करिब २ बजेको छ । चकमन्न रातसँग पनि म तर्सदैछु । म आफैँले आफैलाई हत्यारा भन्न सकिरहेको छैन । तर म हत्यारा नै हो । मैले आफ्नै बैनीलाई भर्खरै मारेर आएको छु..... तर किनकिन म उसलाई मृत भन्न सक्दिन । मलाई मेरो बाउँको हत्याराभन्दा कुनै पछुतो छैन तर अनायास मैले मेरी बैनीलाई जसरी ................ मेरो हृदयले यो सब मान्न तयार छैन ।
थाहा छैन भोली गाउँमा के हुनेछ । सायद पुलिसको एक टोलि आउँनेछ र मलाई लग्नेछ त्यसमा मलाई कुनै पछुतो हुनेछैन । तर म आफूलाई बैनीको हत्यारा मान्न सक्दिन । बाउँलाई रेटेकोमा मलाई एक खाले सन्तुष्टि मिलको छ । मेरी आमालाई उसले कुनै दिन नसाको सुरमा त्यसैगरी सिद्घाएको थियो । भोलीपल्ट केही नभएझै गरी गाउँ डुलेको पनि थियो । र तेह्र दिन पछि तेरी अर्की आमा हो भन्दै अर्कि आइमाइ भित्राएको थियो । मलाई त्यहि दिन लागेको थियो कुनै दिन यी दुबैलाई यसैगरी सिद्घाउनेछु ।
त्यस बखत सुनिता बल्ल ३ बर्षकी थिइ । मैले मेरो आमाको प्रतिछाया त्यसैमा खोज्थेँ । आमाको झै ठूलाठूला आँखा , घुर्मेको कपाल अनि गोरो छाला भएकाले उ मलाई आमाकै अर्को स्वरुपझै लाग्थ्यो । यिनै हातहरुले उसलाई काँखमा बोक्थेँ । यीनै हातहरु समाएर उ पहिलोपटक स्कुल गएकी थिइ । तर अफसोज मेरी आमाकी अर्की स्वरुपलाई पनि मैले आज बाकी राखिन ।
मलाई किनकिन आज म त्यही मेरो आमा मार्ने बाउँ जस्तै महसुस भैरहेको छ । सायद मेरो बाउँ पनि मेरी आमालाई मारीसकेपछि यस्तै पछुतोमा थियो होला । वा थिएन होला । आज म मेरो बाउजस्तै क्रुर हत्यारा भएको छु । सायद हत्याराहरु यस्तै हुन्छन् मननपर्नेलाई सिद्घाउछु भन्दाभन्दै मन पर्नेहरु नै बाकी राख्दैनन् ।
हुन त बाउँले आमालाई मारे पनि उ कहिल्यै हत्यारा भएन । सायद मैले मेरो बाउले मेरी आमालाई मारेको नदेखेको भए म यति क्रुर कहिल्यै हुँदैनथेँ होला । तर अफसोच मैले देख ेँ। त्यसपछि मेरो बाउँले मलाई माया नगरेको पनि होइन । हाम्रै लागि भनेर दिन रात खटेको पनि हो । तर उसलाई माफी दिन कहिल्यै सकिन । मलाई बालखकालमै आमा गुमाएको पिडा अझै छ ।
तर त्योभन्दा बढी पिडा र दोख आज थपिएको छ । थाहा छैन आजबाट म आफैँले आफैँलाई माफ गर्न सक्नेछु वा छैन । म मेरो बाउँझै आमाको हत्यारा भएर पनि नभएझै हिड्न सक्ने छैन । थाहा छैन कसरी एक पापको अन्त्यको लागि अर्को पाप थपेँ । मलाई लागेको थियो मेरो आमाको मातृत्वको भार तिर्नेछु । थाहा छैन आमाले कही कतैबाट देख्दैछन् भने के भन्नेछिन् ।
त्यो रात बाउँ रक्सिले मातेको थियो । आधारातमा लरबरेको स्वरमा घरमा पस्यो । खै आमाले के भनिन् थाहा भएन । तर बाआमाको चर्कोस्वर ओछ्यानमा निदाएको मैले पनि सुनेको हो । त्यसपछि
खै के भयो बिहान उठ्दा आमा मसानघाटमा जलिसकेकी थिइन् । मेरो काखमा मेरी बैनी थिइ । यतिका बर्ष मलाई मेरी आमा नभएपनि मेरी बैनी छ भन्ने लाग्ने गथ्यो । तर आज बाउलाई सिध्याउँन जाँदा रिसको झोकमा बाउ, बाउको स्वास्नी र मेरी बैनीलाई पनि सिद्घयाएछु ।
हातमा लागेको रगत त पखालेकी छु तर हृदयमा लागेको रगत म कसरी पखालुँ । मलाई अझै मेरो बाउ देखेर रिस उठेको छ । उ आफूमात्र अपराधी भएन अन्त्यमा मलाई पनि बनाई छाड्यो । सानामो स्कुल जानेबेला भन्ने गथ्र्यो, “त्यै पापिनीको रगत होस् तँ, त्यै भएर मलाई चुसिराछस्” । यस्तो लाग्यो अहिलेनै त्यसलाई सिद्घयाइदिउँ, त्यसबखत न साहस थियो न, बाउ बिना पनि बाच्न सक्छु भन्ने आधार । यतिका बर्ष कुरेर जुन काम फत्ते लागए आज त्यसैले पिडा दिनु अझ दर्दनाक रहेछ ।
किनकिन लाग्दैछ आज मैले आफूले टेकेको धर्ति आफैँ भास्एिको छ । मलाई जस्तो हुनु थिएन त्यस्तै मानिस भएको छु । थाहा छैन भोलिसम्म मैले आफैले आफैलाई बचाउँन सक्नेछु वा छैन । मलाई लागिरहेछ मेरा बैनीका निर्दोस आँखाहरुले मैलाई हेरीरहेछन् । के म उसका आँखाहरुलाई छल्न सकुँला । के मैले आफैँले आफैँलाई ऐनामा हेर्न सकुँला ? के रगत लतपतिएका हातहरु त्यसै सङ्लो होलान्?
पर मस्र्याङ्दी बगेको छ । सुसाइरहेको मस्र्याङ्दी के मलाई भन्न सक्ला यसले जे गर्यो भूल बस गर्यो । केही साक्षी भएका छन् भने नदी, जमिन र हिमाल साक्षी भएका छन् । तर बैनीको हत्याको पाप म बोक्न सक्दिन । म बाचिराखेँ भने पनि त्यसले मलाई जीवनभर पोल्नेछ ।
बिहानको करिब चार बजेको छ । अब मानिसहरुको चहलपहल सुरु हुन थाल्नेछ । तर किनकिन मलाई लाग्दैछ । अब म बाच्नुको कुनै उद्घेश्य छैन । म मेरो बाउँझै बन्न चाहन्न । म कोही निर्दोसको हत्याको दोसलाई हाँसिहाँसि पचाउँन सक्दिन । सायद यहि मेरो नियती हो र अन्त्य पनि । म मेरो नियति भन्दा बाहिर निस्कन अझै सकिरहेको छैन । सायद म यत्तिकै मर्न पनि सक्दिन । मैले मेरी बैनिको लागि, सायद उसले नसुनेपनि माफिका शब्दहरु लेख्न पर्नेछ । सायद मैले मेरो मृत्यू अगाडि बोलीन भने म एक हत्यारा नठहरीन पनि सक्नेछु । तर मलाई म आफूले गरेको पापको पुस्टी सहित बिदा लिनु छ ।
प्रिय सुनिता
सायद यी शब्दहरुले कुनै अर्थ राख्दैन । मलाई कहिल्यै लागेको थिएन मेरा यी हातहरु यति बेहोसी र कु्रर बन्नेछन् । बाउँको हत्यालाई म उत्सब ठान्न्ो थिएँ तर आज त्यति नरसंहार बनेको छ । मेरा यी हातहरुले फेरी अर्को अध्यारो कु्रररताको इतिहास रचेका छन् । तर म जाँदै गर्दा पनि कु्ररता र पापकै अंशको रुपमा बिदा हुन चाहन्छु । जसले आमाको हत्यारालाई माफी दिन सकेन उसले आफूले गरेको हत्याको माफि माग्नु नालायकि पन हो । मैले अहिले त्यहि नालायकि पनलाई पोख्दैछु ।
तिम्री र मेरी आमा कोमल थिइन् । खै किन म उनीझै बन्न सकिन । सायद म त्यहि पिता जसलाई मैले जीवनभर घृणा गरेँ उसैको ठूलो हिस्सा हुँ । हुनसक्छ उ जस्तै बेहोसी पनि । न्यायको नाममा त्योभन्दा निर्ममलाई हत्या गर्नु अझै ठूलो महापाप हो । म यो महापाप बोकेर बाचिरहन सक्दिन ।
सबैभन्दा पछुतो त मलाई तिमीभन्दा केही घण्टा बढी बाचेकोमा हुनेछ । म एक हत्याराको बंशले फेरी अर्को निर्मम हत्या गरको छ । मलाई कहिल्यै लागेको थिएन सबैभन्दा प्रेम र स्नेह गर्ने मान्छेलाई नै मैले निमोठ्नेछु । म तिमीसँग माफी माग्न सक्दिन तर जाँदैगर्दा पनि तिम्रै प्रेम र हत्याको दोखले जाँदैछु.................
उही तिमीलाई माया गर्ने तिम्रो हत्यारा दाई
सन्तोष