Friday, August 25, 2023

मसिना कुरा


निर्जला अधिकारी 

चराहरु आकाशमा उड्नु, फूलहरु फूल्नु, पानी पर्नु सायदका प्रकृतिमा हुने स–साना पाटाहरु मात्र हुन् तर गहिरेर हेर्दा सबैभन्दा गहिरा कुराहरु पनि । जे हाम्ले गर्हौ ठान्छौ कहिलेकाही लाग्छ ति सब बेअर्थका कुराहरु हुन् । गहिरेर हेर्दा स–सानाको महत्व गर्हौ ठानिने चीजले कहिल्यै सम्बोधन गर्दैन । 

कहिलेकाही तिनै मसिना बात गर्ने मानिसहरु भेट्दैनौ । तिनै मसिना कुरा गर्न सबैभन्दा नजिकका मान्छेहरु चाहिन्छ । ठूला बादबिदाका कुराहरु त सबैसँग गरिएला तर हृदयका मसिना कुरा गर्न आफूझै लाग्ने मानिसहरु चाहिँदो रहेछ । 

यदाकदा लाग्छ, उपलब्धिको होडबाजीमा, नाम र दामको होडबाजिमा, तँ ठूलो कि म ठूलोको मोलमोलाइमा हामीले एकअर्कालाई सुन्न सुँनाउँन छोडिदिँदा रहेछौ । लाग्छ, कसैले त आफूलाई सुनिदियोस्, कहिलेकाही बिनाजजमेन्ट सुनिदिले मानिसको कमी महसुस हुन्छ । सायद यस्तो महसुस सबैलाई हुन्छ ।

मानिसहरु भन्छन्, तिमी जे हौ तिम्रो कामले भन्छ । मलाई कामले मानिसलाई चिन्न खोज्नु सबैभन्दा कठोर कामझै लाग्छ । सायद हामी सबैले बाँच्नको लागि केही गरीरहन्छौ, कसैले बाध्यताले, कसैले रहरले तर ति बाध्यता र रहरबिच मानिस कहीँ कतै लुकिरहन्छ । सायद मानिस हुनुका कमीकमजोरीहरु हामीसबै सँग छ । तथापी केहीको उपल्बिधिले कोही अरुको अस्तित्वलाई गौण साबित कदापी नगरोस् ।...............................................................................................................................................................................................................................................................................................................

पानी परेर उज्यालिएको दिन रमाइलो छ । तर दिनझै मानिस उज्यालिन नसकिँदो रहेछ । स–साना कुराहरु कसैलाई भनौझै लागिरहेछ । तर लाग्दैमा सुन्ने मानिस भेटिन पनि त ग्राहो छ, भेट्दैमा उही रुपमा बुझ्ने भेट्न अझ गाह्रो छ । यो एकाङ्कीपन सायद हामी सबैसँग छ । तर दुनियासँग यसरी उन्यालीन्छौ लाग्छ हाम्रो उज्यालोले कोही अरुलाई अध्यारो बनाइदिन्छ । 

आफैलेँ आफैलाई अनुभूत गर्न सजिलो छैन । कहिलेहकाही आफ्नै अनुभूतीले आफैलाई अत्याइदिन्छ । तथापी ........यसको कुनै अर्को बिकल्प पनि त छैन ।  बाचेझै गरेर हामी बेअर्थका अनेकौ दिनहरुको साक्षी भएका छौ । सायद हामी सबै बाँचेझै मात्रै गरिरहेका छौ । .......................................................................................................

Tuesday, August 22, 2023

गनथनः श्रीङ्खला २

 

निर्जला अधिकारी

भर्खरै बिहानी भएको छ । शहरमा हलचल बढीसकेको छैन । आकाशमा बादल यथावत नै छ । सदाझै आज पनि बिहानै बिउँझिएकी छु । आज काममा जानु छैन तथापी सुतिरहन सक्दिन । बाहीर आकाश हेर्छु मलाई बिना हलचलका शान्त बिहानीहरु मनपर्छ । झ्याल खोलेर  बाहिर एकटङ्कारले हेर्दै छु ।

अबका पाँच दिन मेरा आफ्ना हुन्, कसैलाई बाड्नु नपर्ने केबल आफ्ना । आधि पढिभ्याएको किताब सिरानीमा छ ।  आधि जाचेका कापीहरु अर्को टेबलमा छन् । ल्यापटप बन्द छैन । सबै चीज अधुरो यात्रामा छन् । सायद म जस्तै । यो अधुरोपन सायद मेरो आफ्नो हो । म गरीभ्याएको कामलाई सेलेब्रेट गरेर बसीरहन सक्दिन । अप्राप्तीले सदा पोल्छ । 

यहि अधुरोपनमा आफैलाई खोज्छु कहिलेकाही । यदाकदा लाग्छ, जे देखे जे जीउँदैछु मेरो आफ्नो हो । आफैसँग गुनासो नभएको पनि होइन तर   कहिल्यै लाग्दैन कोही अरुको मूलबाटोमा हिडेँ । आफू वरीपरीका मानिसहरु भेट्छु सबैको गुनासो छ समय नभएकोका । आफूलाई हेर्छु, चाहिनेभन्दा बढी समय पाउँछु ।

मसँग समयनै समय छ । हप्ताको एउटा पुस्तक प्राय पढ्छु । आफैसँग बोलिरहन्छु । आफैलाई मनलागेको चिज गर्छु । समयसँग गर्नुपर्ने गुनासाहरु केही छैनन् । बन्धनहरु छैनन् बाध्यताहरु छैनन् । केही मनोकामनाहरु नभएका होइनन्, माया मोह र बासना बाहेक हरु चिजलाई हेर्ने हो भने म एक जोगीझै हुँ । मसँग बाध्यता र जिम्मेबारीका गह्रौ पोकाहरु छैनन् । 

भर्खरै मार्खेजको पुस्तक पढिभ्याएकी छु । मलाई हृदयले लेख्नेहरु असाध्दै मनपर्छ । जीवनलाई नचाहिने ढङ्गले रोमान्टीसाइज गर्नेहरु देखेर हाँसो पनि उठ्छ । सतहमा बाच्नेहरुलाई लाग्ला जीवन जे देखिन्छ त्यही मात्र हो गहिरेर हेर्दा हामी सबैसँग अत्यासलाग्दा निरास रातहरु छन् । हृदय खालेर बोल्यौभने हाम्रा आँखा ओभाना बाकी रहँदैनन् । सपनाका, सम्बन्धका अनैकौ चोटहरुको साक्षी हामी सबै भएका छौ । तर दुनियासँग यस्तो भैदिन्छौ लाग्छ हामीसँग हिडिआएको बाटामा फूलहरु मात्र थिएँ ।

अचेल काठमाडौ अत्यासलाग्दो लाग्छ । कहिलेकाही लाग्छ यो  निराशाको पुञ्ज हो । मैले जीएको काठमाडौ यो भन्दा निराश कहिल्यै थिएन । नानीहरुलाई लाग्छ सपना भनेको पैसा हो । मेरा हाइस्कुल  भ्याइसकेका बिथार्थीहरुलाई तिमीले जे बुझ्दैछौ त्यो सत्य होइन भनेर सम्झाउँन सक्दिन । उनीहरुलाई लाग्छ पैसा भनेको सपना हो । सायद यहि समयको काठमाडौँलाई कोही कविले चित्रण गर्यो भने ग्रिन्सबर्गले साट्ठिको दशकका लेखेका कविताभन्दा फरक नबन्ला । आदर्शबादी हुनु, कम्यूनिष्ठ हुनु अबको समाजको लागि आउटडेटेड हुनु हो । कहिलेकाही लाग्छ यो सहर सुपरमार्केट हो यहाँ केही चर्चा हुन्छ भने त्यो डेबिट क्रेडिट कार्डको हुन्छ ।

यहि गतिमा सहर अघि बढ्यो भने यस्तो समय आउँनेछ, सहरले अफिसमा काम गर्ने कर्मचारी भेट्ने छैन । विचार निर्माण गर्ने अध्यताहरु रहेनेछन् । स्कुलहरुले शिक्षक नपाउँन सक्छन् । तर यस्तो झुर कल्पना कसले गरीबस्छ यो सहरमा ।  यस्तो काम काम नभएका म जस्ताको हो जोसँग सोच्ने समय मात्र छ ।

सहरमा साथीहरु कम छन् । नाटक हेर्न र पुस्तक किन्न एक्लै हिड्न थालेको बर्षै भैसक्यो । यदाकदा “गु जस्तो देश” भनेर अमूक देशबारे कसैले निर्कोल गरिदिन्छ । लाग्छ देश नछोड्नेहरु किराझै हुन् । हुन त किरा हुनु र मानिस हुनु अस्तित्वको हिसाबले एउटै हो । तथापी आफ्नो भागको गल्ति पनि देशकै हो भन्न सक्दिन ।

  बिस बाइसका नानीहरु मेरो लोग्नेले जाँड खाँदैन भनेर टिकटक बनाउँछन् आमाहरु छोरीले संसारै जीतिझै गरी सेअर गर्छन् । लागेको थियो म पछिका  बैनीहरुको लागि सपनाका आयतनहरु र जीवनका परिभाषाहरु फराकिला बन्नेछन् । तर समाज उल्टो बगेझै लाग्छन् । बैनीहरु लोग्ने जाँड नखानेको परेकोमै खुसी छन् ।

  लेखीरहँदा लाग्यो मसँग पनि गुनासाका पोकाहरु मात्र रहेछन् । गुनासाहरु पोखेकै राम्रो है................................................................................................................................................................................................................


Monday, August 21, 2023

अर्धकल्प

 

निर्जला अधिकारी

अदालतबाट कसरी घर आइपुगेँ थाहा छैन । अन्तिमपटक उसलाई बाई भन्न सजिलो थिएन । अनौठो उल्लास बोकेर उ मेरो जीवनमा आएको थियो । उसको आगमनले अनौठो उल्लास र उत्साह दिएको थियो । अहिले अनौठो सान्नाटा र पिडा छ मसँग । थाहा छैन म कहिले पिडामूक्त हुनेछु । कहिले आफैँले आफैँलाई प्रेम गर्न थाल्नेछु । 

  थाहा छैन यो जीवनको कुन मोड हो । यो कल्पना होइन , यो पूर्ण कल्पना पनि होइन । यो जीवनमा नजोडिएका बिन्दु झै पो हो  की । बिन्दुले उपस्थितिको पूर्णतालाई जनाउँदैन । कहिलेकाही लाग्छ म उपस्थितिको त्यही अबस्थामा छु जसलाई अनुपस्थित भन्दा  हुन्छ । उ थियो जीवनमा  तर उसको उपस्थितिलाई उपस्थिति मात्र मान्दिदा हुन्छ ।  आज बाट उ थियो भनेर भन्दा हुन्छ । उ गएकोमा मलाई कुनै गुनासो पनि छैन । कहिलेकाही लाग्छ चिच्याएर भनिदिउँ तिमीहरु सबै उस्तै हौ । म मेरो आफ्नो लागि काफी छु .........................

उसँग करिब एक बर्ष बिरानो देशमा बिताएँ । लागेको थियो कसैले छाडे पनि उसले मलाई सम्हाल्नेछ । टुटेकालाई प्रिय ठान्नेहरु मलाई अझ प्रिय लाग्छ । म टुटेकी थिएँ । मलाई लाग्यो उसको उपस्थितिले सब सामान्यझै बन्नेछ । बिडम्बना म फेरी पहिलेको टुटेकी छु ।

म किन टुटेँ कारण छ । बिनाकारण कोही टुट्छ र ? उसको नाम अंगत थियो । उ मेरो कान्छी काकीको साथिको भाई  । किनकिन काकीलाई लाग्यो उसको र मेरो जोडी जम्छ ।  काकीले आमालाई भन्नुभयो, आमाले बालाई । कालन्तरमा कुरो मसम्म पुग्यो । आमाले भन्नुभयो , “आफन्तनै हुन् सबै कुरो मिल्यो भने बिहेका लागि नाई नभनेस्, पढ्ने, जागिर खाने कुरा बिस्तारै गर्दा पनि हुन्छ” । त्यतिखेर म भर्खर एक्काइस बर्षको थिएँ । अरुको बिहे देख्दा रमाइलै पनि लाग्थ्यो  । आमालाई देखाउँन नसके पनि भित्रभित्र खुसी थिएँ । उ काकीको घरमा आयो, म पनि काकीको घरमा गएँ । एक छिन गफ गरेँझै गर्यो जब फक्र्यो बिहेको लागी हुन्छ भन्ने खबर आयो । घरमा खुसीयाली छायो । म भित्र अनौठो उल्लास र खुसी दुबै । मलाई लागेको थियो उ फर्केपछि मलाई फेसबुकमा रिक्वोस्ट पढाउनेछ, अरुको देखेझै म पनि उसँग बिहेअघि मजाले बोल्नेछु । तर त्यस्तो केही भएन । उसले न रिक्वोस्ट पठायो, न फोन गर्यो । रिक्वोस्ट मैले आफैले पठाए तर बोल्न सकिन ।

घरकाले जिस्क्याउँथे, बोल घुम भन्थेँ म पनि बोल्दैछु झै गर्थे । करिब एक हप्तापछि बिहे छिन्ने दिन फिक्स भयो । एक महिनापछि बिहे गर्ने टुङ्गो पनि लाग्यो । इन्गेजमेन्टको दिन पनि उसको र मेरो गफ हुदै  भएन । त्यसदिन पछि मलाई लाग्यो सम्बन्धहरु देखेझै नहुँदा रहेछन् । जीवनमा एकखाले सान्नाटा छाएको थियो । तर म कसैलाई भन्न सक्दैनथे । दाईलाई भनु कसरी भनु, आमालाई भनु कसरी भनु । मैले साथीहरुलाई पनि भन्न सकिन । 

बिस्तारै दिनहरु बित्दै थिएँ । बाआमाको लागि बिहेको लागि जोड्नुपर्ने र मिलाउनुपर्ने अनेक काम थिएँ । म कलेज जान्थेँ आउथेँ जीवन पहिलेझै थियो । तर पहिलेझै म खुसी थिइँन । एक दिन कलेजबाट फर्कदै गर्दा बाआमाको न्याउरो अनुहार देखे तर सोध्न सकिन । मलाई लाग्यो छोरीको बिहेको चिन्ताले होला । खाना खाएँ । कपडा धोएँ । तर बेलुकासम्म पनि उहाँहरुको अनुहार उस्तै थियो । दाई आयो खोई किन दाई पनि निराश देखिन्थ्यो । बेलुका दाईले मलाई बोलायो । दाईसँग मेरो खासै गफ हुँदैनथ्यो ।

म भित्र पसेँ उसले ठोका लगायोँ । “कल्प, तँलाई एउटा कुरा भन्नु थियो” उसले भन्यो । भन्नुन मैले भनेँ तर किनकिन मेरो मुटु बेस्सरी धड्किएको थियो । दाईले कामेको श्वरमा भन्यो , “त्यसले अर्कै केटी भगाएछ, बिहे नहुने भयो” । दाईले यति भनेपछि केही भन्न सकेन । 

  म कोठामा फर्के ......सबै देखेर रिस उठ्यो । त्यस रात किनकिन आमा पनि मसँगै सुत्न आउँनुभयो । तर आमाले मसँग केही भन्नुभएन । मलाई लागेको थियो त्यो सामान्य कुरा हो केही दिन पछि सबैले बिर्सनेछन् । तर त्यस्तो भएन जति समय बित्दै गयो मान्छेहरुले अझ सम्झाउँदै गएँ । 

धेरैले मेरो लागि प्रयोग गर्ने “बिचरा” शब्द देखेर मलाई असाध्दै रिस उठ्थ्यो । साँच्चैभन्दा आज पनि उठ्छ । घरमा बिहेको कुरा चलेपनि त्यहि कारणले धेरैले मलाई रिजेक्ट गर्थे । कहिलेकाही मलाई लाग्थ्यो ममा केही कमी पो छ कि । एक दिन आकाशको कुरा आयो । सबैले भने उमेरमा केही ठूलो भएपनि बिदेशमा बसेको केटो हो यसको जीन्दगी राम्रो हुन्छ । तर अघिल्लोपटक झै त्यो पटक बाआमा भने खुसी हुनुहुन्नथ्यो न म नै थिएँ । उ सबैका लागि राम्रो बन्यो । पहिलेझै त्यसपटक पनि मैले नाई भन्न सकिन । केही मिनेट बोलेपछि सबै फिक्स भयो । अरुले झै उसले मेरो टुटेको इनगेजमेन्टबारे सोधेन । मलाई लाग्यो उसले म भित्रका तमाम तित्ततालाई पखाल्नेछ । चाडैनै बिहेको कुरा टुङ्गियो । यदाकदा हुने फोन कलमा उ मलाई राम्रो मानिसझै लाग्थ्यो । सायद मान्छेलाई आफ्नोझै लागेपछि सब राम्रो नै लाग्छ । एक हप्ताभित्र बिहेपनि भयो । मलाई लाग्यो म पूर्ण भए । 

केही दिनमा उ क्यानडा फक्र्यो । उ सँगको बिछोड सजिलो थिएन । उसले मलाई चाडैनै बोलाउँने कुरा गर्यो । उ फर्केपछि मलाई लाग्यो यी भूगोलका दुरीहरु मात्र हुन् । प्रेमलाई दुरीहरुले केही प्रभाव पार्दैन । उ दिनको एकपटक भिडियो कलमा बोल्थ्यो । त्यो मेरो लागि सबैभन्दा सुन्दर समय थियो । तर बिस्तारै फोन कलहरु पातलिन थाल्यो । उसले मलाई उता लाने कुरा पनि कम गर्न थाल्यो । मलाई एदाकदा लाग्थ्यो सायद यही जिन्दगी हो । तर म त्यसैलाई यर्थाथ मानेर स्विकार्न तयार थिइन ।

यतिकैमा दुई बर्षहरु बिते न उ फक्यो न म गएँ । सम्बन्ध सम्बन्ध जस्तो मात्र रह्यो । समाजलाई साक्षी राखेर लोग्ने स्वास्नी बनेका हामी समाजका लागि मात्र लोग्ने स्वास्नी बन्यौ । करिब दुई बर्षपछि हजुरआमाको तेह्र दिनको कामलाई उ नेपाल फर्कयो तर न पहिलेझै मसँग बोल्यो न माया ममता नै देखायो । मलाई कहिलेकाही लाग्थ्यो म मक्किएको घर भैसकेकी छु कुन दिन ठल्छु थाहा छैन । तर त्यो पटक फर्किएको खोला झै उसले मलाई क्यानडा बोलाउँने कुरा गर्यो । उ हप्ता दिन पनि नबसी फक्र्यो ।  एक महिनापछि म उता जाने सबै बन्दोबस्त मिल्यो । बाआमा, सासुससुरा सबै खुसी हुनुभयो । 

    म क्यानडा पुगेँ, बषौसम्म उसँग सँगै बस्ने सपना पुरा भएको थियो । तर खै किन म उसको आँखामा मेरा लागि केही भेट्दैनथेँ । उ काममा जान्थ्यो कहिले फर्कन्थ्यो कहिले फर्कदैनथ्यो । हामी समाजका लागि लोग्ने स्वास्नी थियौ तर लोग्ने स्वास्नी जस्तो नभएको बर्षौ भै सकेको थियो । म भित्र अनेको आवेगहरु थिएँ जुन बर्षौ देखी अतृप्त थिएँ । कहिलेकाही लाग्थ्यो सबैतिर ठिकै देखिनेहरुको जीवनमा पनि आँधि र हुरी चलिरहेको हुन्छ । क्यानडा गएको करिब ६ महिना पछि एक दिन अचानक किचन टेबलमा उसले मेरा लागि लेखेको सानो नोट भेटेँ ......

प्रिय अर्धकल्प

थाहा छैन कहाँ बाट सुरु गरौ । भन्नको लागि धेरै कुरा छ तिमीलाई तर तिमीछेउ आएर म भन्न सक्दिन ।  मलाई तिम्रा आँखाहरु देखेर डर लाग्छ । तिमीसँग बिहे गर्नु एक जोक झै लाग्छ । थाहा छ .... तिमीले एक श्रीमतीले गर्नुपर्ने सबै धर्महरु निभाएकी छौ । सबैभन्दा धेरै मलाई त्यसैले पोल्छ । तिमीलाई मैले मननपराइकन बिहे गरेको पनि होइन । तर जब म यता फर्के ..... दुरीले मात्र तृप्त हुन सकिन । सायद म स्वार्थी भएँ । नगर्नुपर्ने धेरै चिज गरेँ । सायद त्यसैलाई प्रेम ठानेर अरु कसैको प्रेममा परेँ । यो शरीर पापी हुँदो रहेछ कल्प, तिम्रो मायाले मात्र मलाई बाध्न सकेन । यहाँ तिमीजस्तै मेरो अर्को पनि कोही छ, म उसलाई पनि त्याग्न सक्दिन तिमीलाई तर परको कुरा । तर यदायदा लाग्छ तिमीले कोही अरु भेटेको भए हुने । मलाई तिम्रो इमान्दारिताले अझ धेरै पोल्छ । थाहा छैन यो सुनेपछि तिमीले के कदम चाल्नेछेउ । मलाई आशा छ तिमीले आफ्नो खुसी रोज्नेछेउ । यो भन्दा अरु केही म लेखीरहन सक्दिन ।

तिम्रो खुसी चाहने

उही म

त्यो पढेपछि चुकिसकेकी म एकाएक फेरी नराम्ररी टुक्रिए । भनु कसलाई भनु भनु त्यो बिरानो मुलुक अझ बिरानो लाग्न थाल्यो । उ त्यो रात घर फर्केन । भोलिपल्ट फक्र्यो तर मलाई केही भन्न सकेन । मलाई किन किन लाग्यो अब उ मेरो लोग्ने होइन । मैले उसका अगाडी चाहेर पनि आँसु झारीन किनकिन लाग्यो त्यो आँशुलाई पनि गरेको अपमान हो । मैले उसलाई केही नभनी भने मलाई नेपाल फर्कने टिकट काटिदेउ । उसले भन्यो, “ केही समय बस तर आफ्नो खुसी रोज । म तिमी खुसी भएको देख्न चाहन्छु ।” उसले त्यो भनेपछि मैले आफ्ना आशुहरु रोक्न सकिन । छ महिनापछि सबै मिलाएर नेपाल फर्के । 

करिब एक बर्षपछि उसको र मेरो सम्बान्ध टुङ्ग्याएर आएकी छु । जताततै सुनसान निशब्दता मात्र भेट्दैछु । यो निशब्दताको सायद यी शब्दहरुले पुरै बोल्दैन । सायद यो सान्नाटा म भित्र सधै रहनेछ । वा समयसँगै  बिर्सनेछु । मलाई किनकिन बिर्सने मन छ ।

Saturday, August 19, 2023

नग्नता

 

निर्जला अधिकारी

ओछ्यानमा नाङ्गो पल्टिएको छु । जीउँका कपडाहरु लथालिङ्ग कोठाभरी छरीएका छन् । एकछिनअघि आगोझै तातेको शरीर सेलाएर चिसो भएको छ । शरीर शिथिल भएको छ र मन पनि । एक खाले ग्लानी मनभरी फैलीएको छ । तृप्त भएर पनि नभएझै आँखाभरी अनौठो सान्नाटाँ छाएको छ । 

उ गैसकेकी छ । शरीरमा अब रोमाञ्चकता बाकी छैन । छ त केवल  एक गाल्नी । शरीर नाङ्गो छ । नग्नता कुरुप हो वा सुन्दर मलाई थाहा छैन । तर किनकिन आफैलाई नियाल्दा आफै तर्सिदैछु । लाग्दैछ आजबाट म जो थिएँ त्यो रहिन । हिजोसम्म जसलाई म खराब ठान्थेँ आज म त्यहि खराब मानिस भएको छु ।

भोली आइतबार हो...... बिहानै उठेर गर्नुपर्ने कामको अर्को चाङ छ । र पनि आफैले आफैलाई सम्झाउँन सकेको छैन । कसरी केही मिनेटको सुखको लागि म आफ्ना पुराना सिद्वान्तहरुलाई एकाएक त्यागिदिन सक्छु । के सबै मानिसले शरीरको सुखको लागि सिद्वान्तको बोरा ओड्दैनन् । वा म त्यहि मानिसको जमात हँु जसको सिद्वान्त बन्द कोठाभित्र पस्ने बित्तिकै एकाएक मलिन हुन्छ ।

मैले कहिल्यै सोचेको थिइन, मैले पहिलोपटक कसैले चुम्ने काम शरीरको लागि मात्र गर्नेछु । हिजोसम्म मेरा लागि प्रेमको कसि पहिलो  र शरीरको  सुख दोस्रो थियो । तर आज दोस्रो नै पहिलो भैदिएको छ । कसरी म बिना प्रेम, कसैको नगन्नतामा रमाउँन सक्छु वा कसैका अगाडि नाङ्गो भैदिन सक्छु ? मैले बाचेका २७ बर्षहरुमा त म यस्तो थिइन । यतिका बर्ष नबलेको प्यासको लागो एकाएक अहिले बलेको छ म भित्र । किन बल्दैछ ? किन चाहेर पनि म सम्यम बन्न सकेको छैन ?

उ गैसकेकी छ । थाहा छैन उ मसँगको सामिप्यतामा कसरी सन्तुष्ट हुन्छे । वा म कसरी सन्तुष्ट बनाउँछु । भन्दा पनि अनौठो लाग्छ, उ कसैकी श्रीमती हो । उ अरु कसैलाई माया गर्छे । तर शरीरको सुखको लागि मेरो साथ रोज्छे । थाहा छैन, उसले ममा के देखी, काममा भेटेको केही दिनमै, शारीरीक सम्बन्धको लागि प्रस्ताव राखी । मेरो लागि त्यो अनौठो र रोमाञ्चक दुबै थियो । यसअघि मलाई कुनै छोरी मान्छेले यसरी प्रस्ताव गरेको थिएन । मैले उसको प्रस्तावलाई नर्कान सकिन । सायद म भित्र लुकेको त्यो आगोलाई म पनि बुजाउँन चाहन्थेँ । 

सम्बन्धको नाउँमा हामी बिच अरु कुनै सम्बन्ध छैन । दिनभरीका कामलाई समेटेर केही घण्टाका लागि हामी भेट्छौ । एकअर्कालाई अगाल्छौ, लुटपुटिछौ,  चुम्छौ र केही नभएझै आ–आफ्नो बाटो लाग्छौ । कहिलेकाही बाटोमा भेटेर पनि नभेटेझै गर्छौ । र एकान्तमा यसरी एकअर्काभित्र समाहित हुन्छौ लाग्छ हामी बर्षौ पछि भेटिएका प्रेमीहरु हौ । ऊ सधै भन्छे, “तिमीले मलाई त्यस्तो सुख दिएका छौ जुन मलाई मेरो लाग्नेले कहिल्यै दिन सकेन । म उसलाई प्रेम गर्छु तर उबाट सन्तुष्ट हुन सक्दिन । म प्रेमको मात्र होइन शरीरको पनि भोकी रहिछु ।” मलाई लाग्छ प्रेमले दिन नसकेको कुरा शरीरले मात्र कसरी दिन सक्छ । तर म यो उसलाई भन्न सक्दिन ।

यतिका बर्ष मलाई लागेको थियो यौन भन्दा प्रेम शक्तिशाली हुन्छ । तर पहिलोपटक मलाई लाग्दैछ यौनको अगाडी प्रेम केही हुँदै होइन । हामीले जे देखाउँछौ त्यो हुँदै होइनौ । हामी सबै भित्रैभित्र खोक्रा छौ । आदर्शको खोल त समाजको लागि मात्र हो । भित्रभित्र हामी सबै त्यहि कम्पनको खोजीमा छौ जसले एकअर्कालाई पूर्ण बनाएझै लाग्छ । हामी प्रेमको लागि होइन प्यासको लागि तड्पदा रहेछौ । 

उ हरेक दिन थाहा छैन ठिक सुन्नुअघि  मलाई आफ्नो नग्न तस्विर पठाउँछे । त्यो तस्विर पाएपछि म यसरी उसको शरीरसँग खेल्न तड्पिन्छु लाग्छ म पहिलोपटक कुनै नग्न छोरीमान्छेको तस्विर हेर्दैछु । हामी कुनै भावनात्मक सम्बन्धमा छैनौ । वा छौ की । मलाई आफै देखेर अनौठो लाग्छ । आफ्नै सम्बन्ध देखेर अनौठो लाग्छ । आफैभित्रको बिरोधाभाष देखेर अनौठो लाग्छ । कहिलेकाही आफैँले आफैलाई देखेर निस्सासिन्छु ।

आजकाल कहिलेकाही आफ्नै नाम देख्दा पनि तर्सिन्छु । नाम आदर्श भएपनि मैले मेरो नामको आदर्शलाई जोगाउँन सकेको छैन  । आदर्श को यो बोझ म कसरी बोकेर हिडौ । ...................... 

उसलाई म नाई भन्न सक्दिन । म भित्रको प्यासले हरेक पल उस्लाई खोज्छ । हरेक दिन म उस्लाई चुम्छु । हरेक दिन उ मलाई चुम्छे । हामी दुबैले आ–आफ्ना प्यासको आगोलाई बुजाउँछौ । तर हरेक रात जब म एक्लो हुन्छु त्यति बुझाएको आगोले आफै दन्किन्छु । लाग्छ म भित्र प्याँसको राफमात्र बाकी छ ।

उ मसँग सरम नमानि नाङ्गी भैदिन्छे । मैले एकपटक उसलाई सोधेको थिएँ, “ के तिमी तिम्रो प्रेमी, अहिलेको लोग्नेको अगागि पनि यसरी नै नाङ्गिएकी थियौ ?” उसले मलाई भनेकी थिई, “ प्रेममा लज्जा हुन्छ प्यासमा प्यास मात्र हुन्छ । प्यासले त हामीलाई निलज्ज बनाउँछ । तिमी यस्तो कुरा बुझ्दैनौ” । त्यो समय मैले उसलाई यो कुरा बुझ्छु भन्न पनि सकिन । तर हरेक पटक मैले उसलाई कपडामा देख्दा पनि नाङ्गो देख्छु । सायद उसले पनि मलाई नाङ्गो नै देख्छे । सायद हामीले एकअर्कालाई प्यासको आँखाले मात्र हेर्छौ ।  र एकअकासँग नाङ्गो मात्र भैदिन सक्छौ ।

मैले बिताएका २७ बर्षहरुमा मेरो शरीरसँग मज्जाले खेल्ने नाङ्गो छोरीमान्छेको कल्पना गरेको थिइन । मैले त कल्पनामा पनि प्रेम सहितका अर्धनग्न छोरीमान्छेको मात्र कल्पना गर्थे । पहिलोपटक उ मछेउ नाङ्गो भएर आएको दिन  म लाज र रोमाञ्चकता दुबैले रातो भएको थिएँ । सायद बर्षौ संगालेको प्यासको आगो हामीसँग थियो जसमा उ र म दुबै जल्यौ । 

हरेक दिन उ मलाई तिर्खालाई मेट्ने पाठहरु पठाउँछे । मलाई कहिलेकाही  लाग्छ उ मेरो शारीरीक सम्बन्ध राख्ने पार्टनर कम शिक्षिका बढी हो । उसका पाठले अझ म उद्देलित हुन्छु । सायद उ मलाई त्यसरीनै सुखको लागि हर क्षण तयार भएको देख्न चाहन्छे । वा उ मलाई असल विधार्थी भएर उसका पाठहरुलाई अपनाएको देख्न चाहन्छे । जे पनि हुनसक्छ । तर जब उ हुदिन एकान्तमा यी सबै कुराहरुले पोल्छ । अनौठो तरिकाले पोल्छ । समाजको आँखाले जब आफैले आफैलाई हेर्छु अनौठो लज्जाबोध हुन्छ ।

मैले ज–जसलाई मन पराएँ उनीहरुलाई यौनको आँखाले कमै हेरे । उनीहरु मेरा लागि आकर्षक त थिए तर त्यसमा शारिरिक सुख मात्र जोडिएको थिएन । उनीहरु भावनाले भरिएका अर्का सग्ला मानिस थिए । तर अहिले जोसँग शारिरिक रुपमा नजिक भाछु उ मेरो लागि कपडा पसलमा देखिने डमि जस्तै हो ।  यति हो उसको शरिरले मलाई तान्छ । जब म शारिरिक सुखको उत्कर्षमा पुग्छु तब  उ मेरा लागि कुनै अपरिचित मानिस भैदिन्छे । म उसको शरीरलाई चिन्छु तर उसलाई चिन्दिन । हामी सँगै अनेक अनेक गर्छु । र पनि उ मेरो सपनामा आउँने राजकुमारी होइन । उ त बस् तिर्खाएको बेलामा भेटिने पानीको मूल जस्तै हो ।

एक दिन उस्ले मलाई सोधेकी थिई , “के तिमी म जस्र्तै अर्कि स्वास्नी मानिसलाई प्रेम गर्न सक्छौ ?” त्यो  प्रश्न सजिलो थिएन  । दुबै नाड्गो भएको बेलामा मैले उसलाई गर्न सक्दिन भन्न पनि सकिन । तर यर्थाथ त्यहि हो । म उसलाई चुम्न सक्छु, उसँग लुटपुटिन सक्छु, उसका हरेक अंगलाई खेलाउँन सक्छु तर प्रेम गर्न सक्दिन । सायद उसले मेरो मौनतालाई स्विकार्योति बुझीँ । तर म भित्र बिरोधाभाषको अग्लो पर्खाल छ । जसले अझै पनि भन्छ उ प्रेमको लागि होइन शरीरको लागि मात्र हो ।

सम्बन्धलाई अधि बढाउँन न उसलाई सजिलो छ न मलाई । हामी दुबै समाजलाई छलेर एक अर्कालाई भेट्ने गर्छौ । तर एकान्तमा आफैँलाई छल्न सक्दैनौ । थाहा छैन, उ कसरी आफ्नो श्रीमान अघि केही नभएझै फेरी अर्कोपटक नाङ्गो उभिन्छे । थाहा छैन कुनै दिन आफ्नै विगतलाई कोट्याउन परे म कसरी कोट्टयाउनेछु । तर अहिलेलाई मात्र मूल्याङ्कन गर्दा हामी दुबै एक अनौठो सम्बन्धको झिल्कामा मस्त छौ । थाहा छैन कुन बतासले यो सब तहसनहस पार्नेछ  । वा हामी दुवै त्यहि झिल्कासँगै जल्नेछौ ।

विगत  दुई दिनदेखी हामीले एकअर्कालाई भेटेका छैर्नाै । मलाई लाग्दैछ उ कुन बाध्यतामा अल्झिएकी छ । फोन अफ छ, सोसल मिडिया डियाक्टीभ छन् । म चाहेर पनि उ बारे बेखबर छु । एक्कासी कुनै अज्ञात खाताबाट इन्स्टामा म्यासेज आउँछ,

प्रिय सिद्वार्थ

आज पहिलोपटक तिमीलाई प्रिय भनेर सम्बोधन गर्दैछु सायद अन्तिमपटक पनि । तिमीसँग बेखबर भएर पर हुन मन थियो तर त्यो गर्न सकिन । जीवनको जुन मोडमा तिमी भेटियौ त्यो सायद हामी दुबैको लागि सहि समय थियो । सायद समयभन्दा सही अरु कोही हुन सक्दैन । आफ्नो लोग्नेबाट कहिल्यै सन्तुष्ट हुन नसकेकी म पहिलो पटक तिम्रो सामिप्यताले पूर्ण भएझै महसुस गरेँ । मैले आफैँभित्रको शान्ति र सन्तुष्टी तिमीबाटै पाएँ । त्यो मेरोृ लागि सदा अविस्मरणीय बन्नेछ । तर जीवनको यो मोडमा अब तिमीसँग भेटिरहनु तिमी र म दुबैका लागि खराव नियति बन्न सक्नेछ । तिमीसँग भेटेको अन्तिम दिननै मैले जागिरबाट पनि राजिनामा दिईसकेकी छु । अबको दुई दिनपछि म कतै पर अर्कै भूगोलमा हुनेछु । आफ्नै शरीरले आफैलाई भेट्नको लागि पनि कोही कसैको सामिप्यता चाहिने रहेछ त्यो तिमीले दियौ जुन मेरा लागि सम्झनलायक कुरा बन्नेछ । आशा छ  तिमीले सजिलै मलाई बिर्सनेछौ । र कोही तिमीलाई पूर्ण रुपमा माया गर्ने अर्को मानिस चाडै भेट्नेछौ ।

उहि अदिति

उसको म्यासेजले मलाई एक हिसाबले शान्ति दिएको छ तर अर्को हिसाबले बेचैन पनि बनाएको छ । उ मसँग नरहनुलाई सामान्य मान्न सक्दिन तर रहिरहनुमा पनि खुल्ला हुन सक्दिन । अब उ मसँग सदाझै नाङ्गो भएर आउनेछैन । सायद उजस्तै अरु कोहीसँग फेरी म त्यसरीनै नजिक हुन सक्नेछैन ।  उ जसरी मेरो जीवनमा आई त्यसलाई असल र खराब दुबै मान्न म सक्दिन । हामी दुबै भोकाएका थियौ बस् हामी बिचको शारीरीक सामिप्यताले त्यो भोकलाई शान्त पार्यो । यदि समाजले देख्यो भने त्यो नैतिकताको खराब बिन्दु बन्नेछ । हामी बिचको नग्नतालाई अबैध ठह्याउँनेछ । र हामीलाई चारित्रिकताको अर्को प्रमाणपत्र दिनेछ । तर के समाज हामीले सोचेझै सपाट नग्नताले मात्र अडिएको होला ? वा के हामीले सोचेका सम्बन्धहरुमा सन्तुष्टिका सार्वभौम परिधिहरु मात्र होलान् । वा हामी सबै कुनै पर्दाभित्र नग्न छौ तर समाजले खोजेझै पर्दाबाहिर नैतिकताको अर्को कठोर धरातलमा आफैलाई सपाट मात्र देखाउँदैछौ । म लेख्छु........................

प्रिय अदिती,

सबैसबैका लागि धन्यबाद । तिमीसँग कृतज्ञ हुनुपर्ने धेरै कुराहरु छन् तथापी तिमी जसरी मबाट पर जाँदैछौ त्यसमा कुनै गुनासो छैन । मलाई लाग्छ, तिमी म भन्दा धेरै राम्रो मान्छे हौ । तिमीले जे रोज्यौ  त्यो तिम्रो भागको खुसी थियो । मलाई लाग्छ तिम्रो भागको खुसी कसैले नखोसोस् । जाँदैगर्दा यही भन्न चाहन्छु म तिमीले सोचेझै राम्रो मानिस होइन । मलाई लाग्दैन म तिमीजस्तै अर्को छोरीमान्छेलाई प्रेम गर्नसक्नेछु.......................................................................................................................................

Saturday, August 12, 2023

किताबको यात्रा


किताब नभएको भए के हुन्थ्यो ? यो प्रश्न मलाई अहिलेसम्म कसैले सोधेको छैन । तर आफैँले आफैलाई कयौ पटक सोधेकी छु । उत्तर सजिलो छ म आज जे छु त्यो हुँदैनथेँ  । सायद कसैसँग गफ गर्ने कुराहरु रहदैनथेँ । अथवा मैले आफैँले बुझ्नको लागी सायद थोरै केही साघुरा बाटाहरु मात्र बच्थेँ होलान् ।

मलाई पुस्तकको संसार सदा फराकिलो मूलबाटो लाग्छ । मैले पैसाका लागि, नामका लागि, पदका लागि कहिल्यै पढिन । मलाई यो भनीरहँदा कुनै गुनासो छैन । मेरा लागि पुस्तक आधुनिक भाषामा भन्दा साधन साध्य केही पनि होइन ।  र पनि  सबैचिज हो । 

कयौ बर्षहरु आफैँले आफैँलाई झिनो ठानेर बिताएँ । कहिल्यै लागेन आफूझै अरु कोही पनि छ । एक एक्लो बालकको लागि पुस्तक रमाइलो साथि हो । मैले आज पनि पुस्तकलाई साथीको रुपमा बुझ्ने गर्छु । ममि भन्नुहुन्थ्यो यो नदिझै हो यसले तिमीलाई पर लग्नेछ । ममिका शब्दहरु अनौठा लाग्थे । बुझ्दैनथेँ तर बुझ्थेँ पनि । मलाई आज पनि लाग्छ कि म नदीलाई बुझ्छु कि अक्षरहरुलाई । मेरा लागि नदी र अक्षर दुबै एकै हुन् । मलाई लाग्छ मैले देखेका सपनाका अग्ला र सग्ला स्वरुपहरु यी दुई मात्र हुन् ।

मलाई कहिलेकाही अक्षरहरु आफैँझै लाग्छन् खिरिला साना तर उनीहरुको ओजिलो उपस्थितिले मलाई आफ्नो उपस्थितिको पनि अनुभूती हुन्छ । लाग्छ सानो र खिरीलो हुनु उपस्थिीति बिहिन हुनु होइन । सायद त्यसैले मान्छेहरुले मेरो लेख्य स्वरुपमा बुझे भने खुसी पनि लाग्छ ।

साँच्चै भन्दा मलाई भाषाको लेख्य स्वरुप असाध्दै प्रिय लाग्छ । सम्भव हुँदो हो त म सबैसँग लेखेरै संवाद गर्थे । आज पनि मलाई फोनमा बोलेर केही भन्नु भन्दा लामा इमेलमा आफ्ना कुराहरु भन्न सजिलो लाग्छ । बिना संकोच लामालामा चिठिझै लाग्ने इमेलहरु लेख्छु । 

मेरो आमाको लागि पढाई यात्रा थियो सायद आफूले पुरा गर्न नसकेको एक अपुरो यात्रा । उहाँलाई सधै लाग्छ मैले त्यो पुरा गरुँ । यदाकदा लाग्म मैले गरेको यात्रामा मेरा आमाका पदचापहरु छन् । 

आज पनि म लेख्नेहरुसँग खुलेर बोल्न सक्दिन । कयौ पटक आफूलाई मनपर्ने लेखकसँग नजिकै पर्दा नबोली हिडेकी छु । मलाई मान्छे बुझ्नको लागि उहीसँग बोल्नुपर्छ भन्ने लाग्दैन । साँच्चैभन्दा मलाई लेखकहरुलाई भन्दा  उनीहरुका पात्रहरु प्रेमील लाग्छ । मेरो लागि पारीजात भन्दा सकमबरी, सान्द्रा सिस्जेरोज भन्दा इस्परेन्जा, हेमिङवे भन्दा लिटल बोइ, ओसन ओङ भन्दा लिटल डग अझ धेरै प्रिय छन् । म पात्रहरुलाई पात्रमात्र ठानेर छोड्न सक्दिन । मलाई कहिलेकाही लाग्छ म स्परेन्जा नै हुँ मलाई पनि उसलाई झै आफ्ना वरीपरीकाको कथा भन्नु छ । मलाई पनि उसलाई झै आफ्ना किताब र कापीहरु बोकेर कही पर पुग्नुछ  र फेरी फर्कनु छ । मलाई पनि आफ्नो सानो घर आफैँ बनाउनु छ । मलाई कहिलेकाही सान्द्रा देखर रिस पनि उठ्छ किन उसले परको भूगोलबाट मैझै लाग्ने अर्को मानिसबारे लेखीँ । कहिलेकाही लाग्छ उसले नलेखेको भए सायद मैले लेख्ने थिएँ ।

यो खिरिलो लाग्ने झिनो मानिसले देख्दा झिनो र खिरिलो देखिएपनि संसार हल्लाउँने शब्दको यात्राबारे गरेको एक ब्यक्तिगत अबलोकन हो । मलाई सदा लाग्छ पुस्तकको यात्रा मेरो आफ्नो यात्रा हो । मलाई यसको बास्ना स्वरुप र बनोट सबैको उपस्थिितिले संसार अझै उज्यालो भएझै लाग्छ । शब्दहरुले अस्तित्वको नाजुकतालाई बोल्छन् । यो भूगोलभन्दा पर मान्छेलाई मान्छेकै स्वरुपमा लिइदिने अभिब्यक्तिको एक सुन्दर स्वरुप हो । आफूलाई कयौ पटक भाग्यमानी र कृतज्ञ ठान्छु मैले बाचेको संसारमा पुस्तकको उपस्थििती गहिरो र रोचक छ । 

Saturday, August 5, 2023

गनथनः श्रीङ्खला १

 

आफैँसँग बेखुस भएर शहरका गल्लिहरुमा भौतारिँदैछु । थाहा छैन के पाउँनु छ के गुमाउनु छ । थाहा छैन यी बेखुसीका श्रीङ्खलाहरु कहिलेसम्म चल्नेछन् । उही सडक, उही क्याफे, उही मानिसहरु, उही चियाका कपहरु । यस्तो लाग्दैछ  म पुनराबृत्तिका जिउँदैछु । कुनै दिन कसैले भनेको थियो जीवन भनेको  दोहोरीनुनै  हो । थाहा छैन उ कहाँ केमा दोहोरीरहेको छ । तर म दोहोरीन चाहन्न । मलाई पुनराबृत्तिले पोल्छ । 

किनकिन यो भिडमा आफैलाई खोज्दैछु । लाग्दैछ म भिडनै हुँ । भिडसँग झै मसँग पनि कोलाहल छ । तर चिच्याउँन सक्दिन । यो कोलाहलमा आफैँलाई खोज्नु आफ्नै अस्तित्वको कोलाहललाई सम्बोधन गर्नु नै रहेछ ।

भिडमा आफैँलाई खोज्नु ठिक हो वा होइन मलाई थाहा छैन । म त नदि किनारकी केटी हुँ । म त बग्न चाहन्थेँ । मलाई डुब्न र तैरिन दुबै आउँछ झै लाग्थ्यो । म त्यो केटी थिएँ जसलाई आफ्नो मानक आफैँ बनाउनु थियो । म आफ्नो यात्राको मालिक आफैँ बन्न चाहन्थेँ । तर किनकिन आज नदी किनाराझै महसुस हुँदैछ । म चाहन्न म डोबहरुझै एकनासको छालहरुसँग मात्र लडुँ ।

दिनहरु कति छिटै बित्छन् है ? आफैलाई सम्बोधन गर्दागर्दा  कयौ बर्षहरु बितेछन् । कहिलेकाही लाग्छ मसँग आफ्नै लागी पनि केही भ्रमहरु मात्र बाकी छन् ।

कहिलेकाही एकान्तले असाध्दै पोल्छ तर सधै होइन । हिजो नै जस्तो लाग्छ आफूजस्तै कोही अर्को भेटेकी थिएँ । कहिलेकाही लाग्छ त्यो दुरदुरको सत्संग थियो । यदाकदा  दुरीहरुले असाध्दै पोल्छ । लाग्छ हामी कहिल्यै भेटिनेछैनौ । म यी दुरीहरुलाई नाध्न सक्दिन । 

एक भुगोलमा उ छ अर्को भुगोलमा म छु । सोचेकी थिएँ दुरीहरु क्षणिक हुन् । तर आजकल यस्ता सपनाहरु देख्न छोडेकी छु । पर आकाशमा एक्लै बत्तिएझै लाग्छ । कहिलेकाही बिना पखेटाको पन्छिझै महसुस गर्छु । दुरीहरुले मतलब त राख्छ तर नियती ठान्छु । म चाहेर पनि नियतीलाई बदल्न सक्दिन । हुनसक्छ हामी सबै यस्तै नियतीहरुले बाधिएका छौ । 

कोही एउटा अर्को फिरंगीझै देखिने  अर्को टेबलमा बसेको छ । थाहा छैन उ केको खोजीमा छ । भाषाले मानिसलाई यति धेरै बाध्दो रहेछ पहिलोपटक महसुस हुँदैछ । उ केही भन्न चाहन्छ तर भन्न सकिरहेको छैन । उसलाई देखेर माया लाग्दैछ ।  यस्तो लाग्दैछ मनै उसलाई बोलाइदिउँ । आफ्नो टुटेफुटेको अंग्रेजीको उपयोग गरुँ । उ नजिकैका अर्का दुई स्कुले नानीहरुसँग बोल्न खोज्दैछ । नानीहरु उत्तर फर्काउन सकिरहेका छैनन् । अरु टेबलका मानिसहरु पनि उसैलाई हेर्दैछन् । उ सोध्दैन, “तिमीहरुको पनि सपनाको देश अमेरीका होला है, उनीहरु खुसीसाथ हो भन्दैछन् ।

कस्तो अनौठो बिष्मयमा हामी बाचिरहेका छौ । अरु कसैले आफ्नो सपना सोध्दा कुनै अमूक भुगोलको नाम लिन्छौ । यी अनौठा सपनाहरु हुन् । मानिसहरु सपनाका दासी हुन् । मलाई कहिलेकाही हाम्रा सपनाका परिधिहरु देखेर माया लाग्छ । हामी त सपनामा पनि गरिब छौ झै लाग्छ ।  किन हामीसँग पैसाका सपनाहरु मात्र छन् । आफैलाई परपर लग्न सक्ने उन्मूक्तिका सपनाहरु छैनन् ? कसैले सपनाको कुरा गर्दा हामी कुनै अमूक मुलुकको नाम लिन्छौ । आउने जानेको लामो लर्को छ सडकमा । यस्तो लाग्दैछ  म त्यही बिष्मयको साक्षी बनेकी छु ।

सबैभन्दा कठोर भिडमा आफूलाई खोज्नु रहेछ ।  भिडले कथाका कोलाहललाई सँकेत गर्छ । कहिलेकाही लाग्छ यो भिड मेरो कथाको साक्षी भएको छ । आफ्नै कथालाई आउटसाइडर भएर चिहाउँन सजिलो हुँदो रहेनछ । त्यो अप्ठ्यारोपनको महसुस भएको छ । तर म अप्ठ्यारोपनलाई त्याग्न सक्दिन । सायद यो मेरो रोजाइ हो ।

यी शब्दहरुका भिडमा मान्छेहरुको भिडको कथा पनि मिस्सिएको छ । न यो सुरुवात हो न अन्त्य । मान्छेहरुको ध्यान अब त्यो गोरो छाला भएको अंग्रजी बोल्ने कुनै अमूक मुलुकको मानिसबाट म तिर सरेको छ । आज पनि एक्लै एक्लै क्याफेमा बसेर डायरीमा कलम चलाउँने छोरीमान्छेलाई देखेर भिड अचम्म मान्दो रहेछ । मान्छेहरु अचम्मित नजरले मलाई हेर्दैछन् । सायद अब मैले अन्त्य गर्नुपर्छ । उनीहरुलाई थाहा छैन मैले उनीहरुकै कथा लेख्दैछु । सायद मैले लेख्ने नियतीको कथा यहि हो । सायद यी गल्लिका कथाहरुले कहि कतै मैलाई गिज्याइरहेछन् ।

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...