Thursday, April 30, 2026

मानब कौलका कविता

हुन मानब कौल एक अभिनेता हुन्   तर उनको परिचय उनको लेखन बिना अपुरो अहिलेसम्म चार किताबका लेखक उनि आफ्नो लेखकीय परिचय  भन्न अल्ली धक मान्छ्न् भर्खरै उनको पछिल्लो किताब "चल्ता फिर्ता प्रेत्" प्रकाशित भएको    मैले अनुबाद गरेका  यी  कविताले समकालिन हिन्दी कविताको एउटा भिन्न स्वाद हामी नेपाली पाठकहरुलाई दिनेछ भन्ने मैले बिश्वास गरेको छु

 

 

ठिक तिम्रो पछाडी (मानब कौल )

मैले हरेकपटक राखेको छु आफूलाई सबैका सबै खोलेर

 

खुल्ला टुटेको रहन्छु

कहिले तिम्रो घुडामा

कहिले तिम्रो आँखामा

कहिले ठिक तिम्रो पछाडी

 

टुटेपछी फेरी जोडिएको

थिएँ देखी हुँ सम्म

पुराका पुरा जिउँछु फेरी अर्कोपटक

 

गएपछी सायद तिमी पढ्छेउ होला मलाई

कहिले आफ्नो घुडामा

कहिले आफ्नो आँखामा

 

तर जो ठिक तिम्रो पछाडी टुटेको थिएँ  ?

 

अझै पनि त्यो आशामा

आफूलाई समेटेर फेरी आउँछु तिम्रो पछाडी

 

पटक पटक हरेक पटक

छोड्छु आफूलाई केही.. थोरै.. ठिक तिम्रो पछाडी

 

 

बाल्टी (मानब कौल )

 

समय जाँदाजाँदै आफूलाई निचोर्दै  पर... पुग्छ

एक बाल्टी तिमीलाई.....

बाहिर आँगनमा सुक्दै गरेका , मेरा पुराना कपडाहरु

तिम्रो यादको पानी छोड्न तयार छैनन्

रिसाएर नयाँ लुगा लगाउँछु

नयाँ लुगामा आफूलाई एक अपरिचित झै पाउँछु..

फेरी  ऊही..... पुरानानै लगाउँछु

उनिहरु मसँग केही गुनासो गर्दैनन्

मेरो शरीरमा यसरी टाँसिन्छ्न् लाग्छ .....

कयौ दिनपछी तिमीले मलाई अङ्गालेकी हौ

 

आजकल एक बाल्टी पानीमा

पुराना नयाँ दुबै कपडा भिजाइदिन्छु

यो आशामा की....

दुबैका -आफ्ना रंगहरु एक अर्कामा मिसिउन्

ताकी परायाहरु केही आफ्ना लागुन्

र आफ्नाहरु केही पराया ।

No comments:

Post a Comment

मानब कौलका कविता

हुन त मानब कौल एक अभिनेता हुन् ।   तर उनको परिचय उनको लेखन बिना अपुरो छ । अहिलेसम्म चार किताबका लेखक उनि आफ्नो लेखकीय ...