशोर सपनाहरु बोकेर
उ बिद्धालय, क्याम्पस, विश्वबिद्दालय पुगी
सडक, हल र सभाहल पुगी
अक्षर, किताब र पुस्तकालय भित्र छिरी


उसँगै फक्रदै थिए
उसका स-साना विचारहरु
विचार बोक्ने खिरिएका शब्दहरु
भावना बोक्ने मनरुपी कविताहरु 


के जीवन जिउँनुदेखी अलग हुनसक्छ
के प्रेम प्रेमीदेखी भिन्न हुनसक्छ
के शब्द विचारवाट छुट्टिन सक्छ
के यात्रा यात्रीवाट ठुस्किन सक्छ 


आज त्यही मर्स्याङ्दी किनारको बस्तीबाट
उसको विदाई हुँदै छ भब्य बिदाई
भब्य बिसर्जन
सिँदुर, पोते, बारामाला, चुरा सबैका साथ
आज यही कथासँगै उ बिसर्जित हुँदैछ
मर्स्याङ्दी किनारको बस्तीबाट । 





No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...