Skip to main content

कालो पाटिको भित्ताहरुमा

खुँइलिएको सर्ट
च्यातिएको जुत्ता
उकाली र ओराली
चक र डस्टर
त्यो तिम्रो जीवन हो
र सायद मेरो पनि

बिस बर्ष भैसकेछ
तिमीले खुइलिएको आदर्श सिकाउँन थालेको
कालो पाटिको भित्ताहरुमा
अनी स-साना नानिहरुको
स-साना मगजहरुमा


जुन दिन तिम्रो पेशा बलियो हुनेँछ
त्यो दिन तिमी कमजोर हुनेँछौ
अनि बिनाकारण
गलत्याइनेछ तिम्लाई
तिम्रो स्वप्न महलबाट
अयोग्यको ट्याग सँगै

त्यो दिन तिमी ढल्नेछौ
आफ्नै आदर्शबाट
र म पनि
किनकी तिम्रो अयोग्य ज्ञानले
मलाई योग्य बनाएको छ ।

Comments

Popular posts from this blog

वर्षभरी भेटेका किशोर पात्रहरु

प्रिय कोजिमा, गोपी, सुम्निमा, लिटल डग र बिनानामको प्रिय पात्र थाहा छैन किन मलाई लाग्छ हामी सबैसँग कसैलाई खुलेर भन्न नसक्ने गुम्सिएका कथाहरु छन् । चाहेर नचाहेर हुनु र नहुनुको दोसाधमा मैले झै तिमीहरुले पनि त आफूलाई झिनो ठान्यौ । संसारको भब्यताभित्र धेरैलाई लाग्दो हो उनीहरुको अस्तित्वलाई सबैले सेलेब्रेट गर्नेछन् । तर हामी त्यस्ता पनि त छौ जसलाई लाग्छ हाम्रो अस्तित्व हुनु र नहुनुको मझधारमा कहि कतै अल्झिरहेझै लाग्छ । हामी ती धुमिल रेखाहरु हौ जसलाई अरुले सजिलै देख्न सक्दैनन् । यी यस्तै  धुमिलतामा अल्झिरहको बेला आफूझै कोही अरु भेट्नुले पनि केही अर्थ राख्छ । सायद यो त्यही हो..... बर्षभरी सुम्निमाले मलाई छोडिन । उ  श्रद्वा घलेको कलमबाट निस्किएकी एक जोद्धा केटी मात्र थिइन । उ त मेरो चलिरहेको अनुसन्धानको एक टेक्स्ट पनि थिइ । करिब सत्तरी पेजको थेसिसमा सायद उ चालिस पेजमा फैलिएकी छ । त्यहाँ म उसलाई उ कम पात्र झै बढी मान्छु । तर म उसलाई पात्रमा मात्र टुङ्ग्याउँन चाहन्न ।  म उसलाई प्रेम गर्छु । तर मैले लेखेका पानाहरुमा उ प्रेमील छैन । तर म उसलाई ति पानाहरु बेगर नै प्रेम गर्छु जसरी म मेरा साथीहरुला

यो कुनै आकाश होइन

  'यो कुनै आकाश होइन। चाहेर पनि तिमीले अनन्त शान्त खुल्ला मैदान भेट्ने छैनौ। ताराहरू र ताराहरू बेगरका शान्त अँध्यारा रातहरू केवल एक कल्पना हो। तिमी अन्धकारमा चाहेर पनि शान्ती भेट्ने छैनौ। हामी बन्धनमा छौ। र हाम्रा आफ्नै बन्धनहरू छन्। हामी असीमित बन्धनहरूले सीमित छौ। मानिस केवल सीमितताको पर्याय हो, असीमितता त केवल एक भ्रम हो।' ऊ एक फोटोग्राफर हो, ऊ आफ्ना फोटोहरूमा लामा-लामा क्याप्सन लेख्ने गर्छ। मलाई उसका फोटाहरूभन्दा उसले लेखेका क्याप्सन मनपर्छ। माथिका अक्षरहरू उसको रात्रीकालीन फोटोको एक क्याप्सन हो। उसका फोटाहरूमा म बिरलै उज्याला दिनहरू भेट्छु। किन ऊ अँध्यारोलाई यति धेरै प्रेम गर्छ, मलाई थाहा छैन। मेरो नाम सन्ध्या भए पनि मलाई उज्याला दिनहरू मनपर्छ। तर किन-किन मलाई ऊ पनि मनपर्छ र उसले लेख्ने क्याप्सनहरू पनि। उसका क्याप्सन झैँ ऊ अनौठो छैन। उसलाई देख्दा मलाई कहिल्यै लाग्दैन ऊ कुनै फोटोग्राफर हो र ऊ यति सुन्दर क्याप्सन लेख्छ। मैले उसलाई कुनै फोटोग्राफरको रुपमा चिनेको पनि होइन। उसले मलाई मेरा फोटाहरू कस्तो लाग्छ भनेर सोध्दा पनि सोध्दैन। म उसलाई 'गोपी' भन्छु, नाम गोपाल भए पन

यात्रा

तिमीले भनेझैं  यात्रा गर्न  सजिलो रहेनछ आफ्नै डोबहरुमा आफ्नै पाइलाहरु राख्नु आफ्नै क्षितिजमा आफ्नै सपनाहरू खोज्नु आफ्नै प्रतिबिम्बमा आफ्नै छांयाहरु निहाल्नु आफ्नै मस्तिष्कमा आफ्नै अहंकारसित तर्सिनु बोरु सारै सजिलो त यात्रा नगर्नुनै रहेछ।।