निर्जला अधिकारी |
सुखको कुनै भाबना छैन
सुखको केही पनि छैन
सुखलाई छुनासाथ समाप्त हुन्छ
नष्ट हुन्छ
गाढा निन्द्रामा
प्रभाति गुन्जनमा बगेर सुख आउँछ ।
गहिरो निलो भाबनमा रुबा जस्तै मेघ बनेर उड्दै आउंछ
।
स्बीडिस कबि एडिथ सोडारग्रामद्धारा लिखित दुख शिर्षकको
यस कवितामा सुखको क्षणिकतालाई राम्रैसँग ब्याख्या गरीएको छ । उनको बिचारमा सुखको भाबनमा
मानब जीबनमा अतिसुष्म अबस्थामा भेटिन्छ । साञ्चैनै दुख र सुख जीबनका दुईपाटा भनिएतापनि
मानिसले जीबनपर्यन्त सुखको नै खोजी गरीरहन्छ । यो मानबीय जीबन न सोचेजस्तो नै हुन्छ
न त देख जस्तो नै हुन्छ । त्यसैले त अरुणा लामा आफ्नो गीतमा भन्छिन् 'सोचेजस्तो हुन्न
जीबन, देखेजस्तो हुन्न जीबन, जेजे भाग्यो त्यहीत्यही हुन्छ ।'
कहिलेकाहीँ हामी यति सानो कुरामा खुसी हुन्छौ कि त्यो
खुसी अरुलाई भान नै हुँदैन । तैपनि मानब मष्तिष्क जहिले पनि सुखको नै खोजिमा नै हुन्छ
। सुखकोसुख भन्नाले के बुझ्नुहुन्छ रु भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ' सुख भनेको शान्ति हो र शान्ति भौतिक र आत्मिक
सुखको मिलनबाट मात्र सम्भब हुन्छ, भोको पेटले कहिल्यै पनि शान्ति
भेट्न सक्दैन ।' अल्लि दार्शनिक लाग्ने
उनको भनाईमा धैरै सत्यता भने अबश्य नै लुकेको छ ।