Sunday, November 20, 2016

इतिहास

पानाहरु खाली छन्
शब्दहरु मौन छन्
तर  तिम्रो मात्र छैन् इतिहास
मेरो पनि छ
नहोलान् युद्धका कथाहरु
बहादुरीका उपन्यासहरु...
अंहका महाकाब्यहरु.......
म तिम्रो मुलुकमा प्रेमका अलिखित कविताहरु लेख्छु
म मातृत्वको प्रेमले ग्रस्त छु
तिमीजस्तो भातृत्वको कुरा गर्दिन
आज पनि हिजोजस्तै
हुनसक्छ मेरो क्षितिज
तिम्रो सयनकक्ष भन्दा सानो..........
म तिम्रो मुलुकको सानो मानिस हुँ
परिचयपत्रमा अझै तिम्रै नाम छ
तिम्रै नामले रंगिन्छु
तिम्रै नामले अल्निन्छु
नहोला मेरो छुट्टै इन्द्रेणि
छुट्टै शब्दकोश
अझै पनि कहिलेकाही तिम्रै शब्दहरु सापटी लिन्छु
र पनि तिम्रो मात्र छैन इतिहास
मेरो पनि छ
युद्धमा नरंगेको मेरो इतिहास
प्रेम मात्र प्रेमले पिडित छ ।

Friday, November 11, 2016

म केहि होइन

माफ गर
आज म सपनाको कुरा गर्दिन
तिमीलाई थाहा छ 
वा छैन
म इन्द्रेणिको कुनै रंग होइन
न हुँ गलामा सजिने कुनै सुन्दर फूल
म गूलाफ होइन
न सयपत्री
म हिमाल होइन
न नदि.… 
वा तिमी बुझ्न सक्छौ
म तिमीले देख्ने सपनाकी परी होइन
न तिम्ले प्रत्येक दिन आँखामा सजाउँने भिड हुँ
म केहि होइन
न फेसबुक वालमा "सुन्दर" को उपमा पाउँने सुन्दरी
वा ओठमा रातो पोत्ने किशोरी
न हुँ हरेक दिन प्रशसाको उपहार पाउँने कुनै भाज्ञमानी
म केहि होइन
न तिम्रो भूतपुर्व प्रेमिका
न हुनेवाला
वा तिम्रो कल्पनामा सजिएकी जीवनसंगिनी
म केहि होइन
न सपना.........
न विपना...............
न भविस्य............................
धिप धिप गर्दै बलेको मैनबत्ती हुँ म
बल्न पनि सक्छु
नबल्न पनि सक्छु
पग्लिएँ भने बलेछु भन्ने बुझ्नु
नत्र कठोर यथार्थको पर्याय ।

चौँतिस

निर्जला अधिकारी बाटो लामो छ हिड्नुपर्ने, हिडेको केही घण्टा त भयो । किन म यति धेरैे थाक्दैछु । यो थाक्ने उमेर पनि त होइन । सायद हो कि ? हुन त...