जीवनका कथाहरु अनौठा छन् । जे बचाउँन चाहन्छौ त्यो रहँदैन । जे जाओस् भन्ने लाग्छ त्यो रहन्छ । सायद समय यस्तै नै हो । यो हाम्रो हातमा छैन वा छ पनि । तथापी यो प्रिय समय हो । बिहानै किबोड अगाडी बसेकी छु । जुन मेरो आफ्नो हो । मलाई अक्षर अगाडी बिताएको समय सधै प्रिय लाग्छ ।
एकतमासको बिहानीको साक्षी भएको धेरै समय भयो । कहिलेकाही लाग्छ मेरा आफ्नै रेखाहरुले मलाई नै किचेका थिएँ तर अब त्यस्तो हुनेछैन । म मेरो समयमा फर्केकी छु । फूल र चराहरुबारे सोच्न थालेकी छु । सायद उनीहरु बारे सोच्नु मैले आफैँ बारे सोच्नु हो । सायद रुख फूल र चराहरुको अस्तित्वलाई स्विकार्नु आफैँलाई स्विकार्नु पनि हो । म आफैलाई स्विकार्ने यात्रामा छु । थाहा छैन मैले आफैलाई प्रेम गर्न थाल्नेछु । फूल रुख र चराहरुझै आफैँमा मस्त रहनेछु । म त्यही पर्खाइमा छ ।
म सँग जीवनको कुनै अरु बृहतता छैन । मैले जानेको कि सोचिबस्त हो कि सोचेको कुरा अक्षरमा उर्तान हो । मलाई लाग्छ म आफैँ कुनै कथा हुँ । जहाँ नायिकाको अस्तित्व उसको सोचाइको स्तरमा मात्र छ । उसलाई भूलिदिँदा पनि हुन्छ तर उ कसैले भूल्ने बन्न चाहन्न । साँच्चै भन्दा जीवन कथाहरुको श्रृखला हो । यो निरन्रताको कथा हो । तर म कथाको निरन्तरता मात्र बन्न चाहन्न । म आफ्नै कथाहरुमा फर्केर बिद्रोह गर्न चाहन्छु । कस्तो कहाँ के मलाई थाहा छैन ।
बर्षको अन्तिममा उमर खालिदले बेल पाएको म खुसी थिएँ । सायद खुसीहर यस्तैयस्तै कुराहरुले मात्र दिन्छ । म उ जेल पसेदेखी निस्केको हेर्न चाहन्थेँ । यो एक परको मानिसले अर्को भुगोलको मानिस माथि गरेको सुभेक्षा मात्र हो । मैले प्रेम पनि यसरी नै गरेँ । कहि कतै दुरीहरुबाट । मलाई लाग्यो दुरीहरु केही होइनन् मेटिनेछन् कुनै दिन । तर दुरीहरु त्यती सजिला चिजहरु होइनन् । जीवनका कथाहरु झै दुरीहर सधै दुरीहरु बन्ने रहेछन् । सायल सबै कुराहर यसैको निरन्तरता हो ।
अर्को बर्ष सुरु भएको पन्ध्र दिन भैसकेछ । अरुझै म पनि बर्षहरु सँगै बग्न चाहन्छु । साँच्चै भन्दा म त उड्न पनि चाहन्छु । मलाई कहि कतै जानुछ र फेरी फर्कनु छ । र आफ्नो यात्रालाइृ अवसर ठानेर शब्दमार्फत केही बनाउँनु छ । तर यात्राहरु बन्धनझै नबनुन । ति खुल्ला र आफ्नै मर्जिका मालिक बनुन । मलाई त्यस्तै जीवन जीउँनु छ । आफ्नै धरातलबाट उठ्नु र आफ्नै धरातलमा फर्कनु पनि छ ।
यी बिहानीका सुनौला शब्दहरु हुन् । यी मैले बषौदेखी साँचेका सपनाका अवशेषहरु हुन् । सायद मानिसहरु सपनाका अवशेष मात्र हुन् । थाहा छैन किन मैले गर्ने यात्राबारे म सधै चिन्तित रहन्छु । जस्तो बिहानै म आजको दिनबारे चिन्तामा छु । तर जीवन भनेको फूल चराहरु र रुखझै जीउँनुमा छ । म चाहन्छु मेरो जीवन उनीहरुकोझै रहोस् ।