Friday, May 19, 2023

को कस्तो नारीवादी ?– एक अल्लारे नारीवादीको बकपत्र

 


  स्कुल पढ्दा नारीदिवस मनाइन्थ्यो । किन मनाइन्थ्यो थाहा थिएन । कसरी मनाइन्थ्यो त्यो आज पनि याद छ । सधै केटाहरुले कब्जा गर्ने माइक्रोफोन र पोडियम त्यो दिन केटीहरुको हातमा पुग्थ्यो । म भन्दा ठूला दिदीहरु माइकमा के के बोल्थे । कोही गीत गाउँथे । कोही जोक भन्थेँ । त्यहि दिन एक बर्ष घर नजिकैको  दिदीले मलाई पनि मञ्चमा बोलाउनुभयो । सायद त्यतिखेर म तिन कक्षामा पढ्थेँ ।  काम्दै गएर कामेकै स्वरमा एउटा कथा भनेर फर्के । त्यस दिन मैले भाइका जुत्ता लगाएर स्कुल गएको थिएँ जुन हिड्दा बज्ने गथ्र्यो । त्यो समय छोरीहरुलाई जुत्ता किनिदिने चलन कम थियो । मञ्चमा बोल्ने भएर ममिले मलाई त्यस दिन भाइको जुत्तामा पठाउनुभएको थियो । म माइकमा बोल्न पाएकोमा खुसी भएँ । तर त्यो खुसी धेरै समय टिकेन जुन दिदीले मलाई मञ्चमा बोल्न बोलाउँनुभएको थियो त्यही दिदीले बेलुका घर फर्केपछि भाईको जुत्तामा गएको भनेर जिस्काउनुभयो । त्यो दिन पश्चात म नारीदिबसमा दिन मञ्चमा कहिल्यै उक्लिन ।

नारीदिबस थाहा भएँ पनि नारीबाद भन्ने शब्द मैले धेरै पछि सुनेँ । त्यो पनि नेपालीमा होइन अंग्रेजीमा सुनेँ । आज पनि मलाई लाग्छ मैले बुझेको नारीवाद पश्चिमा भर्सनको नारीवाद फेमेनिजम हो । बिए पढ्नु अघि मैले नारीवाद भन्ने शब्द कहिल्यै सुनेको रहेनछु । अथवा सुनेर पनि ध्यान दिएको रहेनछु । बिए पहिलोबर्ष साइमन दि बुबाको “द अदर” भन्ने निबन्ध थियो साथमा क्रिटिकल थेरीमा “फेमेनिजम” भन्ने अर्को च्याप्टर पनि थियो । पहिलोपटक मैले पढ्नुपर्ने किताबहरु अति अचम्मका लागेँ । त्यो अघि मैले लैङ्गिक बिभेद र असमानता बारे कहिल्यै बुझेकै रहेनछु । हामीलाई अंग्रेजी पढाउँने शिक्षक आफूलाई कडा नारीबादीको रुपमा प्रस्तुत गर्नुहुन्थ्यो । उहाँ साच्चिकै नारीवादी हो वा होइन भन्ने कुरामा मलाई आज पनि संका लाग्छ । तर उहाँ आफूलाई कट्ठर नारीबादीको हुँ भन्नुहुन्थ्यो । उहाँकै लिएकै नामका आधारमा मैले त्यहि समय तसलिमा नसरीनका नेपालीमा अनुदित धेरै पुस्तकहरु पढेँ । त्यो समय नसरिनका पुस्तकहरु काठमाडौँमा सजिलै पाइन्थ्यो ।

अहिले मलाई सबैभन्दा पछुतो केही लाग्छ भने त्यो समय नसरीनका पुस्तकहरु पढेकोमा लाग्छ । मलाई कहिलेकाही लाग्छ उनका किताबहरुले  मेरा कोमल र चञ्चल किशोर बर्षहरु उराठ बनाइदिए । आज पनि म कसैलाई नसरीनका पुस्तकहरु पढ्ने सल्लाह दिन्न । नसरीनका पुस्तकहरुले मलाई एकाएक पुरुष बिरोधि बनायो । कहिलेकाही मलाई लाग्छ मैले प्रेम गनुपर्ने उमेरमा घृणा गर्न सिकेँ । धेरैका लागि नसरीनका पुस्तकहरु प्रेरणादायक होलान् तर मेरा लागि बनेनन् । अहिले फर्केर हेर्दा उनले बुझाएको नारीबादसँग मलाई असाद्घै समस्या छ । तर त्यसलाई समस्या हो भनेर निर्कोल गर्न पनि मलाई धेरै बर्षहरु लाग्यो । 

नसरीनका पुस्तकहरुको प्रभावले मलाई रमाइलो लाग्ने मैले धेरै कुराहरु गरिन् । प्रेम गर्न सिकिन । आफूभित्रको स्त्रित्वलाई मैले लामो समयसम्म लुकाएर राखेँ । आजकल आएर महसुस हुन्छ म भित्र ममता,  प्रेम जस्ता फेमिनाइन गुणहरु अथाहा रहेछन् । तर उनका पुस्तकहरुले मलाई कठोर र रिसाहा बन्न मात्र सिकाए । आफैलाई नचिन्ने बनाएकोमा उनको नारीबाद मलाई आजकल त्यति प्रेमील लाग्दैन ।

  तर लामो समयपछि मात्र मैले आफैजस्ता लाग्ने खुकुला नारीबादीहरु साक्ष्यात्कार भएँ । मलाई कसिला र शिद्घान्तको एकोहोरो पाठहरु मात्र पढाउँनेहरु अरसिक लाग्छ । आज मेरा लागि नारीबाद मेरो स्वतन्त्रता र अधिकारको मात्र बिषय होइन मसँगै बाचेका र हुर्केका मेरा पुरुष मित्रहरुको खुसी पनि हो । यदाकदा लाग्छ जति म महिला भएकै कारण संरचनाको कसिमा कसिएको छु त्यहि संरचनाको कसिमा उनीहरु पनि कसिएका छ । महिला पुरुष भन्दा कसियका त समलिङ्गिहरु छन् । मलाई लाग्छ अबको नारीवाद हामीसबैलाई मूक्ति दिनुपर्छ, स्वतन्त्रता दिनुपर्छ ।

    भखरै चियामाण्डा आदिच्येको  “हामी सबै नारीवादी  हुनुपर्छ“ र “नारीवादी घोषणापत्रका लागि पन्ध्र सुझाब पढी भ्याएको छु । मलाई उनी मनपर्छ । नारीवारी हुनु भनेको अरसिक हुनु, अप्रेमिल हुनु भन्ने कुरामा उनी बिश्वास गर्दिनन् । तर पनि मलाई लाग्छ म भित्रको नारीवाद सपाट नारीवाद होइन । म नारीवादी भएर पनि कयौ पटक म जस्तै आफ्नै नारीवादमा बिश्वास गर्ने मानिसलाई कर्के नजरले हेरेको छु । मलाई आज पनि भ्यानिटिमा बिश्वास गर्ने कयौ महिलासँग गुनासो छ । मलाई स्वतन्त्रता र सबलीकरणको नाममा गरिएको सौन्दर्य प्रतियोगितासँग पनि समस्या छ । मलाई हरेक चिजलाई लैङ्गिकताको नजरले हेर्नेसँग पनि समस्या छ । मलाई कहिलेकाही लाग्छ म समस्याग्रस्त नारीवादी हुँ। 

नारीवादको पनि आ–आफ्नै वर्ग र समूहहरु रहेछ । म ति कुनै बर्ग भित्र पनि नअट्ने रहेछु ।  नारीवादी भएर पनि रुपान्तरण हुन नसक्ने समयअनुसार परिस्कृत र तरल हुन नसक्ने अटल नारीबाद समस्याग्रस्त लाग्छ   । तर मानिसको रुपमा महिला पुरुष र यौनिक र लैङ्गिक अल्पसङ्ख्यकलाई एकै नजरले हेर्न नसक्ने समाजसँग पनि गुनासो छ । कहिलेकाही म आफैँलाई सोध्छु म कस्तो नारीबादी । उत्तरमा भन्न मन लाग्छ एक बतासे अल्लारे नारीबादी ।

Friday, May 12, 2023

मित्रताः एक संवाद


निर्जला अधिकारी 

  म सायद कक्षा नौ मा पढ्थेँ । उमेरमा पनि सानी र देख्दा पनि सानी भएकाले मेरा कम साथीहरु थिएँ । म उनीहरु सँग आफ्ना मनका कुरा भन्न सक्दैनथेँ । न उनीहरु भन्थेँ ।  एकदिन अचानक केही साथीहरु घर फकैनेबेलामा मलाई केही नभनी एकाएक हराए , जो मसँग नजिक थिएँ,  जो मसँगै बस्थे । मलाई अनौठो लाग्यो । कताकता नरमाइलो पनि लाग्यो । पछि थाहा भयो । उनीहरु सब फोटो खिच्न गएका रहेछन् । केही दिन पछि उनीहरुले आफ्नो ग्रुप फोटो देखाएँ । मलाई थाहा भयो म उनीहरुको गु्रपको रहेनछु । पहिलोपटक मलाई अस्विकृत हुनुको अनौठो अनुभूती भयो । यतिका बर्ष मैले साथी ठानेकाहरु साथी रहेनछन् भन्ने भयो । सँगै मस्र्याङ्दीको बगरमा बयर टिपेको , घरमा नभनी काँचो आँप लगेको सबै सबै ब्यर्थ रहेछ भन्ने भयो । तर मेरा नयाँ साथी भएनन् । मैले उनीहरुलाई किन मलाई बोलायनौ भन्न सकिँन । न उनीहरुले भनेँ । 

  यसरी स्कुले दिनहरु सिद्विए । न मेरा मिल्ने साथी भए  न मैले नयाँ साथीहरु बनाउँन सकेँ । न उनीहरुसँग मित्रताको डोरी तोड्न सकेँ । लाग्यो कुनै दिन मेरा पनि मिल्ने साथीहरु हुनेछन् । जसले मलाई कसैलाई नभनेको कुरा भन्नेछन्, मैले पनि मनका कुरा सबै भन्ने छु भन्ने लागिरह्यो । स्कुले पढाइपछि काठमाडौँ त छिरे तर सोचेझै मिल्ने साथी बनाउँन सकिन । त्यो बेलादेखी लागेको एक्लैएक्लै हिड्न,े एक्लैएक्लै रमाउँने बानी अझै गएको छैन ।

लामो समयसम्म साथीहरुको कमी महसुस भैरह्यो । साथी हुनु भनेको आफैँसँग गर्न नसकोको संवाद अरु कोहीसँग गर्न सक्नु रहेछ । कसैले आफूलाई बिनाकुनै कारण आफ्नो ठानिदिँनु रहेछ । लामो समयपछि साथीजस्ता मानिसहरु भेटेकाले पनि मलाई मित्रताको असाध्दै लोभ लाग्छ । यस्तो  लाग्छ जोसँग असल साथीहरु छन् उनीहरु भाग्यमानी मानिसहरु हुन् । तलका शब्दहरु मैले साथीको रुपमा भेटेका सबैसबैमा समप्रित छ,

प्रिय शोभा, 

यस्तो लाग्छ तिमीलाई नभेटिएको भएँ म जो छु त्यो कहिल्यै हुदैनथेँ । भेटेको पनि १५ बर्ष भैसकेछ । तर किन किन लाग्छ हिजो त हो तिम्लाई महिले देखेको । समय नदीझै बग्यो, हामी उही भएर पनि उही रहेनौ । समय बद्लियो । तर किनकिन लाग्छ हामी बिच केही बद्लेन । दुरीहरुले दुरीको काम गरेनन् । मलाई कहिलेकाही लाग्छ म तिमीझै हुनुपथ्र्यो । अनि यस्तो पनि लाग्छ तिमी मेरो कहि कतै छुटेको म हौ । कहिलेकाही महिनौ पछि गफ हुन्छ  हामी जहाँ छुटेका थियौ त्यहि छौ झै लाग्छ । यदाकदा सोच्छु रमाइलो गर्न त धेरै भेटिएला तर आफूझै लाग्ने भेट्न गाह्रो छ ।

प्रिय मुना, 

कहिलेकाही लाग्छ मैले तिमीलाई जहिले भेट्नुपर्ने थियो त्यो बेला भेटिन ।  तिमीलाई मैले स्कुलमा भेटेको भएँ म एक्ली हुनेथिइन । अथवा मैले तिमीलाई हाइस्कुलमा भेट्नुपर्ने थियो । तिमीसँग सँगै गनुपर्ने काम धेरै बाकी नै छन् । अहिले पनि दिक्क  लागेको बेला, एक्ली भएको बेला तिमीलाई सम्झन्छु, तिमी यहाँ भैदिएको भए मम खान जाँने, चिया खान जाने मान्छेको कमि कहिल्यै महशुस हुनेथिएन । मलाई कहिलेकाही लाग्छ, साथीको रुपमा म अरु धेरैलाई बाड्न सक्ने रहेछु तर तिमीलाई नसक्ने रहेछु । अर्को  समरमा नेपाल आउँ रमाइलो गनुपर्छ ।

प्रिय साथीहरु....... जय, उपेन्द्र, मनोज

अहिलेपनि मान्छेहरु भन्छन् केटाकेटी साथीमात्र हुन सक्दैनन् । अनौठो लाग्छ । मेरा त छन् झै लाग्छ । हामी सँगै सहर डुलेर फर्कदा मैलाई भनेर आठ नौ बजे घर पुर्याउँन आएका दिनहरु कहिल्यै बिर्सन सक्दिन । आज पनि केही पर्यो भने मैले सम्झने नामहरु यहि हुन् जस्तो लाग्छ । धेरै कुराहरु सिकेको छु शब्दले भन्न सक्दिन ।  मलाई सधै लाग्छ .. र सधै कामना पनि गर्छु यो मित्रताको सम्बन्ध सधै यस्तै रहिरहोस् । 

प्रिय बिना नामको मान्छे, 

मैले नाम बोलाएर यहाँ धन्यबाद भन्न सक्दिन  । तर जहाँ जसरी हामी भेट भयौ अथवा भेट अझै भएका छैनौ त्यसलाई म सुन्दर संयोग मान्छु । जीवन एक संयोग हो । हाम्रो मित्रतालाई त्यहि संयोग  रुपमा म लिन्छु । कृतज्ञ हुनुपर्ने धेरै कुराहरु छन् । यस्तो लाग्छ जीवनका केही भेटहरु आवस्यकता हुन् । कहिलेकाही हाम्रो भेट पनि मलाई त्यस्तै लाग्छ । हामी बिच कोसौको भौगोलिक दुरी छ । तर दुरीहरु सधैका लागि दुरीहरु नबनुन् भन्ने मेरो कामना हो । सायद छिट्टै भेट हुनेछ । भेटेको बेला सँगै गर्नुपर्ने धेरै चिजहरु बाकी नै छ । भेटको प्रतिक्षामा छु ।

यी नाम लिएका केही साथीहरु भए पनि ज–जसलाई मैले साथीको रुपमा जीवनमा भेटेँ उनीहरु सबैप्रति म अनुग्रहित छु । जीवन एक यात्रा हो साथीहरुको उपस्थितिले यात्रालाई सहज र सरसपूर्ण बनाउदो रहेछ । अन्ततः हामी जस्तो मान्छेको संगतमा रहन्छौ त्यस्तै मान्छे बन्दा रहेछौ । केटाकेटीमा कम साथी भएकाले होला आज पनि मलाई अरुको झै मेरो पनि धेरै साथी भैदिएझै हुन्छ । मित्रताले मान्छेले मान्छेलाई बुझ्ने प्रक्रियालाई अझ सजिलो बनाउँदो रहेछ । आशा छ मित्रताले सधै मलाई बलियो बनाउँनेछ ।

पत्रमा म

 

निर्जला अधिकारी

यो पत्र मेरो आफ्नो हो । प्रेषक र प्रापक पनि म आफैँ हुँ । यो पत्र भित्र कहिँ कतै तपाईले आफूलाई भेट्नुभयो भने संयोग मात्र होइन सुन्दर संयोग बन्नेछ । यस पत्र भित्रका भावना , दूर्भावना, कामना, शुभकामना मेरा आफ्ना हुन् कृपया दिमागले होइन हृदयले सुनिदिनु होला ।

बाल्यकालदेखि नै म चाहन्थेँ कसैले मलाई पत्र लेखोस् । पत्र प्रेमले भरिपूर्ण होस् र म उसलाई उस्कै शब्दहरु मार्फत प्रेम गर्न सकुँ । त्यो मेरो बाल्यकालिन वा भनौ किशोरकालीन स्वैरकल्पना थियो । म चाहन्थेँ डराइ डराइ कसैले मलाई एउटा प्रेमिल पत्र मेरो हातमा काम्दै थमाओस् र म पनि पसिनैपसिनाले भिजेका हातले स्विकार्न सकुँ । सदाझै त्यो जीवनको स्वैरकल्पना नै बन्यो बिपना कहिल्यै बनेन ।

किशोरअबस्थाको त्यो ह्याङओभर बिस्तारै धुमिल बन्दै गयो । सायद त्यो उमेरको धुमिलता थियो । बिस्तारै प्रेमपत्रको चाहना त हट्यो तर  किनकिन सुन्दर अक्षरले लेखेको पत्रको चाहना सधैँ रहिरह्यो । अहिलेको डिजिटल दुनियामा चिठि लेख्ने मान्छे भेट्न दुलर्भ मात्र होइन असम्भव नै छ । यदि तपाई पनि म जस्तै पग्ली प्रकृतिको हुनुहुन्छ भने आफूले आफैँलाई लेख्ने गर्नुस् पत्र मात्र होइन प्रेम पत्र नै ।

हुन त अक्षरमा आफूले आफैलाई सम्बोधन गर्नु नाट्यमञ्चमा प्रयोग हुने मनोवाद जस्तै हो । सायद नाट्यमञ्चमा झै पत्रको प्रेषक तपाई भित्रको अर्को पात्र र प्रापक तपाई आफूनै जस्तो पनि लाग्न सक्छ, अथवा यी बिचका दुरिहरु मेटिन पनि सक्छन् ।  यो हुनु र नहुनु विच रहने अस्तित्ववादी चेतनाको अर्को मैफिल पनि बन्न सक्छ । वा भनौ पत्र आफैमा नृंत्यागना र नृत्य जस्तो के फरक के उही भन्ने बहसमा बहकिन पनि सक्छ ।

बहसमा बहकिनु एउटा कुरा पत्र लेख्नु अर्को कुरा तर पत्र भने अवस्य लेख्नुस् । आफूले आफैँलाई मैले जस्तै ....

प्रिय केटी,

केटी भनेर सम्बोधन गर्दैछु कारण नसोधेस् । म तँलाई नामले पनि सम्बोधन गर्न सक्थेँ मलाई थाहा छ तँलाई सबैभन्दा प्रिय आफ्नो नाम नै लाग्छ । तर लाग्यो तेरो नाम भन्दा पहिले तेरो परिचय तेरो लिङ्गले निर्धारित गर्छ त्यसैले केटी भने , दुख नमान ।

किन पत्र नै लेखेँ भनेर तँ अत्तालिन पनि सक्छेस् तर त्यस्तो केही नसोच । यो आफूँले आफैलाई बुझ्ने प्रक्रिया हो । मलाई थाहा छ तँ अलिअलि भाबुक, अलिअलि हट्ठि अनि धेरैनै घमण्डी छेस् । एदाकदा आफूले आफैँलाई समाल्न पनि बिर्सन्छेस् बुझ्न खोज्नु त परको कुरा । हुन त आफूले आफैलाई बुझ्न खोज्नु एउटा निरस यात्रा हो , र मलाई लाग्छ त्ाँ यात्राको लागी सक्षम छेस्  ।

आज तँ कस्तो मुडमा छेस् मलाई थाहा छैन तर आशा छ यो पत्रले तँलाई अवस्य केही खुसी दिनेछ । हुन त म तँलाई मनैमन पनि यी कुराहरु भन्न सक्थेँ तर लाग्यो तँ शब्दहरुलाई असाध्दै प्रेम गर्छेस त्यसैले शब्दमै भनुँ । आज महशुस हुँदैछ लेखेर भन्न सजिलो रहेनछ ।

मैले बुझेसम्म तेरो जीवनको पहिलो प्राथमिकता पूर्णताको खोजी नै रह्यो । अरुझै तँ पनि त्यहि म्याराथुनमा दौडिदैछेस् । तर केटी जीवन भनेको अपूर्णताको अर्को पर्याय नै हो र कहिल्यै नर्बिसि तँ जस्तै सबै अपूर्ण नै छन् । अप्राप्ती , अपूर्णता त मान्छे भएपछि महशुस गर्नुपर्ने अनिवार्यता नै हो । तँलाई लाग्न सक्छ म कुनै दुरदराजको साधुसन्तझै अमूर्ततामा बोल्दैछु । र पनि कहिल्यै नबिर्सनु पूर्णता पनि त्यस्तै अमूर्त चिज नै हो । त्यसैले पूर्ण बन्ने कोशीस धेरै नगर सोच्ने गर तँ जे छस् ठिकै छस् ।

र अर्को कुरा आफ्ना प्राप्तीहरुले तँ जेहोस् त्यसलाई परिभाषित गर्छ भनेर कहिल्यै नसोच । तँ जे होस् त्यही नै तँ हुनु हो तेरा उपलब्धिहरु होइनन् । सदाझै यी कुराहरुमा आफूँलाई खोज्न छोड्दे । अरुको सट्टा आफैलाई प्रेम गर । तैले जसलाई प्रेम गरिस्, जसले तँलाई कहिल्यै गरेन त्यो तेरो जीवनको अनौठो विष्मय थियो । सक्छेस भने बिर्सिदे सक्दिनस् भने प्रेम गर तर प्रेमको आशा नगर । टुक्रिएको मुटु तेरो मात्र होइन धेरैको छ । मलाई आशा छ आफ्नै लाग्ने मान्छे तैले छिट्टै भेट्नेछस् ।

बुझेर पनि नबुजेझै मैले तँलाई कैयौ कुरा भन्न खोजेर पनि भन्न सकेको छैन । त्यस्तै एउटा कुरा भन्दैछु दुख नमान ।  आजबाट अरुको भिडमा आफूलाई खोज्न छोड्दे । अरुको भिडमा आफूलाई नभेटेर दुखी हुनुको कुनै मतलब छैन । तँलाई लाग्दो हो म अरुजस्तो किन भैन धेरैलाई लाग्न सक्छ किन तँ उनीहरु जस्तो नभएर पनि बहुद् लोभलाग्दी छेस् । आफ्नो लोभलाग्दोपनालाई जोगाइराख । आफूँले आफैँलाई बबाल सम्झि । कसैको स्विकृति बिना पनि आफूले आफैँलाई विशेष मान्न पाइन्छ । यो स्वतन्त्रताको कुरा हो, आफू हुनु हो । आफ्नो स्वतन्त्रताको भरपुग उपयोग गर ।

यात्रा लामो छ केटी, यो जीवनको यात्रा हो । तँसँगै तेरो जीवनसँग धेरै जीवनहरु जेडिएका छन् र पनि तेरो जीवनको हिरो तँ आफै होस् । छोरीमान्छे भएकै कारण आफूलाई कम मानव हो की लघुमानव हो कि भनेर प्रतिप्रश्न गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ तर मलाई थाहा छ त्यस्तो समयमा पनि तँ आफूलाई पूर्ण मानव नै सम्झन्छेस् ।

कसैको आँखामा नपर्नु आफ्नै ज्योति गुमाउँनु होइन केटी , आफ्नो यात्राको ज्योतिलाई सधै चम्कन दिनु । म तँलाई प्रेम गर्छु, अनित्य प्रेम, सायद यहि नै आफू हुनु हो, अनेकौ परिचय र बिरोधाभाषका बिच पनि एक हुनु हो  । म तँ भित्रको अर्को म हुँ, तँलाई प्रेम गर्ने म । शब्दहरुमा आज पोखिएकी छु आशा छ यसले तँलाई केही उर्जा दिनेछ ।

उहि तँ भित्रको म

आशा छ यो पत्र पढेपछि तपाईहरुले पनि मैले जस्तै आफूले आफैँलाई पत्र लेख्नुहुनेछ । यो पत्र पढ्नेहरुलाई फूलको माया, छाप्नेलाई सुनको, यो पत्र भावनाहरुको भिडमा सधैँ भावना नै भैजाला ।


Tuesday, May 9, 2023

खालीपन

 

निर्जला अधिकारी

यो असिमितताको फराकिलो क्यानभाषभित्र हामी सबै सिमिततामा रमाउँदा रहेछौ । बुझेर पनि नबुझेझै गरी हामी आफ्नै क्षितिजलाई आफैँले साघुरो पार्दा रहेछौ । थाहा छ जीवन खुल्ला साम्राज्य हो । मानिसले चाह्यो भने उसले आफ्नो क्षितिज आफैँले नाघ्न सक्छ । तथापी जीवनको असिमितता एक भ्रम झै लाग्छ । आफ्नै भोगाइको भूगोललाई हामी सिंगो बह्माण्ड सम्झन्छौ । 

यो खालीपनको अनुभूती यहि बाट जन्मन्छ । हामीले जे भोग्यौ त्यो कसैले भोगेको छैन झै लाग्छ । आफूजे जे पाएको छैन त्यो सबैले पाएका छन् भन्ने पनि लाग्छ । हामी जे छौ र हामीसँग  जे छ त्यो पर्याप्त छैन भन्ने पनि अनुभूत हुन्छ । यीनै असन्तुष्टी र अप्राप्तीबिच खालीपन जन्मन्छ । हामीलाई लाग्छ आफूसँग भएको सिंगो संसार अपुरो छ । जीवनलाई हामी प्राप्तीसँग जोड्छौ । हुनु र नहुनुबिचको अबस्थालाई तुलना गर्छौ । आफू र अरुबिचको भिन्नतालाई अनौठो ठान्छौ । समाजको संरचनाको सदस्य बन्न चाहन्छौ तर सक्दैनौ । ....यसैबिच एक अनौठो अनुभूती हामीसँग रहन्छ ............हामी आफूलाई समुच्चतामा हेर्न सक्दैनौ र अपुरो ठान्छौ ।

सायद खालीपनको अनुभूती एक साझा अनुभूती हो । चाहेर नचाहेर हामी सबै अपूर्णताको अनुभूती सहित बाच्दैछौ । बाच्नुको अस्तित्वलाई हामी एक कठोर उपलब्धिसँग जोड्छौ । त्यो भन्दा अझ जटिल अनुभूतीका पाटाहरुलाई झिनोझै ठान्छौ । यही झिनोपनले आफू हुनुको अपर्यापततालाई बोल्दछ । जीवन पूर्णताको पर्याय होइन । यी अपूर्णताहरुलाई सम्हाल्न सकैनौ भने हामीले बाच्नुको यर्थाथलाई पनि सम्हाल्न सक्दैनौ ।

पूर्णताको अनुभूती गर्नेहरुमा सायद अहमताको उपस्थिति रहन्छ । कहिलेकाही लाग्छ आफैँलाई बुझ्न पनि केही गुमाएको, केही नपाएको अनुभूती हुनुपर्छ । थाहा छैन सबै भएको महशुस गर्नेहरुले जीवनलाई कसरी लिन्छन् । सायद जीवनका अर्पाप्तीहरुले आफैलाई बुझ्न सघाउँछन् । हुनसक्छ सबै हुनेसँग वा भएझै महसुस गर्नेसँग यूफोरिया बाहेक अरु कम चिज बाकी रहन्छ । खालीपनले केही नभएपनि जीवनको यर्थाथलाई बोलिदिन्छ । 

गहिरेर हेर्दा समाजले अतिआवस्यक ठानेका जीवनका उपलब्धिहरु साना र झिना बन्न पुग्छन् । कहिलेकाही लाग्छ हामीले अतिसामान्य चिजहरुलाई अति गह्रौ ठान्दा रहेछौ । र गहिरेर लिनुपर्ने चिजहरुलाई अतिसामान्य ठानेर बेवास्ता गर्दा रहेछौ । सायद खालीपन त्यस्तै केही हो । सबै चिजहरु भएर पनि केही नभएझै महसुस गर्न सजिलो कदापी हुन्न । तथापि मानीसले बिरलै त्यस्तो अनुभूतीलाई ब्यक्त गर्छ ।

मानिसले गर्न सक्ने सबैभन्दा सुन्दर  चिज संवाद र अनुभूती हो । आफ्नो अनुभूतीलाई ब्यक्त गर्नु सायद इमान्दार बन्नु हो । तर मानिस आफ्नै अनुभूतीसँग भाग्न खोज्छ । उस्लाई लाग्छ आफँैलाई बुझ्न खोज्नु जटिलतालाई निम्त्याउनु हो । जटिलतासँग भाग्दा भाग्दा उ यस्तो बनिदिन्छ उस्लाई लाग्न थाल्छ उ भित्रभित्र खोक्रो छ । समाजले बिरलै हामीलाई आफूसँग इमान्दार बन भनेर सिकाउँछ । सायद हामी आफ्नै खोजीमा आफैसँग भागिरहेका छौ । र भाग्दाभाग्दै आफैँलाई गुमाइरहेका छौ ।.................................................................................................................................

Monday, May 8, 2023

जानेहरुको नाउँमा

 

निर्जला अधिकारी

प्रिय जानेहरु, 

सहर बजनी रंगको फूलले रंगिएको छ । निराश त होइन तर भित्रभित्र खाली छु । मलाई किनकिन लाग्छ यी फूलहरुले जीवनको निशारतालाई बोल्दछन् । रित्तोपनमा बाच्नु सजिलो छैन तथापी यसको अनुभूतीले जीवनप्रतिको बोधलाई अल्लि फराकिलो बनाउँछ ।

जानेहरुसँग गुनासो गर्नुपर्ने कुनै कारण छैन । तथापि मन त हो कहिलेकाही लाग्छ उनीहरुको उपस्थिति र बर्हिगमनले जीवनमा फेरी अर्को खालीपन थपेर गयो । कयौ रित्तोपनको खाडल बोकेर कहिलेकाही लाग्छ कसरी सग्लो महसुस गरुँ । अपूर्णता र अप्राप्तिको अनुभूतीलाई सुन्दर बनाउँन कदापी सकिन्न । हुर्कदै गर्दा यस्तो लाग्थ्यो कुनै दिन कोही आउँनेछ त्यस्तो जसले जान्छु भनेर पनि फर्कनेछ । सायद त्यो दिवासपना थियो । जान्छु भनेर फर्कनेको सट्टा जाँदिन भनेर नर्फकनेहरु भेटिए । सायद यो  जीउनुको नियती हो । तर नियती मात्र ठानेर म आफूलाई बुझाउँन सक्दिन । कहिलेकाही लाग्छ जानेहरुलाई बिर्सिदिउँ तर बिर्सिनुको प्रक्रिया छोटो कदापि हुँदैन ।

कहिलेकाही लाग्छ जाँदै गर्दा पनि मानिसले जाँनुको कारण खुलाउँन । मलाई मौनताले पिरोल्छ । तर सायद यो अन्त्यको नियम हो, जानेहरु केही नबोलिकन नै दुरीहरु बढाउँछन् । दुरीहरुले नबोलेको आवाजलाई बोलिदिन्छ । सायद यो यात्रा हो । सायद जानेहरु सबै बाटामा भेटिएका सहयात्रिहरु हुन् । भेट्दा अनौठो उत्साह बोकेर आउँनेहरु जाँदा अनौठो मौनता र सान्नाटा बोकेर जान्छन् । कहिलेकाही लाग्छ बोरु आउँदा सान्नाटा दिएर आउँन जाँदा उत्साह दिएर जाउँन । तर थाहा छ त्यो सम्भव छैन । सायद जीवनका दुरीहरु चिसा पदचापहरु हुन् । फर्केर हेर्दा त्यसले बिजाउँछ मात्र ।

कहिलेकाही जानेहरुलाई फर्केर हेर्दा यस्तो लाग्छ उनीहरुमा समानता थियो । तर बसुन्जेल सबै फरक फरक लाग्ने रैछ । कहिलेकाही लाग्छ मान्छेको स्मिृति छोटो हुन्छ । बिष्मृतिहरु लामो समयसम्म रहदैनन् । र पनि टुक्रिनुको पिडा टुक्रनेलाई मात्र थाहा हुन्छ । आज पनि अन्तिम टुक्राइ पहिलोझै लाग्छ । जानेहरलाई माफी त दिन सकिएला तर छुट्टिनुको तिक्ततालाई मेट्न नसकिने रहेछ । 

कहिलेकाही एक्लोपनले अनौठो उत्साह थपिदिन्छ तर सधै होइन । आज त्यस्तै एक दिन हो । जानेहरुलाई सम्झदैछु । उनीहरु गएकोमा पछुतो त छैन तर जसरी गए त्यसलाई सुन्दर मानेर म टुङ्ग्याउँन सक्दिन । कहिलेकाही लाग्छ उनीहरु आधा हृदय बोकेर आए मैले पुरा खर्चिए । सायद त्यो मेरा आफ्नो समस्या थियो । तथापि आज पनि लाग्छ आधा हृदय बोकेर कोही पनि नआउँन जीवनमा । 

यो जानेहरुको नाउँमा लेखिएको पत्र मात्र होइन अब आउँनेहरुले बुझ्नुपर्ने यर्थाथ पनि हो । तित्तताको र सान्नटाको अनुभूती पटकपटक कोही पनि गर्न चाँहदैन । पटक पटक हरेकले दिने रिक्तताको हिस्सा बोकेर बाँचेझै गर्न सक्दिन ।  केही नभएझै गरेपनि सम्बन्धलाई कुरुपताले ब्याख्या नगरेपनि टुट्न सजिलो छैन । टुटेपछि फेरी सग्लो भएझै देखाउँन झन सजिलो छैन ।...............................................................................................

................................................................................................

Sunday, May 7, 2023

बन्धन र उन्मूक्ति


निर्जला अधिकारी

दिन धमिलो छ ......पर आकाशमा बादलको एक मुस्लो डुल्न छोडेको छैन । देख्दा सबै शान्त देखिन्छ । देखिएझै शान्त भैदिँन कोही सक्ला र ? मलाई शान्तीसँग खासै त्यति लगाव छैन । म भित्रका द्वन्दहरु यदाकदा प्यारा पनि लाग्छन् । कोही नधमिलिइकन शान्त कसरी बन्ला र ? मलाई धमिलिनुसँग कुनै गुनासो छैन ।

देखिएझै सपाटतामा बाच्न बिरलै सकिन्छ । समाजले यसरी हामीलाई बाधिदिएको छ कहिलेकाही लाग्छ फुक्काफाल भएर हिड्दिउँ । अरुले देख्दा फुक्काफाल देखिनेहरु पनि भित्रभित्र बाधिएर बाच्दा रहेछौ । कहिलेकाही लाग्छ दिल फूकाएर हाँसिदिउँ, दिल टुटाएर रोइदिउँ ।  पर पर पहाडहरु एक्लै चढौ । यो एक्लोपनकको लोभ होइन यो त बन्धनभन्दा पर बाच्नुको परिकल्पना हो । 

लामो यात्रामा गएर फर्कनेसँग सदा लोभ लाग्छ । यस्तो लाग्छ हिड्नेहरुको क्षितिज फराकिलो हुन्छ । मलाई फराकिलो मुलबाटोमा यात्रा गर्नेहरु मनपर्छ । जीवनको नाममा गरिएको घिसिपिटिले  अत्यासलाग्दो जीवन नबनाओस् । खुलेर हाँस्नेहरु खुलेर बाच्छन् झै लाग्छ । जीवनको नाममा बाध्यतासँग मात्र साक्षयात्कार हुनेहरु सायद निराशताका बिम्बहरु हुन् । जीवनलाई निराशता र बिबशताको बिम्बमात्र ठानेर म टुङ्ग्याउन सक्दिन ।

बाच्नुको नियति सरल कदापी छैन । बाचेँझै गरेर हामीले कयौ नबाचेका दिनहरु पनि बाचेका हुन्छौ । कहिलेकाही खुल्लापनको आकाशमा उडौँ भन्ने पनि लाग्छ तर कयौ पटक सोचेर पनि नउडेको अबस्य हो । समाज भन्छ तँ यस्तो बन । स्विकारोक्तिको खोजीमा दौडेको पनि अबस्य हो । आफू अस्विकृत भएको निउँमा धुमिलताका कविताहरु पनि लेखेको हो । तर मन नै त हो कहिलेकाही भन्छ आफ्नै नाममा मात्र जिइँ । आफ्नै मूलबाटो बना र आफ्नै इच्छाको यात्रा गर । गर्न खोजेको र गर्दागर्दा कयौ पटक लडेको पनि हो । कहिलेकाही समाजलाई आफैँ ठानेर आफूले आफैँलाई प्रश्न गरेको पनि हो ।

जीवनका दुबिधाहरु कहिल्यै नसिद्विने रहेछन् । ममि भन्नुहुन्थ्यो, “ अक्षर भनेका नदी हुन् यसले तिमीलाई परपर लग्नेछ कुनै दिन ।” त्यतिखेर लाग्थ्यो ममि नचाहिदो कुरा गनुहुन्छ अक्षरले कसरी पर लग्छ । तर अहिले सम्झदा लाग्छ आमा गलत हुन सक्दिनन् । कहिलेकाही लाग्छ मैले गरेको यात्रा  मेरी आमाले गर्न नसकेको यात्रा हो । आज पनि आमाका लागि आफू केही होइन । उहाँले आफ्ना लागि भनेर कहिल्यै सोच्नुभएन ।  र पनि अक्षरको यात्रा सदा रमाइलो लागेको कदापि होइन । नदी नभएर कहिलेकाही बगरका पदचापहरु झै झिनो महसुस गरेको अवस्य हो ।

कहिलेकाही भएको भन्दा राम्रो मानिसझै देखाएको पनि हो । कहिलेकाही भएको भन्दा खराब पनि भएको हो । तर मानिसै त हो । चाहेर नचाहेर अध्यारा किस्सा बोकेर हिड्दो रहेछ । नचाहँदा नचाहदै पनि आफूले आफ्नै दुस्कर्मलाई राम्रो बनाउँन खोजेको पनि हो । मलाई खराबै हुँ भनेर ठोकुवा गरेर हिड्नेहरु, असल हु भनेर प्रमाणित गर्ने भन्दा कयौ गुना प्रिय लाग्छ । तर अनौठो बिरोधाभाषको कथा बोकेर म पनि हिडेकी रहेछु ।  अनेकौ मोड र घुम्तीहरुमा यी दुबै खाले मानिसलाई प्रेम गरेझै गरेकी पनि रहेछु । कस्तो बिरोधाभाष ....... कति धेरै असमजस्यता.......

यात्रामा भेटिनेसँग सधैँ कृतज्ञ बन्नुपर्ने रहेछ । अन्तत हामी यात्रामा जस्ता मासिसँग ठोकिन्छौ त्यस्तै मानिस बन्दा रहेछौ । भेटिनेहरुले सदा केही सिकाएर जान्छन् । यो जीवनको संयोग पनि हो । हजारौँको भिडमा संयोगले हामी तिनै मासिहरुलाई भेट्न पुग्छौ । आफ्नो हातमा नरहेको कुरासँग कृतज्ञ हुनबाहेक अरु केही गर्न सकिन्न । मलाई कहिलेकाही लाग्छ अरु केही नभए पनि जीवनमा राम्रा साथीहरु भेटेकी छु । मे जे छु त्यसको अंश उनीहरु पनि हुन् ।

कृतज्ञ हुनुपर्ने चिज खोज्दैजाँदा धेरै भेटिदो रहेछ । मलाई लाग्छ पुस्तकहरु  तिनै कृतज्ञताका पात्रहरु हुन् । अध्यारा दिनहरुबाट कसैले तँजस्तै अरु पनि छ है भनेर  भनेको छ भने त्यो पुस्तकले नै भनेको छ । पुस्तकले दिने उज्यालो अरु धेरै कुराको उज्यालो भन्दा अझ शक्तिशाली बन्दो रहेछ । मलाई कहिलेकाही लाग्छ संसारका सबैभन्दा असल मानिस कवि हुन्छन् । यो कविताप्रतिको प्रेम मात्र होइन उन्मूक्ति र असिमितता प्रतिको प्रेम पनि हो । मलाई लाग्छ कवि भनेको उन्मृक्ति र बन्धन भन्दा पर बोल्ने मानिस हो । मलाई सदा लाग्छ कविहरुको हृदय फराकिलो हुन्छ, लेखकहरुले बन्धनलाई बोल्दैनन् । 

कविहरुलाई प्रेम गर्दागर्दै, बन्धनहरुलाई नर्कादानर्कादै पनि कयौ पटक आफ्नै बन्धनलाई तोड्न नसकेको अवस्य हो । यदाकदा लाग्छ खुलेर बाच्न पनि  साहस चाहिन्छ ।  आफ्नै असिमिततालाई नर्कान खोजेको पनि हो । तर मानिसको सिमिततालाई रोमान्टिसाइज गरेको अवस्य होइन । बन्धन र उन्मूक्ति हामी सबैसँग छ । कहिलेकाही लाग्छ म दुबैको चरमबिटहरुले रंगिएकी छु ।

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...