Tuesday, January 17, 2017

स्मृतिमा तिमी

पर कतै क्षितिजबाट
आइरहेको छाँया
सायद तिमी नै पो हौ कि!
म हेरिरहेछु
मौनताको आदिम वस्तिबाट

हामी छुट्टिएका थियौं
कुनै दिन
घाम लागेर पनि बादल छाएको तिम्रो आँखामा
पहिलोपटक मैले
पिडाले घायल
सुन्दर मन भेटेको थिएँ ................

आज बसौं भएछ
म चाहेर पनि कोर्न सक्दिन्
शब्दहरुले तिम्रो आकृती
स्मृतिको संग्रालयमा
तिम्रो लागी जोगाएको
एउटा मुटु मात्र बाँकी छ

जब एक्ली हुन्छु
क्षितिजमा  देखिएका छाँयाहरु
तिमी नै पो हौ कि भन्ने लाग्छ
र हेरिरहन्छु.............
मात्र हेरिरहन्छु ...............


आज एउटा दुष्प्रयास गर्दैछु
कोर्दैछु तिम्रो आकृति
रेखाहरु बाङ्गो जानसक्छन्
आकृतिहरु  अपूर्ण बन्नसक्छन्
र चाहेरै पनि तिमी नबन्न सक्छौ

धेरै भएछ
तिमीलाई नदेखेको
स्मृतिहरु कमजोर हुँदैछ्न्
चाहेर पनि तिमी नबनाउँन सक्छु
माफ गर
आज बुढो स्मृतिले अपूर्ण चित्र कोर्दैछ । 

चौँतिस

निर्जला अधिकारी बाटो लामो छ हिड्नुपर्ने, हिडेको केही घण्टा त भयो । किन म यति धेरैे थाक्दैछु । यो थाक्ने उमेर पनि त होइन । सायद हो कि ? हुन त...