Tuesday, October 9, 2018

नेपाली भ्रसेस अंग्रेजी


− निर्जला अधिकारी
भाषा आवाज हो
अधिनायकत्व  होइन
भाषा जननी हो
कुनै बाद र  लिङ्ग  होइन

मूर्दावाद उसको शब्दलाई
मूर्दावाद उसको विचारलाई
माफ गर
आज आफ्नै  शब्दहरुले
आफैंलाई रंग्याएकीछु ।
माफ गर्नुहोला सुरुवात आफ्नै  कविताबाट गरेकी छु  र विषय हो भाषा । त्यसमा पनि अंग्रेजी  र नेपाली भाषावीचको द्दन्द भनौ वा त्यसले निम्त्याएको हिनताबोध र युफोरिया । माथि कवितामा पनि भनेकी छु भाषा आवाज हो अधिनायकत्व होइन । तर मैले त्यस्ता ब्यक्तिहरु भेटेकी छु जसले अंग्रेजी  नजान्नेलाई सारै ठेट भाषामा भन्दा सारै मूर्ख सम्झन्छन् । र मेरा त्यस्ता साथीहरु र आफन्तहरु  पनि छन्  जसलाई अंग्रेजी  नजानेकोमा सारै हिनताबोध छ । तर भाषा आफैंमा  विद्वता र हिनताबोधको बिम्ब कसरी बन्न सक्छ ? अंग्रेजी  जान्नुको युफोरीया र नजान्नुको हिनताबोध  के आफैंमा सहि कुरा हो ? यी प्रश्नहरुले यदाकदा मलाई झक्झकाउने गर्छ । र सोच्ने गर्छु अंग्रेजीले निम्त्याएको हिनताबोध र युफोरीयाले दिर्घकालिन परिणाम के ल्याउला ।
एकदिन कामबिशेष रुपमा एकजना दिदिसंग  भेट भएको थियो । हामी एउटा कार्यक्रममा थियौं ।  उहाँ ब्रदरहुडलाई नेपालीमा भात्तृत्व भनिन्छ भन्ने थाहा पाएर एकदमै हांस्नुभयो त्यो हांसोमा  थोरै नेपाली भाषाप्रतीको हेयकर दृस्टिकोठ पनि थियो । र मलाई लाग्यो हामी भाषालाई लिएर कतिधेरै जजमेन्टल हुदैछौं । जब अंग्रेजीको कुरा आउंछ म आफैं पनि अल्लि बढि सजग हुने गर्छु  तथापि मेरो लागि सामान्य बोलिचालिको अंग्रेजी टाउकोदुखाई कहिल्यै भएन । र पनि मलाइ मेरो   अंग्रेजीमा त्यती विश्वास लाग्दैन जति नेपालीमा  लाग्छ ।अथवा भनौ मेरो पृष्ठभूमी अंग्रेजीमय छैन । मेरो अंग्रेजी त केवल जान्नुपर्छ भनेर जानेको अंग्रेजी मात्र हो । तर म जति अंंग्रेजी नजाान्नेको संख्या ठूलो छ, र पोख्त हुनेको जमात पनि ठूलै छ । यधंपि अंग्रेजी आफैंमा विद्वता, आधुनिकता र सोकल्ड उच्चताको मानक भने हुदै होइन ।
दुखको कुरा, अहिलेको हाम्रो  समाज अंग्रेजी सिक्नुपर्छ भन्ने कुरामा जति उद्वत छ नेपाली छोड्नुहुन्न भन्नेकुरामा त्यति सजग छैन । त्यसले अंग्रेजी जान्ने र नजान्ने बिचको खाडल गहिरो हुदै जादैछ । फलतः अंग्रेजी जान्नेहरुमा नचाहिंदो दम्भ बढाएको छ भने नजान्नेहरुमा म केहि गर्न सक्दिन किनकि मलाई अंग्रेजी आउदैन भन्ने जस्तो हिन भावना जागृत गर्दैछ । थाहा छैन यसले अबका नानिहरुमा नेपालीप्रति कस्तो दृस्टिकोण निर्माण गर्ला । र शहरबजारमा अंग्रेजी स्कुमा पढेका नानीहरुले हाम्राँ गाउंघरका  अंग्रेजी कम जान्ने नानीहरुलाई कस्तो ब्यबहार गर्लान् । यो कुरा छलफलमा आएकै छैन ।
बिषय त्यति गम्भिर नलाग्न सक्छ । किनकि अहिले हाम्रो  लागी जति अंग्रेजी आवस्यक छ त्यति नेपाली नहुंदा केहि हुदैन भन्ने लाग्न सक्छ । तर दिर्घकालिन रुपमा एउटा भाषाप्रतिको  अति लगाव र अर्को भाषा जो आफ्नो  हो त्यो प्रतिको बेवास्थापन के आफैंमा उचित हो? र यसले अबका स–साना नानिहरुमा  कस्तो असर पर्ला? यी प्रश्नहरु प्रश्नमै सिमित छन् अझै पनि ।
अर्को कुरा, नेपाली जुन हाम्रो हो र त्यो जान्नुलाई किन कमजोरी ठान्छौ? अंगेजी जुन हाम्रो होइन त्यो नआउंन पनि सक्छ किन त्यसलाई हिनताबोधको बिषय बनाउछौं? यस्तै बिषयमा भारतीय कवि उदयप्रकाशको एउटा कविता एकदमै मनपर्छ जसको शिर्षक छ “एक भाषा हुवा करती हे” । जहा उनी लेख्छन्ः
यह वही भाषा है जिसमे इस मुल्क में हर बार कोई शरणर्थी, काई तिजराती, केई फिरंग
अटपटे लहज मे बोलता और जिसमे व्याकरण की रौंदता
तालियों की गडकडाहट के साथ दाखिल होता हे इतिहास मे।।
माथि उद्धृत पंक्रिमा उनि भन्छन्, “ यो त्यहि भाषा हो जसको व्याकरणीय कमजोरीलाई पनि तालिले स्वागत गरिन्छ इतिहासका पानाहरुमा  ।“ उनले यो कविता भारतमा रहेका सो–कल्ड उच्च वर्गको अंग्रेजी मोहलाई ब्यङ्यात्मक शैलिमा लेखेका यिए । यसो विचार गर्दा अहिले हाम्रो अवस्था पनि यहि छ । जति बिचबिचमा अंग्रेजी मिसाएर नेपाली बोल्नुलाई राम्रो मानिन्छ त्यति ठेट नेपालीमा बोल्नुलाई नराम्रो । तर के अंग्रेजी आफैंमा ज्ञानको मानक हो त?  हामी जसको पहिलो भाषा नेपाली  वा अन्य मातृभाषा हुनसक्छ उसलाई अंग्रेजी नआउंनु सामान्य होइन? यी यस्ता प्रश्नहरु एकफेर हामी सबैले आफैंलाई सोध्न आवश्यक छ की?
अंग्रेजी आउनु एकतर्फबाट सोच्दा कुल मोर्डन लाग्नु स्वभाविक हो हाम्रो जस्तो अतिकमबिकसित मूलुकमा । तर वोस्र्टन हुनुु, अंग्रेजी जान्नु आधुनिक र  बौद्दिक हुनु  कदापि होइन । अन्त्यमा, हामीलाई अंग्रेजी नआउन सक्छ, हामी जिन्स नलगाउन सक्छौं, हामी लजाएर बोल्न सक्छौं यसको मतलब हामी मूर्ख कदापी होइनौं, भाषा माध्यम मात्र हो आफैंमा विद्धता हुदै होइन ।

पारिजात र सकमबरी उही वा भिन्न


निर्जला अधिकारी
शिरीषको फूलमा थेसिस लेख्छु भनेर उद्घोस् गर्नु मेरो केवल भावनात्मक निर्णय थियो । सायद मैले सदाझै दिमागलाई होइन हृदयलाई पछ्याएँ । प्रपोजल लेख्दै गर्दा साथिले पढ्छु भनेर मागि, मैले अँग्रेजी सँस्करणमा गर्दै थिएँ दिएँ । एकदिन अचानक उसले मलाई तैले सकमबरीमा होईन आफैंमा थेसिस लेख्दै छस् भनी । मैले किन भनेर प्रश्न गरेँ । उसले भनी, “किन किन मलाई सकमबरी तँ जस्तै लाग्यो बुलेट पड्केको जस्तो आवाज, थोरै अराजक, थोरै निराश ” म हाँसे मात्र केहि बोलिन ।
सकमबरीसँग आफू दाज्दा वा अरु कसैले आफूजस्तै लाग्छ भन्दा रमाईलै लाग्छ । सायद प्रिय पात्र आफूजस्तै हुनु सुन्दर संयोग हो । तर त्यो भन्दा बढि मैले पारिजात र सकमबरीलाई दाजेर हेरेको छु । र कयौ पटक सकमबरी पारिजातै हो कि भन्ने प्रश्न गर्ने गर्थे र गरिरहेको छु । हुन त पात्रमा लेखक बोल्नु कुनै नौलो कुरा होइन । सिग्मण्ड फ्रायड भन्छन्, “कुनै पनि रचना लेखकको लक्षण हो ।” उनका अनुसार लेखकका अचेतन चाहनाहरु उसको लेखनमा देखिन्छ । सायद सकमबरीमा पारिजात देखिनु पनि त्यहि हो । शिरीषको फूलको भूमिकामा शंकर लामिछाने लेख्छन्, “अनि उ पारिजात भई । यस हुनुमा अनेक शारिरिक, मानसिक, रोमान्टिक (जसको मलाई पटक्कै ज्ञान छैन) घटना भए उसको जीवनमा ऊ कवि बनी प्रतिष्ठा पाई, उ रोगी बनी, अस्पताल भर्ना भई ।” जसरी पारिजात पारिजात हुनुमा अनेकौ शारिरिक, मानसिक र रोमान्टिक कारणहरु छन् । त्यसैगरी सकमबरी सकमबरी हुनुमा पनि सायद त्यसै कारणहरु छन् शारिरिक र मानसिक । मलाई लागेका कारणबारे अवस्य चर्चा गर्नेछु हतारै के छ र !
नेपाली साहित्य जगतमा एउटा छुट्टै पहिचान बनाउनु विशेषतः पृत्रिसतात्मक समाजमा महिला भएर, पारिजातको संघर्ष   आफैं एउटा ठूलो लडाई थियो । मलाई लाग्छ शून्यवाद र अस्त्तित्ववादलाई  यति सुन्दर ढंगले  ब्याख्या गर्नु सायद लडाईमा पाएको विजय  हो वा उसले जीतेको यूद्द । शून्यवाद र अस्तित्ववाद जस्तो गम्भिर बिषय उसलेभन्दा पहिले नेपाली साहित्यमा कसैले भित्रयाएनन् त्यसैले पारिजात आफैं तत्कालिन समाजकी एक फरक पात्र हो भन्दा फरक नपर्ला । दार्जलिङ्को निम्नमध्यमवर्गिय परिवारमा हुर्केर पनि उसको परिवार शिक्षित र स्वतन्त्रताप्रेमी थियो । उसका बुवा एस.के वाइबा चिकित्सक थिए । साथसाथै उनमा धर्मकर्मप्रति कुनै रुचि थिएन । त्यहि कारणले गर्दा पारिजातले कुनै प्रकारको सामाजीक तथा धार्मिक बन्देज भोग्नु परेन । पारिजातले एकठाउमा आफ्नो  बुवावारे यस्तो भनेकी छ्, “हामी उहालाई संसारकै महान् कथाबाचको रुपमा लिने गर्छौ । उहाले प्रत्येक रात कथालाई अत्यन्त रोचक मोडमा रोकेर भोलि भन्ने बाहानामा हामीलाई सुत्न पठाउनुहुन्थ्यो । सधै हामीलाई जुनसुकै काम गरेपनि उत्कृष्ठ हुनुपर्छ भन्नुहुन्थ्यो, कहिल्यै पिट्ने गालीगर्ने गर्नुभएन । उहाले सधै प्रगतिशिल वातावरण दिने प्रयास गर्नुभयो । हाम्रो घरमा आफ्नो  विचार ब्यक्त गर्न पाउने स्वतन्त्रता थियो ।” सायद त्यहि पारिवारिक पृष्ठभुमिले उसलाई अल्लि बढि हक्की, क्रान्तिकारी र स्वच्छन्दतावादी बनायो । र सायद त्यहि वातावरणले गर्दा उसले सकमबरीजस्ती अराजक, अफ द बिट के भनौ फरक खाले नायिका जन्माउन सफल भई । हुनसक्छ ऊ आफैं अरुभन्दा अल्लि फरक हुनुको परिणाम हो सकमबरी । जसलाई बुझेरै बुझ्न  सकिदैन, चाहेरै पनि ब्याख्या गर्न गाह्रो छ र त्यतिनै कठिन छ एउटा बक्समा राखेर ब्याख्या गर्न पारिजातलाई जस्तै ।
शिरीषको फूलको भुमिकामा शकर लामिछाने डी. टी सुजुकीको शून्यवाद सम्बन्धि भनाई यसरी उद्दृत गर्छन्, “शून्यता भनेको अन्र्तज्ञानबाट जन्मिने बस्तु हो, तर्कको प्रक्रियाबाट होईन ।” सायद पारिजातले शून्यतालाई व्याख्या नगरीकन  सकमबरीलाई त्यसको बिम्ब बनाउनु त्यहि अन्र्तज्ञानको परिणाम हो । त्यो अन्र्तज्ञान सकमबरी पनि पाउछौ । उ सारै कम बोल्छे नबोलिकनै सबै कुरा बोलिदिन्छे । उ जीउँनुमा जीउँनुको सार्थकता देख्दिन । जन्मदिनको अवसरमा शिवराजले धेरै बर्ष बाच भनेको उसलाई मन पर्दैन, उ भन्छे, “शिव तपाई आशिष दिन जान्नुहुन्न, समयमा मर भन्नुपर्छ । के छोप्न बाच्ने ।” ऊ हरेक पकट अन्त्य सुन्नासाथ खुशि हुन्छे । त्यसैले पनि किन किन मलाई उ कम सकमबरी बढि पारिजात लाग्छ । यसो भनिरह“दा मलाई थाहा छैन म कति सहि छु कति गलत ।
यसरी पारिजात र सकम्बरीको सम्बन्ध खोज्ने क्रममा मैले एउटा शब्द पाएँ ‘अल्टर इगो’ त्यसलाई नेपालीमा के भनिन्छ मलाई थाहा छैन । कुनै पनि आख्यानमा जब कुनै पात्र अथवा मुख्यपात्रले  लेखकको जस्तै विचार, ब्यबहार र दृस्ठिकोण देखाउँछ त्यसलाई अंग्रेजीमा अल्टर इगो भनिन्छ । शिरीषको फूलमा पनि हामी सकमबरीमा पारिजातकोजस्तै विचार, दृस्ठिकोण र ब्यबहार पाउछौ । दुबै शारीरिक रुपमा अस्वस्थ, दुवै चुरोटका अम्मली, दुबैले जीवनलाई हेर्नै दृस्ठिकोण अल्लि परक ।
किन पारिजातले सकमबरीको दाजुको नाम पनि शिव राखी आफ्नो  दाजुको जस्तै ? किन सकमबरी र शिवराज बिच अति सुमधुर सम्बन्ध छ पारिजात र उसको दाजु शिवको जस्तै ? पारिजात र उसका दाजु शिब कुमार वाइबा बिच पनि अत्यन्त सुमधुर सम्बन्ध थियो । उनीसँग तोतामैना, प्रेमलहरी, बकबर–बिरबलको संकलन हुन्थ्यो । तिनै कथाहरु पढेर  पारिजातमा साहित्यप्रति अभिरुचि जागेको थियो । बिष्णुकुमारी वाइबा साहित्यकार पारिजात हुनुमा उनको दाजु शिबको ठूलो हात छ । त्यसैगरी किन सकमबरी  चुरोट पिउँछे पारिजातले जस्तै ? एकफेर जब सुयोगबिरले, “अहिले मैले चुरोट नखाऊ भनें तिमी के गछ्यौ बरी ?” भनेर प्रश्न गर्छ तब उ भन्छे, “मोजसँग दशवटा खाइदिन्छु ।”  पारिजातजस्तै सकमबरी पनि चेन स्मोकर रहिछ  भन्नेकुरा यस प्रसङ्गले पुष्टी गर्छ । यसका साथै किन सकमबरी ईश्वरको अस्तित्व स्विकार गर्दिन  पारिजातजस्तै र भन्छे, “ईश्वर नभन्नुस्, ईश्वरतत्व भन्नुस् भावना न हो ?” किन सकमबरी  फूलकरुसँग रमाउँछे पारिजातजस्तै ? जबजब यी प्रश्नहरु दिमागमा आउँछन् गाह्रो हुन्छ मलाई पारिजात  सकमबरी हो कि सकमबरी पारिजात जस्ती हो भन्न । यी प्रश्नहरुको चित्तबुझ्ने  जबाफ पाउँन त कठिन छ तर पनि अंग्रेजी शब्द अल्टर इगोले थोरै भएपनि उनीहरुबीचको सम्बन्धलाई ब्याख्या गरिदिन्छ । सायद अंग्रजी शब्द अल्टर इगो नभएको भए अल्लि गाह्रो हुन्थ्यो उनीहरुको सम्बन्धलाई एउटा नाम दिन यसले सजिलो बनाइदिएको छ ।
तथापी किन पारिजातले जानेर वा अन्जानमै आफूलाई उभ्याई सकमबरी मार्फत भन्ने प्रश्नचाहिँ यथावतै छ । किन सकमबरी पारिजात जस्तै निराश देखिन्छे ? किन उ मर्न देखि डराउँनन् पारिजातजस्तै ? पारिजातले त मृत्युबारे पनि यस्तो भनेकी रहिछ, “कसरी एउटा सिंगो  मृत्यु यति निराश बन्न पुग्यो यहाँ । म त संस्कारदेखि डराउँछु मृत्युभन्दा ।” त्यसैगरी किन सकमबरीमा जीवन र जगतप्रति अमूत र निराश विचारमात्र छ पारिजातको जस्तै भन्ने कुराले चाहि प्रत्येक पल्ट मेरो दिमाग खल्बलाउँछ । सायद फ्रायड ठिकै थिए लेखकको मनोविज्ञान चाहेरै वा नचाहेर पनि उसका पात्रहरुमा आउँछ । हुनसक्छ लेखन पनि सपनाजस्तै हो जसमा लेखकका अचेतन चाहनाहरु पुरा हुन्छन् ।  सायद त्यसैले पारिजातले नचाहँदा नचाहँदै सकमबरी उजस्तै बनाई । अथवा पारिजातलाई थाहा थियो शून्यवाद र अस्तित्ववाद जस्ता जटिल कुराहरुलाई ब्याख्या गर्न उ जस्तै अराजक र अफ द बिट नायिका आवश्यक थियो वा उसले आफैंलाई लेखिदिई बेहोसिमा । यी प्रश्नहरु प्रश्नमै सिमित छन् अझै पनि । अनि सकमबरी पारिजातकी अल्टर इगो हो वा होइन ? समिक्षाको
एउटा सिङ्गो अध्याय खालिनै छ ।

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...