तर उनीहरुलाई थाहा हुनेछैन, म फर्कनकै लागि गएकी हुँ । उनीहरुका लागि जसलाई मैले पछाडि छोडेँ ।
Friday, June 19, 2020
तिम्रो सत्य मेरो भ्रम
सदाझैं तिमी बुझ्नसक्नेछौ
म एउटा त्यस्तो चित्र हुँ
जसले तिमीलाई सधैं
उच्चताको अर्को बिन्दुले हेर्नेछ
अथवा तिमी त्यस्तो आकर्षण हौ
जस्को उज्यालोले हरेक दिन म पग्लनेछु
लाग्नसक्छ तिमीलाई तिमी त्यस्तो मैफिल हौ
जस्को गीतमा मजस्ता अनेकौं नाच्नेछन्
यी यस्तै भ्रमहरुको गुन्जनमा कहिल्यै नबिर्सनु
मौनताको एउटा अर्को अध्याय मसँग पनि छ
चाहेर नचाहेर आफू हुनुको सत्य
तिमीले सोचेजस्तो स्वप्नील नहुनसक्छ
कुनै दिन एउटै ढुङ्गामा ठोक्किएछौ भने बुझ्नु
तिमी तिमी हौ म म हुँ
तिम्रो सत्य मेरो भ्रम ।।
म एउटा त्यस्तो चित्र हुँ
जसले तिमीलाई सधैं
उच्चताको अर्को बिन्दुले हेर्नेछ
अथवा तिमी त्यस्तो आकर्षण हौ
जस्को उज्यालोले हरेक दिन म पग्लनेछु
लाग्नसक्छ तिमीलाई तिमी त्यस्तो मैफिल हौ
जस्को गीतमा मजस्ता अनेकौं नाच्नेछन्
यी यस्तै भ्रमहरुको गुन्जनमा कहिल्यै नबिर्सनु
मौनताको एउटा अर्को अध्याय मसँग पनि छ
चाहेर नचाहेर आफू हुनुको सत्य
तिमीले सोचेजस्तो स्वप्नील नहुनसक्छ
कुनै दिन एउटै ढुङ्गामा ठोक्किएछौ भने बुझ्नु
तिमी तिमी हौ म म हुँ
तिम्रो सत्य मेरो भ्रम ।।
Subscribe to:
Posts (Atom)
चौँतिस
निर्जला अधिकारी बाटो लामो छ हिड्नुपर्ने, हिडेको केही घण्टा त भयो । किन म यति धेरैे थाक्दैछु । यो थाक्ने उमेर पनि त होइन । सायद हो कि ? हुन त...
-
सपनाहरु साझा होइनन् । सायद भोगाइहरु पनि । अरुझै म पनि सामूहिकतामा आफूलाई भेट्दिन । सायद त्यसैले लेख्छु । लेख्नु मेरो लागि सोख थिएन यो त के...
-
प्रिय कोजिमा, गोपी, सुम्निमा, लिटल डग र बिनानामको प्रिय पात्र थाहा छैन किन मलाई लाग्छ हामी सबैसँग कसैलाई खुलेर भन्न नसक्ने गुम्सिएका कथाहर...
-
निर्जला अधिकारी ओछ्यानमा नाङ्गो पल्टिएको छु । जीउँका कपडाहरु लथालिङ्ग कोठाभरी छरीएका छन् । एकछिनअघि आगोझै तातेको शरीर सेलाएर चिसो भएको छ...