Saturday, November 17, 2018

संझना

कुनै दिन भनेका थियौ 
बिर्सिदेउ मलाई
र म बिर्सिने निउमा सम्झिरहेछु 
आज सपना देख्ने आखामा 
बिर्सिने सपना बोकेर 
यो सहरको कुनै अध्यारो कोठामा 
म पानाहरु भरिरहेछु 
र लेखिरहेछु   कहिल्यै नमेटिने अक्षरहरु 
सायद बिर्सिदिने अक्षरहरु अजम्बरी हुन्छन्
 बनिदिन्छन्  सधैँसधैँका लागी अमर 
लागिरहेछ 
र लागिरहनेछ 
बिर्सिने मष्तिस्क 
र सम्झने हृदय 
किन समानान्तर रेखाजसरी 
गहिरहन्छन् परपर.........
कहिल्यै नभेटिनेगरी। 









Tuesday, November 13, 2018

लेटर टु नगरकोटी

प्रिय लेखक,
             
     म तपाईलाई प्रिय नगरकोटी  पनि भन्न सक्थें तर किन किन प्रिय लेखक नै भन्न मन लाग्यो । सायद हाम्रो  सम्बन्ध शब्दहरुले गा“सेको सम्बन्ध हो । त्यसैले नगरकोटीभन्दा लेखकनै प्रिय लाग्यो । सात आठ वर्षअघि कोशेलीमा तपाईका लेखहरु पढ्दा तपाईको लेखनशैली  अद्भूत  लाग्थ्यो त्यसैले पढ्थें । पटकपटक पढ्थें र पटकपटक पट्याएर राख्थें । मेरो किशोर मष्तिस्कले तपाईको परसनालिटि कस्तो होला भन्ने सोचिरहन्थ्यो अझै सोचिरहन्छ । तपाईको लेखहरु पढ्नुको अर्को कारण चैं तपाईको लेखनमा पारिजात र सकमबरी दुबै आउथें र दुवै मेरा प्रिय थिए त्यसैले पढ्थें ।  सुरुवाती चरणमा तपाईलाई पढ्नुको कारण पनि त्यहि थियो ।

अक्षरगञ्ज पढ्दा मलाई खासै नौलो फिल भएन कारण तपाईको क्याजुअल लेखहरुको रिभिजिट थियो त्यो । मोक्षान्त फिभर अझै पढेको छैन । पढेको छैन भन्दा अनौठो लाग्ला तर फोसिल र मिस्टिका अक्षरअक्षर पढेको छु, पटकपटक पढेको छु । किनकिन मलाई तपाईका महिला पात्रहरु सारै मनपरे सायद सकमबरीजती नै । मलाई अद्भूत पल्ट र बिषयबस्तुभन्दा अद्भूत पात्रहरुले बढि छुने गर्छ । मिस्टिका मनपर्नुको कारण पनि त्यहि थियो साथमा शैली र योगमाया मनपर्नुको कारण पनि त्यही हो ।

पढ्नु पनि एकमानेमा आफैलाई खोज्नु रहेछ । यो मेरो ब्यक्तिगत धारणा र बुझाइ हो सबैजना सहमत नहुन सक्नुहुन्छ । मैलेपनि यदाकदा आफैंलाई खोजेछु पात्रहरु मार्फत । मिस्टिका पात्रको रुपमा बिश्लेषण गर्दा मलाई सारै मिस्टेरियस लाग्यो, केही सरल तर सारै जटिल । उपन्यासमा ऊ भन्छे, “ म पिङ्क मनपराउने अल्लारे बतासे टाइपको पिङ्की वुमन होइन । पिङ्क कलरको लिपिस्टिक मलाई कहिल्यै मनपरेन । मेरो ओठ र गालाको रंग पनि पिङ्क छैन ।” यसोभनिरहदा नै म उसको अफबिट ब्यक्तित्वबाट प्रभावित हुन्छु । उसको पिङ्क प्रतिको बितृष्णा म अरुजस्तो पिङ्क मनपराउने स्वास्नीमान्छे होइन भन्नु म अरुभन्दा फरक छु भन्नु थियो । र उसको भिन्नताले आकर्षित गरिरह्यो । पात्रहरुको भिडमा उ भिन्न लागि सकमबरीजस्तै । त्यसैले शिद्घान्तको खोल ओडेर मिस्टिका पढिन त्यसले मिस्टिका मलाई मनपर्यो । ऊ फरक छे त्यसैले सुन्दर छे । सुन्दरको अर्थ अरु नलागोस् ।

फोसिलको ‘श्लोक’ टाइटलको कथामा श्लोक भन्छ, “शैलीका निम्ति कस्तो खालको उपहार ठिक हुन्थयो? म अन्योलमा थिएँ । त्यो साँझ काठमान्डुका कस्मेटिक पसलहरु चाहारेँ । तर शैली कस्मेटिक स्त्री होइन भन्नेकुरा सम्झिल्याउँदा उदेक लाग्थ्यो ।” श्लोकले ब्याख्या गरेकी शैली पनि मलाई सारै मनपर्छ । शैलीमा पनि कहिकतै आफूपाएँ त्यसैले मनपर्छ ।

        पात्रहरु फगत  पात्रहरु मात्र होइनन् । एकमानेमा सिङ्गो भुगोल हुन्, दृश्ठिकोण र विचार बोकेर हिड्ने विचारक पनि हुन् । त्यसैले कहिलेकाही जीवनका पात्रहरुभन्दा फिक्सनका पात्रहरु मनपर्ने गर्छन । त्यसैले तपाईलाई प्रिय लेखक भनिरहँदा तपाईलाई भन्दा बढि तपाईका पात्रहरु  मिस्टिका, शैली र योगमायालाई सम्झिरहेकी छु । उनीहरुलाई मेरो सम्झना सुनाइदिनु साथमा असिम प्रेम ।


    उहि निर्जला

विल यु म्यारी मि

       एकाएक चिनेर पनि अपरिचित जसरी मैले आफ्नै बाटो रोजेकी थिऍ  । सजिलो थिएन एकाएक सधैँ  लागेको यर्थाथलाई भ्रम रहेछ भनेर बुझ्न  । दुईचार हप्तासम्म म डिस्टर्ब थिऍ  किनकिन संसार अनौठो लाग्यो । मसंग  सोध्नको लागि उस्लाई  प्रश्नहरु त धेरै थिए तर किनकिन सोधिन । लाग्यो अब प्रस्ट हुनको लागी केही बाकी छैन । आज किनकिन उस्लाई देख्दा म फेरी त्यही दिनमा पुगे“ जुनदिन “विल यु म्यारी मि?” को जबाफ “आइ क्यान नेभर कर्स आवर र्टिउ फेर्नसिप“ पाएको थिऍ ।
         हामी साथी त थियौं तर मेरो भ्रम के थियो भने मलाई लाग्थ्यो हाम्रो सम्बन्ध मात्र साथी भन्दा धेरै गहिरो  छ । कहिलेकाही लाग्छ म एकदुई होईन लगभग पाँच वर्षसम्म कसरी भ्रममा बाचेहुला । सायद म बढी नै भ्रममा बाच्ने मान्छे थिऍ  । अहिले सोच्दा आफैं देखेर हाँसो  उठ्छ । जुन दिन मैले उस्लाई मसँग  बिहे गर्छौ ? भनेर सोधेको थिऍ “ त्यो दिन सम्झदा आज पनि म जिरिंग ¨ हुन्छु धेरै समयपछि पनि । आज मैले उस्लाई हेर्ने दृश्ठिकोण, समय, परिवेश सबै परिर्वतन भएको छ तर कहिलेकाही लाग्छ केहि परिर्वतन भएकै छैन । लाग्छ आज पनि म त्यही भ्रममा बाचिरहेको छु जसरी मैले पाँच बर्ष बिताए“ ।
         बिहेको प्रस्ताव राखेको दिन म उस्लाई “ I love you ” पनि भन्न सक्थें तर किन किन भन्न मन लागेन । प्रेम त आज पनि गर्छु उस्लाई हिजोजस्तै । मलाई लागेको थियो जब एउटा प्रिय साथी जीवनसाथी बन्छ भने त्योभन्दा सुन्दर सम्बन्ध अरु कुन होला । बास्तबमा मलाई लोग्ने होइन  जीवन बिताउने साथी चाहिएको थियो । त्यो दिन उस्ले मलाई “ I don't want to marry you! “ भनेको भए सायद म त्यती दुखी हुन्थीन होला जति “ I cannot cross our true friendship“ सुनेर भऍ  । आज पनि कहिलेकाही आफैंलाई सोध्छु, के लोग्ने  र स्वास्नी साथी हुन सक्दैनन् ? के असल साथीहरु लोग्ने स्वास्नी हुनु गलत हो?
         साथी भनेको संसारकै सुन्दर सम्बन्ध हो । जब साथीलाई प्रेम गरिन्छ त्योभन्दा सुन्दर अनुभूती अरु केही हुदैन । उ मेरो असल साथी थियो सायद अलिअलि मजस्तै अलिअलि मभन्दा फरक । हामीहरु आ–आफ्नै जीवनका मालिक मालिकनी रहेछौ सबैकुरा आ–आफ्नै दृश्ठिकोणले हेर्यौ । र आ–आफ्नै बाटोहरु रोज्यौं । कहिलेकाही लाग्छ सायद म गलत थिऍ  र गलत प्रस्ताव राखें । तर पनि कलेज जीवनका धेरै सुन्दर क्षणका साक्षी हामी दुवै भएका छौं । आज पनि सम्झदा मुस्कुराऊने मानिस भएर उ सदासदाको लागि मेरो जीवनको एउटा पानामा सुरक्षित छ ।

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...