Sunday, May 22, 2016

बिदाइ

एउटा पारिलो मध्यान्नमा
तिमी भेट्टिएका थियौ
जसरी भेट्टिन्छन्
घाम र क्षितिज
पृथ्वी र ताराहरु

अनायासै हामी भेट्टियौ
जसरी भेट्टिन्छन्
फूल र भमराहरु
परेवाका जोडिहरु
नदिहरु संगम बनेर ।

देख्नु र साँच्चै मिल्नुको भेद कहिले मेट्टिएछ
थाहै भएन
जसरी भेट्टिन्छन् मसी र अक्षरहरु
रंग र कुचि
त्यसरी नै तिमी र म हामी भएछौं
इतिहासको एउटा स्वर्णिम कालाखण्डमा ।

आज तिमी भन्दैछौ
अब हामी छुट्टिनुपर्छ्
र छुट्टिनुको कालो महाभारतलाई
मैले बिछोड नमानि
यात्रा मानेर
तिम्रा लागी एउटा फराकिलो मूलबाटो रोजिदिएकी छु ।


अनि तिम्ले मेरो लागि
खुशी हुने एउटा सुन्दर महाकाब्य लेखिदिएकाछौ
र म त्यसैलाई तिमी ठानेर
बिदाइको हात हल्लाउँदैछु ।

अधिकार

जति तिम्रो हो यो आकाश 
त्यति हाम्रो नि हो
जती तिम्रो हो धर्ती 
त्यती हाम्रो नि हो 
कैद अकैद धेरै दृश्यहरु
साक्षी छन्
जति तिम्रो हौ तिमी
त्यती मेरो पनि हुँ म ।


म सफेद थिएँ

म सफेद थिएँ
रंग पोतीनुअघिको क्यानभाषजस्तो
कविता लेखीनुअघिको कागजजस्तो
मन साट्टिनुअघिको प्रेमजस्तो
अनायासै तिमी आयौ
सप्तरंगी रंगहरु बोकेर
थाहै भएन कुन दिन म तिम्रो रंगमा घुलेछु
र तिमीजस्तै रंगीन बनेछु
आज निक्कै समयपछि
जब आफ्नै सफेदपन चाहियो
जिजिबिषाका लागी
तब पहिलोपटक आफ्नै खोजिमा
यो कविता लेख्दैछु ।

चौँतिस

निर्जला अधिकारी बाटो लामो छ हिड्नुपर्ने, हिडेको केही घण्टा त भयो । किन म यति धेरैे थाक्दैछु । यो थाक्ने उमेर पनि त होइन । सायद हो कि ? हुन त...