Thursday, January 8, 2015

फगत जीवनसँग


कती बिताउँनु, यो समय
चिसा कोठरीहरुमा
अत्यास लाग्छ
आफ्नै आयुसँग

यदाकदा पर्ने पुर्णिमा जस्तै
कहिलेकाही देखिने आशासँग
के आकाँक्षा राखुँ
फगत जीवनसँग

त्यो परको क्षीतीज 
र  सँगैको पहाडको मिलन्
कसरी सम्भव होला र ?
विश्वास गरुँ आफैँसँग 

भो म बिश्राम चाहन्छु
यो गृह्स्थबाट्
म बिलाउँन चाहन्छु
यो सांसारिकताबाट

म चाहन्छु सान्नाटा
प्रकृती पनि नबोलोस् मसँग
म चाहन्छु त्यस्तो शून्यता
जहाँ पृथ्वी पनि स्थिर रहोस् । 

अन्तिम दिन

बर्षहरु चाडै बिदा लिन्छन् । तर दिनहरु बाकी रहन्छन् । थाहा छैन कुनै दिन दिनहरु सिद्घिए भने के रहनेछ ? घाम उदाउँने छ वा छैन । आकाश रहने छ वा...